Wednesday, 1 May 2013

विधाई कार्यक्रम सम्पन्न

–डिलबहादुर थोकार
          मलेशिया, टाईपीङ/रोजगारका लागि मलेशियाको टाइपीङ स्थित इभर थ्रो रवर कम्पनीमा आएका १२ जना नेपालीहरुलाई विशेष कार्यक्रमका साथ बुधबार विधाई गरिएको छ ।
              विधाई भएका श्रमिकहरुमा दानबहादुर सार्की नवालपरासी, सुरेन्द्रसिं धामी दार्चुला, केशर सिं विष्ट दार्चुला, अमृत खड्का बारा, सानुकान्छा तामाङ नुवाकोट, भिमबहादुर दमाई नुवाकोट, ललित कोली दार्चुला, जीतबहादुर खत्री बाग्लुङ, इमरन मियाँ बारा, हलिम मियाँ बारा,  लगायतका थिए । विधाई कार्यक्रममा यात्रा सफल्ताको शुभकामना समेत साटासाट गरेका थिए ।
                  बिधाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रगतिशिल प्रवासी श्रमिक मञ्च मलेशियाका केन्द्रीय सचिव ग्याम्जो लामाले विदेश आउनु रहर नभएर हामी सबैको बाध्यता भएको बताए । “मलेशियामा जति मिहीनेत गरे यहाँको दोब्बर कमाई हने कुरा हामी सबैले बुझिसकेका छौं ।” सचिव ग्याम्जोले भनेः “जति अभावमा परेपनि नेपाल छोडेर अरुको देशमा गुलाम बन्न छाडौं ।” त्यस्तै प्रगतिशील प्रवासी श्रमिक मञ्च मलेशियाका केन्द्रीय सदस्य यमकुमार पुलामीले दुःखको कमाई सही ठाउँमा सदुपयोग गर्न अनुरोध गरे । त्यस्तै मञ्चका पेराक राज्य समिति कोषाध्यक्ष कुलबहादुर मगरले हामी श्रम गरेर फर्केका श्रमजीवि मजदुरहरुलाई राज्यले एयरपोर्टमा वेवास्त र अपमान गरेको तर नेता र मालिकहरुलाई मात्र स्वागत र सम्मान गरेको प्रति आक्रोश ब्यक्त गरे ।
              
कार्यक्रममा होस्टेलका सबै नेपाली श्रमिकहरुले टिका र फूलको गुच्छा प्रदान गरेर विधाई गरेका थिए ।

1 comment: