Thursday, 23 May 2013

चुनावलाई प्रभावित पार्न ठूलो पश्चिमा चलखेल छ

  • Prachanda Int 3-अध्यक्ष प्रचण्ड
  • वैद्यजीहरु पनि अहिले जेसुकै भने पनि अन्तिममा चुनावमा आउनुहुन्छ ।
  • एक दुई दिन भित्र एमालेका अरु वरिष्ठ नेताहरु त्यो पार्टी छोडेर माओवादीमा सामेल हुँदैछन् । एकजना दुई जना होइन, हजारौंको संख्यामा तिनका समर्थक, सदस्यहरु माओवादीमा प्रवेश गर्दै छन् ।
  • बडो नकारात्मक प्रवृत्ति हाम्रो राजनीतिमा, आन्दोलनमा छ । त्यसलाई कसरी बदल्ने भन्ने चुनौती नेपालका सच्चा प्रतिनिधिहरु र आमनेपालीको अगाडि छ । कसैले राम्रो गर्‍यो भने पनि राम्रो भन्न नसक्ने, त्यसलाई नकारात्मक टिप्पणी गर्नैपर्ने यो संस्कार बदल्नु छ । म भारतमा भारतसित झुक्ने दृष्टिकोणले गएको भन्नु बाहियात कुरा हो ।
  • सामन्तीतन्त्रको गलत विदेशनीतिका कारणले नै नेपाल पछि पर्‍यो भन्ने मान्यताबाट यो त्रिदेशीय साझेदारीको भिजन निःसृत भएको हो । सामन्ती राष्ट्रवादको आँखाले हेरेर राष्ट्रवाद हुँदैन । प्रगतिशील राष्ट्रवाद भनेको हाम्रा विशाल छिमेकीहरुसँग नयाँ खालको सम्बन्ध विस्तार गरेर नेपालको विकास गर्ने भन्ने कुरा हो ।
  • यो वृद्धिसँगै सामानहरु लैजाने ल्याउने सबभन्दा छोटो बाटो कुन हुन सक्छ भन्ने समस्या चीन र भारत दुवैको लागि उत्तिकै छ ।  नेपाल नै त्यस्तो छोटो र सजिलो बाटो हुनेवाला छ— पूर्वमा उत्तरबाट विराटनगरसम्म, मध्यमा रसुवाबाट वीरगन्जसम्म र पश्चिममा हिल्साबाट सुर्खेत हुँदै नेपालगञ्ज, धनगढी सम्म ।
  •  मैले त यो कुरा प्रस्टै भनेको छु नि— एक हप्तादेखि कसलाई ल्याउने भन्नेबारेमा छलफल भएको, एमालेका नेताहरुले लोकमानलाई ल्याउँ भनेर प्रस्ताव गरेको चार दलको बीचमा सुरुमा छलफलको क्रममा, अनि औपचारिक वैठकमा मधेसी मोर्चाको तर्फबाट प्रस्ताव भएको । त्यसमा आजै गरौं र आजै जाऊँ भन्ने काँग्रेस हो । अनि त्यसो नै हो भने भ्रस्टाचार ढाकछोप गर्नको लागि त एमाले र काँग्रेसले ल्याएका रहेछन् नि त ।
  • यो चुनावलाई प्रभावित पार्नको निम्ति वा माओवादी र परिवर्तको पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई कमजोर पार्ने रणनीतिअन्तर्गत पश्चिमाहरुको ठूलो चलखेल नेपालमा हुँदैछ ।
विस्तृत अन्तरवार्ता तलः
चुनावबारे
चुनावको मिति कहिले घोषणा हुन्छ ? त्यसको लागि तयारी कहाँ पुग्यो ?
धेरै चीज तयार भएकै छ । पार्टीहरु तयारै छन् । सरकार पनि निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा नै देखेका छौं हामीले । दुईचार दिन भित्रमा नै मिति घोषणा हुन्छ भन्ने मलाई लाग्छ ।
३३ दल सडकमा छन् । फागुनमै चुनावको मिति तोक्ने भनेर सरकार पनि छोड्नु भो । अहिलेसम्म मिति तोकिएको छैन । चुनाव होला त ?
चुनाव हुन्छ । मंसिरभित्रै हुन्छ र हुनैपर्छ । कम्तीमा राजनीतिक नेताहरुले, सचेत नागरिक समाजले चुनाव हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नु नै गलत छ ।
सरकार इमान्दार छ चुनाव गर्ने बारेमा ?
मुख्यतः मन्त्रीपरिषदका अध्यक्षले सर्वदलीय वैठक बोलाएर म मंसिर भित्र चुनाव गर्छु, त्यसमा कसैसित कुनै सम्झौता गर्दिन भनेको हुनाले पनि सरकार गम्भीर छ भन्ने नै हामीलाई लाग्छ ।
चुनाव हुन्छ भन्नुहुन्छ । वैद्यहरुले त खुट्टा भाँच्छौं भनिरहेका छन् । के हो यो ?
खुट्टा भाँच्छु भन्नुको केही अर्थ छैन । वैद्यजीहरु पनि अहिले जेसुकै भने पनि अन्तिममा चुनावमा आउनुहुन्छ ।
तपाईंले एमाले सिद्धियो भनेर घोषणा गर्दिनु भयो । माधव नेपाल, झलनाथ खनालहरु तपाईंसित निकै आक्रामक छन् । एमाले सिद्धियो भनेर के भन्नुभएको हो ?
एमालेको पोलिटब्यूरो वैठकमा अब काँग्रेससँग मिलेर जाने भन्ने समझदारी भयो भन्ने आयो । नेपालको सिङ्गै ऐतिहासिक राजनीतिक विकासक्रम हेर्‍यो भने वामपन्थी र दक्षिणपन्थी दुइटा धारमा नै प्रतिस्पर्धा हुने गरेको छ— चुनाव हेर्‍यो भने पनि, अरु राजनीतिक गतिविधि हेर्‍यो भने पनि । एमालेले काँग्रेससँग तालमेल गरेर माओवादीसित चुनाव लड्ने भनेपछि अब एमाले रहेन, त्यो पनि त काँग्रेसै त रह्यो भन्या हो मैले । त्यो भनेको राजनीतिक तर्क थियो । माधवजी र झलनाथजीहरुलाई भने मैले बेसरी गाली गरेँ भन्ने लाग्यो । त्यसपछि उहाँहरुले मलाई राँची लानुपर्‍यो सम्म पनि भन्न भ्याउनुभयो । त्यतिबेला मैले एमाले राजनीतिक रुपले सिद्धियो भन्या हो, अब चाहिँ ऊ व्यवहारिक रुपमै सिद्धिँदै छ । तपाईं हेर्नुहोला, एक दुई दिन भित्र एमालेका अरु वरिष्ठ नेताहरु त्यो पार्टी छोडेर माओवादीमा सामेल हुँदैछन् । एकजना दुई जना होइन, हजारौंको संख्यामा तिनका समर्थक, सदस्यहरु माओवादीमा प्रवेश गर्दै छन् । मैले अस्ति मात्रै सुनेँ एमालेको उच्चस्तरीय वैठकमा एमाले सिद्धिँदै भन्ने प्रस्ताव अमृत बोहरा ले पेश गरेका छन् । माधवजी र झलनाथ जी जति रिसाउनुहुन्छ उहाँहरुको विघटन त्यति छिटो हुन्छ । यदि उहाँहरुमा अझै पनि जिम्मेवारीबोध छ भने उहाँहरुले रिसाउने होइन आफै भित्र समीक्षा गर्दा राम्रो हुन्छ ।

