अहिलेकोपरिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ ? कस्तो छ मुलुकको अवस्था ?
संविधानसभाविघटन हुन पुग्नुका कारण उत्पन्न अवस्था नै अहिलेको मुख्य
अवस्था हो । अर्को हाम्रोपार्टीबाट केही साथी छुट्टनिुभयो । अहिले यी दुई
विषय सबैभन्दा संवेदनशील विषयहुन् । संविधानसभाको अवशानले यो सम्रग
प्रक्रियालाई संस्थागत गर्ने चुनौति बढाएकोछ भने पार्टीबाट एकथरी साथीहरू
अलग भएर जानुभयो, त्यसले पार्टीलाई नयाँ ढंगले एकताबद्धगर्ने जिम्मेवारी
थपिएको छ । यी दुवै घटनाले देशको मुख्य राजनीतिमा असर पार्छ र राख्छ। देशको
परिवेश पनि यसको वरिपरि छ । अन्ततोगत्वा संविधानसभाबाट संविधान
घोषणागर्नुको विकल्प छैन । राजनीतिक सहमति गरेर संविधानसभाको
निर्वाचनद्वारा वा अन्यविकल्पद्वारा संविधान छिटोभन्दा छिटो घोषणा गर्नुको
विकल्प हामीसँग छैन तर योसहमति जसरी बन्छ, त्यसले मुलुकलाई अगाडि बढाउँछ ।
पार्टीविभाजनको असर जनतामा खासै नपरे पनि राजनीतिक वृत्तमा परेको छ ।
पार्टीभित्रका केहीसाथीहरूलाई पनि केही भ्रम परेको छ, ती भ्रमहरूलाई स्पष्ट
पारेर पार्टीलाई नयाँ विचारनयाँ योजनाका साथ एकताबद्ध गर्ने चुनौति छ ।
आसन्न विस्तारित बैठककबाट त्यो गर्नेछौं। अहिलेको परिस्थितिबाट निकास
निस्कन्छ । कतै दुर्घटना हुन्छ कि भन्ने जो त्रास छ त्यस्तोकेही हुँदैन ।
यो समस्याको समाधान चाँडै हुन्छ । जनतालाई विश्वस्त हुन म अपिल गर्छु।
संविधानसभाकोनिर्वाचन वा संविधानसभा पुनस्र्थापना यी दुईमध्ये कुन सम्भावना बढी छ ?
पहिलोकुरा यो विषयलाई पुनस्र्थापना वा आम निर्वाचन भनेर भन्नुभन्दा
पनि राजनीतिक सहमतिके हुन्छ भनेर बुझ्न जरुरी छ । प्रमुख राजनीतिक दलहरूका
बीचमा राजनीतिक सहमति भयोभने निर्वाचनमा जाने कुरा पनि खुला हुन्छ र
पुनस्र्थापनाको बाटो पनि खुला हुन्छ ।सहमति नभए निर्वाचन पनि सहज छैन ।
पुनस्र्थापना पनि सहज छैन । त्यसकारण राजनीतिकदलको सहमति प्राथमिक कुरा हो ।
राजनीतिक सहमति भैसकेपछि देश र जनतालाई सबैभन्दाकम दुःख हुने, कम बोझ
पर्ने जुन उपयुक्त बाटो हुन्छ त्यो नै रोज्नुपर्छ । त्योविकल्पका बारेमा
हाम्रो पार्टी र राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको छ ।संविधानसभाको
पुनस्र्थापना गरेर त्यसले संविधान घोषणा गर्ने विधि नै उचित हुन्छभनेर
धेरैको सुझाव र सल्लाह छ ।
सहमति बनाउनभन्दा पनिएकाथरी शक्ति त राष्ट्रपतिलाई गुहारेर यस समस्याको हल खोजिरहेका छन् नि ?
