–डिलबहादुर थोकर ‘ग्याम्जो’
क्वालालम्पूर, मलेशिया/“पढाईलाई बीचमै छोडी मलेशियामा पैसा कमाउन आएको तर भनेको जस्तो कमाई नहुँदा निराश भएकी छु । किनकी यहाँको कमाईले परिवारमा आर्थिक सुधार हुने कुनै आधार छैन ।” यो भनाई परिवारमा आर्थिक सुधारको लागि मलेशियामा आएकी एक नेपाली चेलीको हो । परिवारमा आर्थिक अभावका कारण परिवार चलाउन धाउ धाउ त थियो नै जसको कारणले उनले आफ्नो पढाईलाई समेत बीचैमा छोड्नुप¥यो । “पढ्ने रहर त थियो नि तर के गर्ने ? आफ्नो घरको आर्थिक स्थिति कम्जोर भएपछि कसरी पढ्ने ?” उनले दुखेसो पोखिन् ।
साखेजुङ–३, इलाममा १७ वर्ष अघि जन्मेकी ममता राई घरको आर्थिक स्थिति कम्जोर भएकै कारणले एसएलसी टेष्ट परिक्षा मात्र दिएर पैसा कमाउने र घरको आर्थिक स्थिति सुधार्ने उद्धेश्य लिएर मलेशियामा आईपुगेपछि यसरी दुखेसो पोखेकी हुन् उनले । नेपालमा उनलाई पठाउने मेनपावर कम्पनी र एजेण्डले भनेको जस्तो कमाइ नभएपछि उनी निराश भएकी छिन् । राई झापामा रहेको हुमर ओभरसीजका सुरेन्द्र राई मार्फत काठमाडौंमा रहेको एनके इन्टरने शनलबाट एकवर्ष अघि मलेशिया आएकी थिईन् । उनी मात्र होइनन् उनकै उमेरका ५ जना महिलाहरु उसको टोलीमा थियो । “बुवा–आमाले त नजाउ भन्दै हुनुहुन्थ्यो नी तर के गर्नु घरको आर्थिक स्थितिले गर्दा मनले मानेन ।” ममताले भनिन् “साथीहरुको लहै लहैले पनि आएकी हुँ ।” उनले भनिन् ।
उनलाई पठाउने मेनपावर कम्पनी र एजेण्डले धेरै कुरामा झुक्याएकोमा आक्रोश व्यक्त गर्छिन उनी । धेरै कुरामा झुक्याएको कुरा मलेशियामा आएपछि मात्र थाहा पाएको उनले बताईन् । मलेशियाको लागि विमानस्थलमा प्रवेश हुन लाग्दा राई र उनका साथीहरुलाई छुट्टा छुट्टै दुइवटा कागज दिएको उनले बताईन् । नेपालको विमानस्थल र मलेशियाको विमानस्थलमा देखाउने कागज छुट्टाछुट्ट्रै थियो । एउटा मलेशिया स्थित पेनाङको ठेगाना भएको सोनी कम्पनीको रहेको र अर्को चाहिं पेरक राज्य अन्तर्गत टाइपीङमा रहेको टेलिफ्ल्याक्स कम्पनीको थियो । आखिरमा टेलिफ्ल्याक्स कम्पनीमा आईपुगेकी छिन् उनी । शुरु देखि नै झुक्याएको उनको ठहर छ । दुईटा कागज किन भनेर प्रश्न नगरेका पनि होइनन् उनीहरुले । “हामीले जे जे भनेको त्यही अनुसार गर्नु न नत्र तपाईहरुलाई आप्ठ्यारो हुनेछ ।” एजेण्ड राईको भनाईलाई उदृध गर्दै ममताले भनिन्– “एजेण्ड राईले नेपालको विमानस्थलमा देखाएको कागज मलेशियाको विमानस्थलमा देखाएमा भनेको जति तलव पाउँदैन भनेपछि त्यही अनुसार ग¥यौं ।” त्यति मात्र होइन आफूलाई पठाएको मेनपावरलाई नेपाली रुपैयाँ ६० हजार बुझाएपनि मलेशियामा आएपछि मलेशियन रिंगेट ३ सय चाहिं तलबबाट काट्ने सहमति नेपालमै भएको थियो तर कम्पनीमा काम गर्न थाले पछि ६ सय रिंगेट काटेको उनले बताईन् । महिनाको १ हजार रिंगेट भन्दा माथि तलब सुविधा हुन्छ भने पनि यहाँ भने ८ सय भन्दा नभएको उनले बताईन् । यसरी खुलेआम नेपाली श्रमीकहरुलाई झुक्याउँदा समेत सरकारले उनीहरुलाई कुनै पनि प्रकारको कार्वाही नगरेकामा उनलाई दुःख लागेको छ ।
