Friday, 3 May 2013

झापा विद्रोहका सहिद रत्न वान्तवाका सहकर्मीसहित ५ सय जना एमाओवादी प्रवेश

फोरमका केन्द्रीय सदस्य र सद्भावनाका जिल्ला इन्चार्ज पनि एमाओवादीमा
      इटहरी, १९ वैशाख। झापा विद्रोहकालीन चिर्चित सहिद रत्न वन्तवाका तत्कालीन सहयोद्धासहित पूर्वाञ्चलका ५ सयभन्दा बढी वामपन्थी नेता कार्यकर्ता बिहीबार एमाओवादीमा प्रवेश गरेका छन् । 
         यसरी एमओवादी प्रवेश गर्ने रत्न वान्तवाका सहकर्मी बम देवानलगायत हुन् । रत्न वान्तवालाई तत्कालीन पञ्चायती सरकारले वि.सं. २०३५ चैत्र २७ गते इलामको देउमाई खोलाको किनारमा गोली हानी हत्या गरेको थियो । उनी तत्कालीन नेकपा(माले)का केन्द्रीय सदस्य थिए । तत्कालीन नेकपा(माले)बाट नै हालको नेकपा (एमाले)को जन्म भएको हो । एमाओवादी पूर्वाञ्चल व्यूरोले सुनसरीको इटहरीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमबाट उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष प्रचण्डले अविर र फूलमाला लगाएर पार्टीमा भिœयाएका थिए । मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य टिबी झा र नेपाल सद्भावना पार्टीका सुनसरी इन्चार्ज गोविन्द शाह पनि एमओवादीमा प्रवेश गरेका छन् । अन्य नवप्रवेशीहरुमा चर्चित व्यवसायी विजय ठाँगा, पुराना वामपन्थी कर्ण श्रेष्ठ, सद्भावना पार्टीका जिल्ला नेता रामप्रसाद खनाल, राम अप्तार शर्मा, नेकपा–माओवादीका जिल्ला सदस्य प्रकाश गिरी, राम चाम्लिङ, फुटबल खेलाडी सागर घिमिरेलगायत रहेका छन् ।

No comments:

Post a Comment