कांग्रेस-एमालेलेराष्ट्रपतिलाई उपयोग गरेर या राष्ट्रपतिलाई उचालेर
माओवादीलाई कमजोर पार्ने जुनसोचेका छन् यसले माओवादीलाई कमजोर पार्ने होइन
कि देशलाई नै कमजोर पार्दछ ।त्यसले दुर्घटनाबाहेक केही पनि निम्तिंदैन ।
त्यसकारण कांग्रेस-एमाले जुन बाटोमालागेका छन्, त्यो बाटो दुर्घटनाको बाटो
हो । त्यसले एमाले-काग्रेसलाई नै सिध्याउछर देशलाई बढी दुःख दिन्छ । हामीले
भनेको बाटो या सहमतिको बाटो भनेको देशलाईदुर्घटनाबाट बचाउने बाटो हो ।
राष्ट्रपतिमा पनि राष्ट्रपति हुनुका नाताले गणतन्त्रलाईसंस्थागत गर्नका
निम्ति राजनीतिक दलहरूका बीचमा सहमति होस् भन्नेतिर नै चिन्ता गरेकोमैले
देखेको छु । कांग्रेस-एमाले, माओवादी, मधेसवादी कुुनै दलको उक्साहटमाउहाँले
देशलाई दुर्घटनामा लैजाने काम गर्नुहुन्न ।
हामीयसअघिका त्यस्ता गम्भीर नजिरहरूलाई पनि भुल्न सक्दैनौं । २००७
सालदेखि ०१७सालसम्म प्रधानमन्त्री बनाउने, छ महिनापछि प्रधानमन्त्री
फाल्ने, फेरि बनाउने, फेरिफाल्ने खेलका कारणले नै ००१७ सालमा गएर पञ्चायती
निरंकुशताको वातावरण बनेकोनजिर छ । राष्ट्रपतिलाई यो नजिर राम्रोसँग थाहा छ
। त्यसकारण राष्ट्रपतिले योप्रधानमन्त्री फाल्ने अर्काे प्रधानमन्त्री
बनाउने गर्न थालेपछि ६ महिनापछि अर्काे फाल्नुपर्नेहुन्छ र त्यसले
परिस्थिति राष्ट्रपतिको हातमा पनि रहँदैन । त्यो पुग्ने भनेको
सामन्तीनिरंकुशताको हातमा हो, ठूलो प्रतिगमनतिर पुग्छ । त्यो कुराको
बोधराष्ट्रपतिलाई गहिरो गरी छ । त्यसकारण कांग्रेस र एमालेले जतिसुकै
उक्साए पनि वहाँलेदेशलाई दुर्घटनाको खाडलमा हाल्ने काम चाहिं गर्नुुहुन्न
भन्ने मलाई विश्वास छ ।
भनेपछि अहिलेकोराजनीतिक अन्योलबाट सृजित जनताको निराशा छिट्टै हट्छ ?
यो धेरैसमय रहँदैन । अन्ततः सहमतिद्वारा एउटा निकास निकालिन्छ । मलाई त्यो विश्वास छ ।
प्रसंग बदलौं ।एमाओवादी फुट्यो, फुटपछिको एमाओवादी कस्तो छ ? फुटको असर कस्तो हुन्छ ?
नेपालीजनताको समग्रताबाट र क्रान्तिकारी जनताको हिसाबबाट पनि माओवादी
पार्टी फुट्नुहुँदैन, माओवादी पार्टी बिल्कुल विभाजित हुनुहुँदैन भन्ने
थियो । इतिहासको अहिलेका जटिल मोडलाई विचार गरेर, एकताको भावनालाई पनि
विचार गरेर मैलेअध्यक्षको नाताले अन्तिम समयसम्म पनि पार्टी विभाजित
नगर्नुहोस्, पाँच-सात महिना सँगैबसौं र त्यसपछि जे गर्नुपर्छ गरौंला भनेर
आफ्नो तर्फबाट पूरै प्रयत्न गरें ।तर पनि वहाँहरूले पार्टी फुटाई छाड्नुभयो
। किनकि वहाँहरूमा पहिले नै संविधानसभानरहनेबित्तिकै विभाजित हुने भन्ने
थियो । किनभने वहाँहरूलाई संविधानसभाबाट संविधानबन्छ भन्ने लागेको थियो ।
संघीयतामा अध्यक्षले सबै कुरा छोडेर पनि संविधान बनाउँछभन्ने लागेको
रहेछ । यो पक्का वहाँहरूलाई विश्वास लागेको रहेछ । त्यो विश्वासकोजगमा
वहाँहरूले के गर्नुभयो भने जब संविधान बन्छ त्यहींबाट पार्टी अलग हुनुपर्छ
भन्नेमापुग्नुभयो । अध्यक्षले संघीयता पनि छोड्यो, सब जनताका मुद्दा छोडेको