मलेशियामा नेपाली महिलाहरुको लागि राम्रो सोच कसैको नभएको उनको धारणा छ । “मलेशियामा महिलाहरुको लागि राम्रो छ भन्ने सुनेको थिए तर होइन रहेछ ।” राईले भनिन्– “नेपाली दाजुभाइहरुबाटै राम्रो व्यवहार नपाउँदो रहेछ ।” नेपाली दाजुभाईहरुले आफ्नो घरपरिवार र आफ्नो मिहिनेतलाई चटक्कै विर्सेर मोजमज्जाको नाममा विसंगति तिर लागेको देख्दा उनलाई सारै दुःख लागेको छ । अधिकंश नेपाली दाजुभाइहरु यहाँको विसंगतिमा लागेको उनको ठहर छ । उनी यो सवालमा नेपाली दिदीबहिनी र दाजुभाइहरुलाई विसंगतिमा नलाग्न सल्लाह दिन्छिन् । “नराम्रो दृष्टिकोण राखेर हेर्न खोज्ने पुरुषहरुलाई महिला दिदीबहिनीहरुले राम्रोसँग चिनेर मात्र व्यवहार गर्नुहोस् ।” राईले भनिन्– “नेपाली दाजुभाईहरुले पनि हामीलाई नराम्रो सोचले हेर्दा आफ्नो घर परिवार, दिदीबहिनी र आमालाई संझिनुहोस् ।” कमाई राम्रो नभएपछि एक वर्षमै आफ्नो देश फर्कने योजना बनाएकी राईले विदेशमा आएका सबैलाई नविग्रिन सल्लाह दिन्छिन् । “हामी सबै कमाउन आएका हौं, आफ्नो घर परिवार र आफन्तलाई नविर्सौं ।” उनले भनिन्– “यहाँ सिकेको शिप नेपालमा गएर प्रयोग गरौं र नविग्रिनुहोस् ।”
नेपाल स्थित मेनपावर कम्पनी र उसको एजेण्डको कुरामा विश्वास गरेर कुनै पनि नेपाली चेलीहरु विदेशमा नआउन सल्लाह दिन्छिन् उनी । यहाँ आएपछि कुनै सहारा नपाउने र पुरुषहरुको गलत शिकार हुनुपर्ने बाध्यता देखिकी छिन् राईले । “हामी नआउन आईसक्यौं तर अब कोही पनि दिदीबहिनीहरु विदेशमा नआउनुहोस् ।” –उनले भनिन् । नेपाल फर्केर बरु सानो तिनो व्यापार गर्ने सोचमा रहेकी राईले अब आफू कुनै पनि देशमा नजाने बताईन् । “बरु आफ्नै देशमा केही गरेर बस्नुपर्छ तर फेरि विदेशमा जान्न ।” –उनको अठोट छ । उनको कमाईले २ जना भाइको पढाई खर्च सहित आमा बुबाको जिपिकोपर्जन हुनुपर्छ ।
देशको मुख्य शक्ति युवा शक्तिलाई स्वदेशमै रोजगारको श्रृर्जना नगरेको प्रति सरकार प्रति उनको आक्रोश छ । “सरकारले देशमै रोजगारको श्रृर्जना गरिदिएको भए हामी युवाहरु यसरी अर्काको मुलुकमा स्वाभिमानलाई बेचेर काम गर्नु पर्ने थिएन ।” उनले आक्रोश पोखिन् “जुन जोगी आएपनि कान चिरेका ।” नेताहरुले जनताको नारा लगाउने तर जनताको गला रेटेको उनको आरोप छ । “हाम्रो कमाई माथि नेताहरुको रजाई ? कस्तो राजनीतिक परिपाटी हो यो ?” भावुक र आक्रोशित हुँदै उनले भनिन् ।
सुदुरपूर्वको विगट जिल्लामा जन्मेकी राई त नेपाली महिलाहरुको एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता त नेपालमा लाखौं छन् जस्ले आफ्नो नैसर्गिक अधिकारहरु गुमाएर बेरोजगारको जाँतोमा पिसिरहेका छन् । र विदेशि भूमिमा जीवन मरणको संघर्ष गरिरहेका छन् । राई जस्तै कैयौं वालवालिका र युवाहरु विद्यालय छोडेर आफ्नो परिवारको आर्थिक स्तर बढाउन श्रमीक हुन बाध्य छन् र विदेशिन बाध्य छन् । पूर्व देखि पश्चिमसम्मका सबै नेपालीहरु जो कलिलै उमेरमा विदेशिन बाध्य छन् उनीहरुको विदेशमा काम गर्दाको पिडा राज्यले कहिले बुझ्ने ? बैधानिक रुपमा मानव तस्कर गर्ने मेनपावर कम्पनी र तिनका एजेण्डहरुलाई राज्यले कहिले कार्वाही गर्ने ? विदेशिएका युवाहरुलाई राष्ट्र निर्माणको महान काममा लगाए कसो होला राज्य ? सबैले यहि प्रश्न गरिरहेका छन् । यो प्रश्नको जवाफ दिने बेला भएन र ?

No comments:
Post a Comment