भारत–चीन भ्रमण

तपाईं पहिले चीन जानुभो । त्यसपछि भारतको पनि भ्रमण गरेर फर्किसक्नुभएको छ । ती भ्रमणका उपलब्धि के हुन् ?
तत्काल उपलब्धिको दृष्टिबाट हेर्दा कुनै सन्धि, समझदारी भनेर लिखित केही पनि भएको छैन । त्यसकारण, सतही रुपमा त त्यस्तो केही पनि भएन भन्न पनि सकिन्छ । तर, नेपालको समग्र राष्ट्रिय हित र नेपाली जनताको समृद्धिको आधारभूत दृष्टिकोणले, दुइटा छिमेकीसँग सद्भावको दृष्टिकोणले भन्ने हो भने यी दुवै भ्रमण रणनीतिक महत्वका भए भनेर निष्कर्ष निकाल्न सकिन्छ ।
तपाईंका यी भ्रमणलाई नितान्त निजी र सत्तामा पुग्नका लागि, सत्ता कब्जा गर्नका लागि गरिएको भन्ने पनि टिकाटिप्पणी भए । भ्रमणका पछाडि तपाईंको सच्चिकै उद्देश्य चाहिँ के थियो ?
यो भ्रमणलाई त्यस ढङ्गले तुच्छ टिप्पणी गर्नेहरुले नेपाल राष्ट्रको संवेदनशीलता, हाम्रो संक्रमणकालको संवेदनशीलता र नेपालको समग्र राष्ट्रिय हितको संवेदनशीलतालाई विल्कुलै बुझेका छैनन् वा त्यसलाई कमजोर पार्न चाहने तत्वहरुको कुरा मात्रै हुन सक्छ । अन्यथा, यो भ्रमण कुनै व्यक्तिगत वा पार्टीगत पनि होइन । सरकारसँग पनि सम्बन्धित भएर सिङ्गै राष्ट्रको प्रतिनिधिको रुपमा नै दुइटै भ्रमण सम्पन्न भएका हुन् भन्ने कुरा त सबैको अगाडि छर्लंगै छ । यो जान्दा–जान्दै पनि यसको बारेमा कुतर्क गर्नु नेपालको राष्ट्रिय हित र स्वाधीनताप्रति खेलवाड गर्नु मात्रै हो ।
नेपालमा चिनिया चासो के रहेछ ? चीनको नयाँ नेतृत्वले आजको नेपाललाई कस्तो आँखाले हेरेको रहेछ ?
चीन अहिले आर्थिक रुपले संसारकै दोस्रो शक्ति भैसकेको छ । अनि नेपाल दक्षिण एसियाको असाध्यै संवेदनशील भूराजनीतिक अवस्थामा भएको देश हो । त्यसकारण, आर्थिक दृष्टिकोणले पनि नेपालले दक्षिण एसियामा एउटा पुलको काम गर्न सक्छ भनेर उनीहरुले विश्लेषण गर्नु स्वभाविक छ । त्यस दृष्टिले पनि उनीहरुको नेपालप्रतिको चासो बढेको छ भन्ने लाग्छ । तर, त्योभन्दा ठूलो कुरा उनीहरुको सुरक्षा चासो नै हो । त्यसमा पनि तिब्बतको विषय नै त्यस्तो विषय हो जसले उनीहरुको नेपालप्रति हेर्ने दृष्टिकोणलाई निर्धारित गर्छ । अहिले तिब्बतको प्रश्नलाई चिनिया नेतृत्वले सुरक्षासंवेदनशीलताको दृष्टिले शायद सबभन्दा प्राथमिकतामा राखेको हुनाले पनि नेपालप्रति चिनिया नेतृत्वको चासो बढेको हो भन्न सकिन्छ ।