हुनाले अब योपार्टीमा बस्न सकिंदैन भनेर फुट्ने भनेर निर्णय गर्नुभएको
रहेछ । तर, भयो के भनेअध्यक्षले पहिचानसहितको संघीयता पनि छोडेन र संविधान
पनि बनेन । फुट्ने भनेरगरेको निर्णयबाट उहाँहरू पछि हट्न सक्नुभएन,
त्यसकारण वहाँहरू जर्बजस्ती अलग्गिनुभयो ।किनकि वहाँहरूले त्यो मानसिकता
बनाइसक्नुभएको रहेछ ।
दोस्रोकुरा मैले के भन्थें र अहिले पनि के भन्छु भने लेनिनले १९०३ मा
जो अधिवेशन भएकोथियो, त्यो अधिवेशनबाट एउटा लाइन पारित भएको थियो । त्यो
अधिवेशनपछि मेन्सेभिक रबोल्सेभिक दुइटा लाइन बने । एक-डेढ वर्षपछि फेरि
वहाँहरूको पार्टी एकता भयो ।पार्टी एकता गर्नुपर्छ भनेर पार्टी एकता
गर्नुभयो । जनता-कार्यकर्ताहरूले पार्टी किनफुट्यो र अहिले किन जुट्यो
भन्ने जबाफमा लेनिनले भन्नुभयो, \'जनताले एक होऊभने त्यसकारण एक हुन पर्यो
नि । जनताले एकता चाहेपछि हामीले फुटेर हुन्छ ?\'
मलाई अहिले किरणजीहरूले जनताको भावना बिल्कुल बुझ्न सक्नुभएन भन्ने
लाग्छ । यदि नेपाली जनता, सहिद परिवार, घाइते, बेपत्ता योद्धाहरूका परिवार र
आम तीन करोडनेपाली जनताको भावना बुझेको भए लेनिनको भनाइबाट सिक्नुहुन्थ्यो
। किरणजीहरूलेलेनिनवाद के हो भन्ने बुझ्नुभएको रहेनछ । जनताले एकता चाहँदा
चाहँदै विभाजित भएरएकताको उल्टो जानुभयो । त्यसकारण धेरै ठूलो असर हुन्छ
भन्ने मलाई लाग्दैन ।समयक्रममा भ्रमवश त्यता गएका इमान्दार क्रान्तिकारीहरू
पनि फकिर्ने क्रम सुरु हुन्छ । त्योउहाँहरूको भेलाबाट नै सुरु भएको हो ।
भेलाबाट नै धेरै साथीहरू आइसक्नुभएको छ ।वहाँहरूको भेलाबाट निर्वाचित
गरिएका केन्द्रीय सदस्यहरू पनि र्फकेर केही आइसक्नुभएको छ। त्यो तलबाट,
राज्यहरूबाट विभिन्न तह र तप्काबाट इमान्दार साथीहरू भ्रमबाट मुक्त
हुँदैएकताका पक्षमा आउने क्रम चलिरहेको छ । वहाँहरूको पार्टी धेरै चल्छ
भन्ने मलाई लाग्दैन।
तपाईंका फुटपछिकासबै भनाइहरूमा पुनः पार्टी एकता हुने कुराको संकेत छ । के त्यो सम्भव छ ?
त्यतागएका इमान्दार कमरेडहरू भ्रममुक्त हँुदै जाँदा र त्यहींभित्र
रहेका साथीहरूले एकताकोपक्षमा जोडदार आवाज उठाउँदै जाँदा त्यहाँका
साथीहरूले महसुस गर्दै जानुहुन्छ । त्योमहसुस गर्दै जाने क्रममा एकताको
सम्भावना छ । त्यसलाई नकार्न सकिंदैन । कमरेडहरूलेकुनै न कुनै रूपमा
विभाजित हुनु गलत भएको छ भन्ने कुरा महसुस गर्नेहरूको संख्या बढ्दैगएपछि
नृेतृत्वमाथि एउटा दबाब बन्छ भन्ने मलाई लाग्छ ।
दोस्रोवहाँहरू आफैंले महाधिवेशनसम्म एकताका निम्ति संवादको ढोका खुला
राख्ने पनिभन्नुभएको छ । त्यो भनेका हिसाबले पनि एकताको सम्भावना छ । मैले त
हिजो पनि पार्टीविभाजित हुनुहुन्न भनेको नै हँु । अहिले विभाजित हुने कुरा
पनि गलत भएको छ भनेकोहुनाले अनिवार्य रूपमा मेरा तर्फबाट पार्टी एकतामा
ल्याउने कोसिस पनि निरन्तर जारीरहन्छ । सम्भव छ पनि ।
किरण समूहकोनयाँ पार्टी जनयुद्धमा जाने भनेको छ, अहिले त्यो सम्भावना कत्तिको देख्नुहुन्छ ?
