२३ वैशाख, काठमाण्डौं । अन्तरिम चुनावी
सरकार गठनपछि एकीकृत माओवादीले देश दौडाहालाई तीब्रता दिएको छ । असार पहिलो
साता चुनावमा जोड दिएको एकीकृत माओवादीले त्यसलाई स्थापित गर्न सकेन ।
संविधानसभा स्वतः भंग भएयता एकल पहिचान पक्षधर र त्यसलाई अस्वीकार गर्ने
दलहरुबीच राजनीतिक धु्रवीकरणले तीव्रता पायो ।
सरकार गठनमा एजेन्डा मिलेको औंल्याउँदै माओवादीले मधेशी दलसँग संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गर्यो ।
प्रतिपक्षिले बाबुराम भट्टराई नेतृत्व
सरकारको राजीनामा माग गरे विभिन्न चरणमा आन्दोलन गरे । राजीनामा भएन ।
स्वयं सत्ता पक्षीय गठबन्धनले आमसभा गर्दै हिड्यो । हेटौंडा महाधिवेशनबाट
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्रिम चुनावी सरकार गठन गर्ने
प्रस्ताव राख्यो ।
यसरी सुरु भएको माओवादीको चुनावी खेलमा
अहिले एमाओवादीले नेकपा-माओवादीबाट नेता कार्यकर्तालाई पार्टीमा
भित्र्याउने वा चुनावी कार्यगत एकता गर्ने, संघीय लोकतान्त्रि गणतान्तिक
गठबन्धनको निरन्तरता र पहिचान पक्षमा खुलेका दल, गठबन्धन बाहिरका मधेसी
शक्तिसँग मोर्चा गठन गर्ने लगायतका रणनीति बनाएको नागरिक दैनिकमा खबर छ ।

No comments:
Post a Comment