तपाईंले छिमेकी मुलुकको भ्रमणका लागि यही समय रोज्नुको कारण के हो ?
चीनमा कम्युनिस्ट पार्टीको अठारौं महाधिवेशन भयो । नयाँ नेतृत्व यही समयमा आयो । हाम्रो पार्टीको महाधिवेशन भएर नयाँ नीति र नेतृत्वको निर्वाचन पनि यही समयमा हुन पुग्यो । नेपालमा अर्को निर्वाचनको निम्ति नयाँ सरकार गठन पनि यही समयमा हुन पुग्यो । यी तीनवटा संयोगले गर्दा भ्रमण यही समयमा हुन पुगेको हो भन्ने मलाई लाग्छ ।
तपाईं भारत भ्रमणमा गैसकेपछि पत्रपत्रिका त्यहाँका प्रधानमन्त्री, ब्यूरोक्र्याट सबैले के भने भने नयाँ सम्बन्ध स्थापित भयो, माओवादीलाई हेर्ने हाम्रो नीति परिवर्तन भयो । कतिपयले माओवादी भारतसित धेरै लचिलो भयो भन्ने टिप्पणी पनि गरे । खासमा कुरा के हो ?
पहिलो कुरा, यस पटक आफ्नो पार्टी वा आफ्नो व्यक्तिगत हित, समूहगत हित होइन सिङ्गै राष्ट्रलाई केन्द्रमा राखेर प्रगतिशील राष्ट्रवादको आधारमा छिमेकीहरुसित सम्बन्ध विस्तार गर्ने उद्देश्यले म गएको थिएको थिएँ । यो कुरा भारत या चीन दुवै भ्रमणमा जाँदा मैले नेपाली जनताका अगाडि प्रस्टै भनेर गएको थिएँ, राजनीतिक दलहरु र सरकारसित पनि कुरा गरेर गएको थिएँ । त्यसकारण, यसको बारेमा तल उत्रेर टिप्पणी गर्नेहरुलाई मेरो कुनै जवाफ अहिले छैन । बडो नकारात्मक प्रवृत्ति हाम्रो राजनीतिमा, आन्दोलनमा छ । त्यसलाई कसरी बदल्ने भन्ने चुनौती नेपालका सच्चा प्रतिनिधिहरु र आमनेपालीको अगाडि छ । कसैले राम्रो गर्‍यो भने पनि राम्रो भन्न नसक्ने, त्यसलाई नकारात्मक टिप्पणी गर्नैपर्ने यो संस्कार बदल्नु छ । म भारतमा भारतसित झुक्ने दृष्टिकोणले गएको भन्नु बाहियात कुरा हो । नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर भारतको चिन्तालाई पनि कसरी सम्बोधन गर्न सकिन्छ, नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर चीनको चिन्तालाई पनि कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बाहेक मेरो केही पनि कुरा भएन । त्यसकारण, मलाई गर्व छ कि त्यहाँ नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा दृढतापूर्वक कुरा राखेर, समझदारीको विकास गरेर र सद्भावको नयाँ आधार खडा गरेर म फर्केको छु ।
धेरैले अपेक्षा गरेजस्तो तपाईले असमान सन्धिसम्झौता, सीमा विवादजस्ता विवादित कुराहरु उठाउनु भएन, किन ?
ती विषयमा पनि कुराकानी भएका छन् । हिजोका सबै विवादसँग सम्बन्धित कुरालाई पनि अहिलेको नयाँ आधारमा उभिएर समीक्षा गर्नुपर्छ भनेर सर्रसर्ती कुरा गरिएको छ । किनभने, अहिले नेपाल राष्ट्रको समग्र राजनीतिक स्थिरता र आर्थिक समृद्धिको पक्षमा केन्द्रित भएर म भ्रमण गर्न गएको हो । मैले नेपाली जनतालाई त्यही भनेको हो । हिजोका विवाद टुङ्ग्याएर आउँछु वा टुङ्ग्याउनका लागि म कुरा गर्न लागेको भनेको पनि थिइन मैले । तर पनि त्यो विषयको समीक्षा हुनुपर्छ भन्ने कुरा चाहिँ मैले राखेको छु ।

