अन्तरिम संविधान निर्माणका क्रममा
एमाओवादीको केही कमजोरी भएको र त्यसलाई केही दलाल पार्टीहरुले माओवादी
संघीयता विरोध भनेर क्यास गरेको भन्दै उहाँले अबको चुनावमा त्यसको
ब्याजसहित असुल गर्ने बताउनुभयो । ‘हामी मधेसी, जलित जनजाति, माओवादी
मोर्चाबन्दी गरेर चुनाव लड्छौं’ उहाँले भन्नुभयो-’अबको चुनावमा दुईतिहाई
ल्याउँछौं र अघिल्लो पटकको व्याजसहित असुल गछौं ।’
प्रचण्डले आफू मधेसबाट चुनाव लड्नु भनेको
मधेसका मुद्दालाई कहिल्यै नछोड्ने बताउनुभयो । विगतका राजा र शासकले
राष्ट्रघात गरेको भन्दै उहाँले भारत र चीनबाट सहयोग लिएर देशको विकास गर्नु
नै राष्ट्रवाद भएको बताउनुभयो । अधिकांश समय मधेसी जनताको प्रशंसामा
खर्चिएका प्रचण्डले आफूले जनयुद्ध थाल्नु अघि बम बनाउन पनि मधेसबाट सिकेको
बताउनुभयो ।
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले
मधेसमा माओवादीको पक्षमा देखिएको जनलहर टेलर मात्र भएको बताउनुभयो ।
उहाँले भन्नुभयो-मधेसमा एमाओवादीको पक्षमा देखिएको उभार त टेलर मात्र हो ।
यो बढ्दो छ । बास्तविक फिल्म त कात्तिक/मंसिरमा हुने चुनावमा देखिन्छ ।’
कांग्रेस-एमालेले माओवादीले सम्पत्ति कमाएको भनेर गलत प्रचार गरेको भन्दै
उहाँले भन्नुभयो -यदि साँचै त्यसो हो भने तिमीहरुको घर हामीलाई देऊ,
माओवादी नेताहहरुको घर लैजाऊ । सक्छौ ?’ कांग्रेस र एमालेले आफ्नो अस्तीत्व
जोगाउन नसकेपछि गठवन्धन गर्न खोजेको भन्दै उहाँले उनीहरुले ०४७ सालको
भन्दा राम्रो संविधान बनाउन नसब्ने बताउनुभयो ।
मधेसवादी दलहरुसँग संघीयतामा कुरा मिले
पनि पहिचान र अधिकार दिन किन डराएको भनी प्रश्न गर्नुभयो । अर्का उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ प्रकाशले कथित पहाडिया अहंकारवादी शासकहरुले
राष्ट्रघात गरेको तर मधेसी जनताले कहिलै राष्ट्रघात नगरेको बताउनुभयो ।
मधेसमा दलालहरु रहेको भन्दै उहाँले अबको चुनावमा उनीहरुलाई मत नदिने अपील
गर्नुभयो । कार्यक्रममा एमाले छाडेर एमाओवादी प्रवेश गरेका रामचन्द्र झा,
लक्की शेर्पा लगायतले सम्बोधन गर्नुभएको थियो ।
एमाले पाँच बाहुनको पार्टीः ढुंगाना
कार्यक्रममा एमालेका सचिव समेत रहेका केशव
ढुंगानासहितका नेता कार्यकर्ता प्रचण्डसहितका नेताको हातबाट टीका लगाएर
एमाओवादी प्रवेश गरेका छन् । नवप्रवेशी ढुंगानाले एमाले आफूलाई स्थान नभएको
र एमाले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वर पोखरेल र
बामदेव गौतम पाँच बाहुनको पार्टी भएको बताउनुभयो ।

No comments:
Post a Comment