त्योबिल्कुल सम्भव छैन । मानिसहरूलाई सपना देख्ने छुट छ । दिवासपना
देख्ने छुट पनि छ ।दुःस्वप्न नै देख्न पनि छुट छ । अहिले फेरि छापामार
युद्धमा जाने, फेरि जनयुद्धमा जानेआत्मरति केही युवाहरूको आकांक्षा त हुन
सक्छ तर त्यो आत्मरति आत्मघाती हुन्छ । मैलेबुझेसम्म त्यहाँभित्र छापामार
युद्धमा जाने कुरा गलत हुन्छ भन्ने साथीहरूको बाहुल्य मदेख्छु । त्यसकारण
त्यो सम्भव छैन । मैले धेरै पहिले भनेको थिए । साथीहरूको मन पनिहुन सक्छ ।
निम्नपुँजीवादी रोमान्सका रूपमा, एउटा लहडका रूपमा त्यस्तो भइदिए
हुन्थ्योभन्ने त हुनसक्छ । हिजो इतिहासको एउटा परिस्थितिमा हामीले जनयुद्ध
गर्यौं । अहिलेजनयुद्धको माध्यमबाट हामी जुन स्थानमा छौं त्यसलाई
वहाँहरूले बडो मनोगत रूपमा,निम्नपँुजीवादी रोमान्सका रूपमा बुझ्नुभएको छ ।
मैले धेरै पहिले भनेको थिएँ, यदिवहाँहरूले साँच्चै त्यसो गर्नुभयो भने त्यो
धराशयी भएर जान्छ । त्यो आत्माघाती नै हुन्छ। त्यो वहाँहरूले गर्नुहुन्छ
जस्तो मलाई लाग्दैन । त्यो वहाँहरूले गरेर हुने कुरा पनिहोइन । त्यो
वातावरण पनि छैन । नगर्दा फेरि मोहनविक्रमजस्तो लफ्फाजी हुनुहुन्छ । भन्ने
तर केही पनि नगर्ने हुनुहुन्छ । त्यसकारण जताबाट हेर्दा पनि वहाँहरूको
यात्राविसर्जनवाद नै हो ।
पार्टी केन्द्रको बैठकबसिरहेको छ कस्तो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ?
प्रतिवेदनकासबै कुरा त अहिले सार्वजनिक गर्न मिल्दैन । तर, पनि मूलभूत
रूपमा पार्टीकामहरूका अहिलेसम्मको समीक्षासँग सम्बन्धित छ । दोस्रो, नयाँ
जनवादी क्रान्तिका रणनीतिर कार्यनीतिलाई विकास गर्ने कुरा, परिमार्जन गर्ने
कुरा, अर्काे किरणजीहरूको पार्टीफुट र त्यसको प्रविृत्तिका रूपमा संश्लेषण
गर्ने पक्ष रहेको छ र आगामी कार्ययोजनाकाबारेमा लेखिएको पाटापक्ष समेटिएको
छ । मैले प्रतिवेदन पोलिटब्युरो रकेन्द्रीयसमितिमा पनि प्रस्तुत गरिसकेको
छु । पहिलेपहिलेको भन्दा अलिकति समग्रतामा,नयाँ ढंगले खराब प्रवृत्तिको
चिरफार गर्ने ढंगले नै आएको छ । मलाई विश्वास छ, यसलेनयाँ पार्टी
बनाउनेतिरै लैजान्छ । नयाँ ढंगले संगठित गर्नेमा यो सफल हुन्छ र
पार्टीमावैचारिक दृष्टिले नयाँ स्पष्टता र नयाँ आत्मविश्वास पैदा गर्छ ।
देशभरिकाकम्युनिस्टलाई एकताबद्ध गर्ने कुरा गर्नुहुन्थ्यो तर अहिले त्यसमा समस्या पैदा भयो नि?
लाइनकाहिसाबले, कार्यदिशाका हिसाबले हामी अहिले पनि कम्युनिस्ट क्रान्तिकारी र जो-जो सबैजहाँ-जहाँ छौं ती सबै एउटा कम्युनिस्ट केन्द्रभित्र आउनुपर्छ, त्यो भूमिका रपहलकदमी लिनुपर्छ भन्नेमा म अहिले पनि प्रस्ट पनि छु, दृढ पनि छु । यो प्रक्रिया चलेकोछ । माओले एकचोटि भन्नुभएको थियो, \'पार्टीभित्र गुट हुन्छन् र पार्टीबाहिर पार्टीहुन्छन् । हामीले गुटहरूलाई छुट दिनुहँुदैन बाहिर भएका पार्टीहरूलाई ल्याउन हामीलेढोका बन्द गर्न झन् हुँदैन । त्यसकारण गुट गए पार्टी आउँछन् । यो क्रम चलिरहन्छ ।तसर्थ केही समयभित्रै त्यो देखिन्छ । धेरै समूहसित छलफल हुँदैछ । पार्टीबाहिरकापार्टीसित । पार्टीभित्रका गुट बाहिरिएका छन् । यसले क्रान्तिकारीहरूको एकतालाई अन्ततःकमजोर होइन, बलियो बनाउँछ भन्ने मलाई लाग्छ ।

No comments:
Post a Comment