त्रिदेशीय साझेदारीबारे

यो त्रिदेशीय साझेदारीको कुरा बारम्बार र निकै जोड दिएर उठाउनुभयो । कतिपय वृत्तबाट यसबारे नकारात्मक टिकाटिप्पणी आएको पनि सुनियो । यसको मूल मर्म के हो ?
मलाई खुसी छ अहिले भारतमा पनि र चीनमा पनि त्रिदेशीय साझेदारीको रणनीतिबारे व्यापक रुपमा बौद्धिक जगत्मा पनि, राजनीतिक वृत्तमा पनि छलफल चलेको छ । पहिलो कुरा, हाम्रो पार्टीको तर्फबाट मैले एक÷दुई वर्ष अगाडिदेखि नै यो विषय उठाउन थालेको हो । अहिले विस्तारै यो विषयबारे हाम्रा दुइटा विशाल छिमेकी देशभित्र पनि राम्रो बहस सुरु भएको छ । दोस्रो कुरा, यो विषय हाम्रो राष्ट्रको समग्र हितको पक्षमा छ । हाम्रो स्वाधीनताको र हाम्रो जनताको सम्बृद्धिको आकाङ्क्षाको पक्षमा छ । कसैको विरोध नगरिकन सहयोग जुटाएर नेपाललाई स्वतन्त्र र सम्बृद्ध बनाउने उद्देश्यद्वारा यो प्रेरित छ । यसको मर्म यही हो । हिजो राजा महाराजाहरुले जसरी हाम्रा छिमेकीहरुसँग ‘डिल’ गरे— कहिले यता र कहिले उता ढल्किने नीति अन्तर्गत, त्यसले नेपाललाई यति पछि पार्‍यो कि अहिले वास्तवमा हामीसँग भएको प्राकृतिक साधनस्रोत, मानवीय शक्तिको दृष्टिकोणले भन्ने हो भने हामी दक्षिण एसियाको सबभन्दा धनी र समृद्ध देश हुन सम्भव थियो तर त्यो हुन सकेन । त्यसकारण, सामन्तीतन्त्रको गलत विदेशनीतिका कारणले नै नेपाल पछि पर्‍यो भन्ने मान्यताबाट यो त्रिदेशीय साझेदारीको भिजन निःसृत भएको हो । पूर्वाग्रह र हिजोको एकपक्षीय आँखाले अथवा अन्धराष्ट्रवादको आँखाले, सामन्ती राष्ट्रवादको आँखाले हेरेर राष्ट्रवाद हुँदैन । प्रगतिशील राष्ट्रवाद भनेको हाम्रा विशाल छिमेकीहरुसँग नयाँ खालको सम्बन्ध विस्तार गरेर नेपालको विकास गर्ने भन्ने कुरा हो । यस अर्थमा यो त्रिदेशीय साझेदारीको रणनीति नेपालको भूराजनीतिसँग ठ्याक्कै मेल खाने र दीर्घकालीन ढंगले सयौं–सयौं वर्षको निम्ति नेपालको विदेशनीतिलाई निर्धारण गर्ने एउटा ‘भिजन’को रुपमा वा भन्नुस् नेपालीहरुको निम्ति एउटा मिसनको रुपमा आएको छ । आमनेपाली जनता, नेपालका राजनीतिक दलहरु कुनै आग्रह पूर्वाग्रह बिना यसमा एक हुन जरुरी छ । अबको विदेशनीतिलाई निर्धारित गर्ने, कमसेकम हाम्रा छिमेकी प्रतिको नीति निर्धारण गर्ने, र नेपालका समग्र जनता र राष्ट्रको हित गर्ने योभन्दा राम्रो रणनीति हाम्रो पार्टीले अहिले देखेको छैन ।
यसलाई ‘प्रिम्याच्युअर आइडिया’ (अपरिपक्व विचार) भनेर पनि भनियो नि !
