Friday, 3 May 2013

देश अँध्यारो सुरुङभित्र : विष्टमगर

रोल्पा, बैशाख २०— एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टमगरले देश अहिले अँध्यारो सुरुङभित्र रहेकाले उद्धार गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
बीसौँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ रोल्पाले गरेको कार्यक्रममा बोल्दै नेता विष्टमगरले स्थायी शान्ति र संविधानसभा निर्वाचनका लागि सबै दलहरु जिम्मेवारीका साथ एकजुट भएर लाग्नुपर्ने बताए ।
एकीकृत माओवादी मगरात राज्य समिति संयोजकसमेत रहनुभएका विष्टमगरले मङ्सिर महिनामा कुनै पनि हालतमा चुनाव सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।
उनले पत्रकारहरुले स्वतन्त्र र निष्पक्ष भएर सत्यतथ्य समाचार लेख्नुपर्ने उल्लेख गरे ।

No comments:

Post a Comment