काभ्रे/चितुवाको आक्रमणबाट काभ्रेमा एक
वालकको ज्यान गएको छ । गत बैशाख १७ गत राती चितुवाले आक्रमण गर्दा मेथिनकोट
९ भेडाबारीमा २ वर्षिय बालकको ज्यान गएको हो ।
यस
अघि झण्डै एक बर्ष अघि सोही स्थानमा एक बालकको पनि चितुवाकै आाक्रमणबाट
ज्यान गएको थियो । सो दिन राती मेथिनकोट गाविस वडा नं. ९ भेडाबारीमा केशव
प्रसाद भूर्तेलको छोरा मोहन भूर्तेललाई चितुवाले आक्रमण गरेका थियो । खाना
खाँदै गरेको अवस्थामा राति ८ बजेतिर चितुवाले आक्रमण गरी उनलाई जंगलतर्फ
लगेको थियो । रातभर खोजी गर्दा घरबाट २ सय मिटर पर उनको शव फेला परेको
स्थानीयबासीले बताएका छन् ।
No comments:
Post a Comment