खासगरी भारत सरकारका विदेशमन्त्रीले जसरी पत्रकारहरुलाई बोलाएर यो अलिकति हतारो भयो, अहिले बेला भएको छैन, अलि परिपक्व भैसकेको छैन भने मैले त्यसमा भनँे ठीकै छ । भारत सरकारले त्यसो भन्दाभन्दै पनि के राम्रो भनेको छ भने यो एउटा भिजन चाहिँ हो, यो एउटा रणनीति चाहिँ हो । विस्तारै त्यसको तयारी गर्नुपर्छ भन्ने भाव पनि त्यहाँ अन्तरनिहीत छ । त्यसकारण, यो भनाइलाई ‘प्रिम्याचुर’ भनेर आलोचना गरिएको मात्रै छ, पूरै खारेजी गरिएको छ भन्ने होइन । यो रणनीति र भिजनको मान्यतालाई स्वीकार गर्दै त्यसको कार्यान्वयन बाँकी छ भन्ने रुपमा लिनुपर्ने हुन्छ । अहिले भारतमै पनि जसरी बहस चलेको छ यो विषयमा, धेरै महत्वपूर्ण नीतिनिर्धारणमा भएका व्यक्तित्वहरुबाट यो बहसलाई जसरी अघि बढाइएको छ, त्यो हेर्दा यो पन्छाउनै नसकिने ‘भिजन’ र रणनीति भएर अघि आइसकेको छ । यो भारतीय जनता र भारत राष्ट्रको पनि हितमा छ । चिनिया जनता र चिनिया राष्ट्रको पनि हितमा छ । नेपालको हितमा त छँदै छ । यो ‘प्रिम्याचुअर’ हो भनेर नेपाल र चीनमा कुरा उठेको छ भन्ने मलाई लाग्दैन ।
यो भिजनबाट नेपाललाई त फाइदा छ तर भारत र चीनलाई पनि फाइदा छ भनेर उनीहरुलाई कसरी आश्वस्त तुल्याउनुहुन्छ ?
पहिलो, ऐतिहासिक दृष्टिले हेर्ने हो भने चीन र भारतबीचको व्यापार विनिमयको सबभन्दा छोटो बाटो नेपाल भएरै हुने गरेको हो । चीनको तिब्बत र भरतका विभिन्न सहरहरुको बीचमा प्राचीन कालदेखि नै नेपालमार्फत् व्यापार हुने गरेको हो । यसले नेपाल हुँदै व्यापार विनिमय गर्दा चीन र भारत दुवैलाई फाइदा हुन सक्छ भन्ने देखाउँछ । दोस्रो, अहिले चीन र भारतबीचको व्यापार वाणिज्यको बढ्दो क्रम हे¥यो भने त्यो खरबौंमा पुगेको छ र अझ केही वर्षभित्र त्यो कता हो कता गुणात्मक ढङ्गले वृद्धि हुनेवाला छ । यो वृद्धिसँगै सामानहरु लैजाने ल्याउने सबभन्दा छोटो बाटो कुन हुन सक्छ भन्ने समस्या चीन र भारत दुवैको लागि उत्तिकै छ । नेपालको साढे चौध सय किलोमिटरको बोर्र्डर चीनसित र करिब १८ सय किलोमिटर भारतसित जोडिएको छ । नेपाल नै त्यस्तो छोटो र सजिलो बाटो हुनेवाला छ— पूर्वमा उत्तरबाट विराटनगरसम्म, मध्यमा रसुवाबाट वीरगन्जसम्म र पश्चिममा हिल्साबाट सुर्खेत हुँदै नेपालगञ्ज, धनगढी सम्म । अहिले ल्हासाबाट रेलमार्ग अगाडि बढिसक्या छ र लुम्बिनीसम्म जानसक्ने सम्भावना प्रत्यक्ष र व्यवहारिक भएर आई नै सक्यो । पूर्वपश्चिम रेलमार्ग बनाउने कुरामा पनि भारतको सहयोग करिब निश्चित जस्तै देखिएको छ । डेढ अर्ब जनसंख्या पुग्न लागेको चीन र सबा अर्ब जनसंख्या पुग्न लागेको भारतको व्यापारको निम्ति योभन्दा छोटो र सजिलो बाटो अरु हुनै सक्दैन । यसरी हेर्दा नेपाललाई मात्र होइन, चीन र भारत दुवैलाई पनि यो त्रिदेशीय साझेदारीको रणनीतिले गुणात्मक रुपमा फाइदा पु¥याउँछ । यी वस्तुगत आधार भएका हुनाले पनि मैलै यो साझेदारीको रणनीति तीनवटै देशको हितमा छ भनेको हो ।

लोकमान प्रकरण

लोकमान प्रकरणमा पूरा मुलुक तरङ्गित भयो । प्रतिगमन सुरु भयो भनियो । तैपनि निर्णय कार्यान्वयन गराउनमा तपाईं दृढ देखिनुको कारण के हो ?
लोकमानको बारेमा यतिधेरै चर्चा हुनु नै ठीक होइन भन्ने मलाई लाग्छ । लोकमानका विरोधीहरुले पनि कुरो बुझेनन् जस्तो लाग्छ । यति धेरै विरोध गर्दा त झन् लोकमानको महत्वलाई बढाउने काम मात्रै भयो । समर्थन गर्नेले पनि आवश्यकताभन्दा बढी समर्थन गर्नुपर्ने केही कुरो होइन यो । परिस्थितिले गर्दा हामीले सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु पर्‍यो । त्यो भन्दा त पार्टीकै नेता प्रधानमन्त्री भए हुन्थ्यो नि त । तर, त्यसमा सहमति भएन । बाबुरामजी नै हुँदा हुन्छ, यसैबाट चुनावमा जाऊँ भन्दा कोही पार्टी मान्ने कुरो छैन । त्यसो भएपछि खोज्दै जाँदा खिलराज रेग्मीमा नै सहमति भए जस्तै अख्तियार, निर्वाचन आयोग सबै खालि भएको स्थितिमा संवैधानिक पदपूर्ति त गर्नु नै थियो, त्यसो भए कसरी गर्ने भनेर खोज्दै जाँदा लोकमानजी भेटियो । उहाँमा सहमति भयो । अहिले त्यसभन्दा बढी यसलाई अनावश्यक तन्काउनु जरुरी छैन । अहिले लोकमानलाई देखाएर सबै पाप पखाल्ने, लोकमानको विरोध गरेपछि हजार खत माफ हुन्छ भनेजस्तो गरेर जो साँच्चै दलाल छन्, साँच्चै सबभन्दा भ्रस्ट छन्, सबभन्दा प्रतिगामी छन् तिनीहरु उफ्रेको देख्दा ठीकै गरिएछ भन्ने जस्तै लाग्छ ।
केही मिडियाहरु, नागरिक समाज भनिनेहरु प्रचण्ड–बाबुरामलाई जन–सजाय दिनुपर्छ, लोकमान जस्तो प्रतिगामी, भ्रस्टाचारी र जनआन्दोलनविरोधीलाई ल्याउनेलाई भनिरहेका छन् । एउटा प्रमुख दैनिकमा लेख पनि आयो प्रचण्डलाई जन–सजाय दिनुपर्छ भनेर । साँच्चिकै तपाईंहरुलाई जन–सजाय दिनुपर्ने भएको हो ?
जन–सजाय जनताले कसलाई दिन्छन् त्यो जनताले फैसला गर्ने कुरा हो । जन–सजायका जुन कुरा नेपालको इतिहासमा सबैभन्दा प्रतिगामी, भ्रस्ट र दलालहरुले गरेका छन् । मलाई लाग्छ नेपाली जनताले यो कुरा बुझिराखेका छन् । देशलाई अनिर्णयको बन्दी बनाएर परिवर्तनका सम्पूर्ण उपलब्धिहरुलाई ध्वस्त पार्न चाहनेहरुले जन–सजायको कुरा गरेका छन् । जनताले सजाय कसलाई दिन्छन् त्यो भोलि हेरौंला । बरु जन–सजायको नाममा विदेशी दलाल र गुण्डाहरु, साम्राज्यवादी दलालहरु प्रयोग गर्न लागिएको हो कि भनेर सतर्क हुन जनतालाई अपिल गर्नु मैले आफ्नो कर्तव्य ठानेको छु ।
नेताहरुले आफूले गरेको भ्रस्टाचारलाई ढाकछोप गर्नका लागि लोकमानलाई ल्याएका हुन् भनिएको छ नि !
त्यसो हो भने त्यो कुरो एमाले र मधेसी मोर्चाका साथीहरुलाई भन्नुप¥यो । मैले त यो कुरा प्रस्टै भनेको छु नि— एक हप्तादेखि कसलाई ल्याउने भन्नेबारेमा छलफल भएको, एमालेका नेताहरुले लोकमानलाई ल्याउँ भनेर प्रस्ताव गरेको चार दलको बीचमा सुरुमा छलफलको क्रममा, अनि औपचारिक वैठकमा मधेसी मोर्चाको तर्फबाट प्रस्ताव भएको । त्यसमा आजै गरौं र आजै जाऊँ भन्ने काँग्रेस हो । अनि त्यसो नै हो भने भ्रस्टाचार ढाकछोप गर्नको लागि त एमाले र काँग्रेसले ल्याएका रहेछन् नि त । हामीले त ल ठीकै छ, उहाँलाई ल्याएर हुन्छ भने हाम्रो चाहिँ विरोध हुँदैन मात्रै भनेको हो । निर्णय भएको हुनाले सही गरेर छिटो लैजानुहोस् भनेर सबैले भनेको हुनाले संयन्त्रको तात्कालीन संयोजक भएको नाताले मैले मन्त्रीपरिषदका अध्यक्षलाई लगेर बुझाएँ । माइन्युट नै बुझाउने भन्ने थियो हाम्रो निर्णय नै । सही गरी सकेर, बुझाई सकेर संवैधानिक परिषदबाट राष्ट्रपतिकहाँ पुगिसकेपछि निर्णयबाट पछि हट्नेहरु नै बेइमान हुन् । निर्णयपछि पनि तिनीहरुको इमान्दारी भएन । प्रस्ताव गर्नेमा पनि उनीहरुको इमान्दारी भएन ।
लोकमान प्रकरणमा माओवादी यसरी सतीसाल जस्तै ढिङ्ग उभिनुको रहस्य चाहिँ के त ?
त्यस्तो ठूलो रहस्य केही पनि छैन । संवैधानिक परिषद्बाट निर्णय भएर एकमतले राष्ट्रपतिकहाँ प्रस्ताव गयो । राष्ट्रपतिले यसलाई अस्वीकार गर्ने हो भने राष्ट्रपतिले संविधान मिचेको हुन्छ र यो सरकार, यो प्रक्रिया सबै भताभुङ्ग हुने स्थिति आएपछि निर्वाचनको प्रक्रिया नबिथोलियोस्≤ अहिले बाधा अड्काउ फुकाउपछि ट्रयाकमा हिँडाइएको संविधान फेरि ट्रयाक बाहिर नजाओस् भन्नका लागि त्यो निर्णयमा अडिएको हो । यसमा मान्छेले ध्यान दिएका छैनन् । कुरा के हो भने संवैधानिक परिषद्ले निर्णय गरिसकेपछि राष्ट्रपतिले खारेज गर्न मिल्दैन । त्यसो भएर चार दलको वैठकमा मैले के भनेँ भने यदि तपाईंहरुलाई चित्त बुझ्दैन अब भने या त अदालतको बाटोबाट जानुहोस् या छिटो संविधानसभा ल्याऊँ अनि त्यो संसदले महाअभियोग लगाउन सक्छ । संवैधानिक परिषद्बाट निर्णय भएर राष्ट्रपतिकोमा गएकोमा राष्ट्रपतिले नगर भन्नुको अर्थ राष्ट्रपतिलाई संविधान मिच भन्नु हो । राष्ट्रपतिले एकचोटि संविधान मिचे र मिच्ने वातावरण भयो भने यो सरकारको औचित्य पनि सिद्धियो, सबै सिद्धिन्छ, भताभुङ्ग हुन्छ । निर्णय अहिले बदल्न हुँदैन, जे निर्णय गरिएको छ, दृढतापूर्वक त्यसमा उभिनुपर्छ भन्नुको रहस्य यही हो ।

पश्चिमा चलखेलबारे

पछिल्लो समयमा नेपालमा पश्चिमा शक्तिहरुको चलखेल बढ्दै गएको जस्तो लाग्दैन तपाईंलाई ?
लाग्छ होइन, मलाई सबै कुरा थाहा छ । अहिले म भन्दिन । सबै कुरा भन्ने उपयुक्त बेला पनि होइन । तर, एउटा कुरा के पक्का हो भने पश्चिमाहरु अहिले काँग्रेस र एमालेलाई एउटै बनाउँदै छन् । एकदम प्रस्ट छ । यसमा शंका गर्नै पर्दैन । पश्चिमाहरु त्यसमा लागेका छन् । उनीहरु समानुपातिक, समावेशी र सङ्घीयताका विरुद्ध जाँदै छन् । त्यतिमात्र होइन अरबौं खर्च हुँदै छ अहिले माओवादीलाई कमजोर पार्नको लागि र यो परिवर्तनलाई कमजोर पार्नका लागि । त्यस्ता पश्चिमा शक्तिथुप्रै छन् यहाँ । डिजाइन भैराखेकै छ र गाउँ–गाउँमा अरबौं खर्च गर्दैछन् उनीहरुले । यो चुनावलाई प्रभावित पार्नको निम्ति वा माओवादी र परिवर्तको पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई कमजोर पार्ने रणनीतिअन्तर्गत पश्चिमाहरुको ठूलो चलखेल नेपालमा हुँदैछ ।

संयन्त्रको बैठक डाक्न मानेनन् झलनाथले

Jhalanath Khanal_20100101061845

SUSHIL-KOIRALA_20120106092428

 
काठमाडौं, जेठ ९–नेकपा एमाले र नेपाली काँग्रेसका पछिल्ला गतिविधि हेर्दा कतै उनीहरु चुनाव भाड्ने षडयन्त्र त गरिरहेका छैनन भन्ने प्रश्न उब्जिएको छ । जेठ १ गतेदेखि सर्वदलीय संयन्त्रको अध्यक्ष बनेका झलनाथ खनाल संयन्त्रको बैठक नै नबोलाई पहिल्यै सहमति भएका कुरालाई उछालेर चुनावको मिति तोक्ने काममा तगारो हाल्दै छन् । प्राप्त जानकारी अनुसार गत बुधबार एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नटुङ्गिएका विषयलाई छिटो टुङ्ग्याउन छलफलका लागि सर्वदलीय संयन्त्रको बैठक बोलाउन झलनाथ खनाललाई फोन गरेका थिए । उनी विहिवार बैठक बस्ने भनेर प्रचण्डको कुरामा सहमत पनि भए । प्रचण्ड बैठक बस्न भनेर उपत्यका बाहिर जाने कार्यक्रमलाई समेत स्थगित गरेर बसे ।
प्रचण्डले बैठक बसाउन अनुरोध गरेको झलनाथ बेलुका शुसील कोइरालाकहाँ पुगे र शुसील कोइरालाले प्रचण्डले भन्नासाथ किन बैठक बोलाउने भन्दै उल्टो झलनाथलाई शुसीलले हपारेपछि झलनाथ लुत्रुक्क परेर फर्किए र सर्वदलीय संयन्त्रको बैठक नै बोलाएनन् । हिजो बैठक बस्ने भनेको दिन विहिबार किन बैठक भएन भनेर एकीकृत नेकपा माओवादीका निजी सचिव चुडाबहादुर खड्काले झलनाथलाई फोन गर्दा सामान्य कुरा गरेर टार्ने प्रयास गरेका थिए । एकातिर संयन्त्रको बैठक नबोलाउने र अर्कोतिर शुसीलले चार दलीय सिण्डिकेट तोड्नुपर्छ भन्दै हिड्नुले एमाले र काँग्रेस नै चुनाव चाहदैनन् भन्ने कुराको पुष्टि त गर्दैन ?
चुनाव भाड्ने योजना अनुसार राष्ट्रपति रामवरण यादवसंग पनि दलका नेताहरुले बाक्लो भेटघाट गरेका छन् । प्राप्त जानकारी अनुसार जेठ ७ गते झलनाथ खनालले उनलाई भेटेर भलाकुसारी गरे भने भारतबाट समेत विशेष विमान चढेर पूर्वकेन्द्रीय मन्त्रि अखिलेशसिंह त्यही दिन काठमाण्डौं आई राष्ट्रपतिलाई भेटेर फर्किए । यस अघि नै ४ गते गृहमन्त्री माधव घिमिरेले छुट्टै सरसल्लाह गरेका थिए । त्यसैगरि ६ गते उपराष्ट्रपति परमान्द झा र महान्याधिवक्ता द्रोणबहादुर रेग्मीले पनि राष्ट्रपतिलाई भेटेका थिए । यी भेटका कुनै कुरा सार्वजनिक भएका छैनन् । शीतलनिवास स्रोत अनुसार यी सबै भेटघाटहरुमा मसिंरको चुनाव कसरी टार्ने भन्ने विषयमा छलफल भएको थियो ।

खेताला शिक्षक राख्ने प्र.अ र शिक्षकलाई कारबाही गर्छाै

नारायण भट्ट, जि.शि.अ.

-नारायण भट्ट, जि.शि.अ. जिल्ला शिक्षा कार्यालय काभ्रे
(काभ्रे जिल्लालाई  शिक्षा कार्यलय धुलिखेलले फर्जी विद्यार्थी, खेताला शिक्षक र झोले  विद्यालय नभएको पुष्टि गर्दै सत्यापन अन्र्तगत श्रोत केन्द्र स्तरिय बैठकले निर्णय गरे लगत्तै मिडिया समाचार प्रकाशित भएपछि  यसै सेरोफेरोमा रहेर जिल्ला शिक्षा अधिकारी नारायण भट्टसगँ काभ्रे संवददाता राजकुमार गोलेले गरेको कुराकानी)
फर्जी विद्यार्थी र खेताल शिक्षक छैन भनेर घोषणा गरेको थियो । तर अहिले त त्यस्तो घटना  धेरै बाहिर आएको छ नी ?
   - मैले पनि मिडिया मार्फत थाहा पाएँ । हामीले चैत्र महिना तिर सत्यापनका लागि पत्रकार सहितको टोली विद्यालय–विद्यालयम पठाएका थियौं । त्यसको रिपोर्ट पनि आईसकेको छ । त्यसैलाई आधार मानेर हरेक विद्यालयबाट खेताला शिक्षक र गैर हाजिर हुने शिक्षक छैन भनेर निर्णय गर्न लगायौं । श्रोत केन्द्रहरुमा त्यही आधारमा प्र.अ. बैठकमा निर्णय गर्न लगायौं । त्यसको लगत्तै पत्रिकामा समाचार  आयो । समाचारमा खेताला शिक्षक पहिले देखि नै थियो  कि पछि भएको हो ? एकिन कुराहरु आएन । अब यसरी मिडिया मार्फत बाहिर आएकोले जिल्ला शिक्षा कार्यालयलाई गम्भिर चुनौती देखापरेको छ । श्रोतब्यक्ति, विद्यालय निरीक्षकहरु, उप–सचिवहरुको बैठकले सत्य तथ्य छानविन गर्नलाई निर्देशन दिएका छौं । अर्को कुरा त्यस्ता खालका विद्यालयहरुलाई चिठीपत्र तयार गरी पठाउने तयारीमा छ । त्यसैले त्यसका लागि गम्भिर हिसाबले लागिरहेका छौं ।
खेताला शिक्षक र त्यस्ता विद्यालयहरुलाई कार्वाहि हुन्छ कि हुँदैन ?
-कार्वाही हुन्छ नि । किन नहुनु ।
त्यस्तो खालको प्र.अ. शिक्षकलाई  कहिले कार्वाहि हुन्छ ?
-त्यो त रिपोर्ट आउनु प¥यो, त्यो भित्र कति सत्यता छ, त्यो खोज्ने छौ । यदी खेताला शिक्षक र विद्यालयमा नै नगएको शिक्षक छ भने कार्वाही गर्नेछौं । त्यसको लागि छानविन हुनेछ, हामीले त्यसको लागि सम्वन्धित विद्यालयमा चिठी समेत पठाउने काम हुँदैछ ।  वास्तविकता पुस्टि भएपछि छिट्टै कार्वाही हुन्छ ।
तपाईको निर्देशनलाई श्रोत ब्यक्तिले नमानेको भन्ने कुरा आईरहेको छ नि ?    
-मलाई सुन्नमा आएको छैन ।मैले दिएको निर्देशनलाई  कम मुल्य र महत्वहिन ठानेको जस्तो लाग्दैन ।
कति दिनमा रिपोर्ट बुझ्न निर्देशन दिनुभएको छ ?
मिति नै त तोकेको छैन, तर  रिपोर्ट आएपछि कार्वाही हुन्छ ।
प्रशंग बदलौं, दरबन्दी मिलानको कार्य चाही कहाँ पुग्यो ?
-हामीले प्राविधिक कामहरु सकेको अवस्थामा छौ, छलफलहरु भइरहेको छ ।
कहिलेसम्म दरबन्दी मिलन हुन्छ ?
-मलाई लाग्छ यो छिटो हुने अवस्था छ । गृहकार्य भईरहेको छ ।
छिटो भन्नाले तिथि र मिति तोक्न मिल्दैन ?
-अहिले भन्ने सक्ने स्थितिमा छैन । केही कारणले छलफल गर्न  बाँकी छ , तर अत्यन्तै छिटो मिलान गर्ने सोचमा छौ ।
राजनीतिक दल र शिक्षक संगठनको दबाबका कारण दरबन्दी मिलनको कार्य रोकिएको हल्ला छ नी ?
-दलले दबाब नगरेको होइन चाडै दरबन्दी मिलन गर्नु प¥यो भनेर दबाब आइरहेको अवस्था छ । चारैतिर बाट मिलनको कार्यमा जोड दिइरहेको अवस्थामा छ । यसको लागि हामी निरन्तर लागि रहेका छौ ।
यसको बाधक चाँहि को हो नी ?
-

मुख्य बाधक चाहि  यहि  हो भनेर किटान गर्ने अवस्था  छैन । मुलुकमा प्रजातन्त्र आएको छ । पुरानो समयमा शहरी क्षेत्रमा विद्यालयहरु खुले, ग्रामीण विद्यालयमा कम विद्यार्थी थिए । बालबालिकाहरु टाढा–टाढा पढ्नु पर्ने बाध्य थियो  । शहरी क्षेत्रमा सरकारी विद्यालय मात्र नभएर संस्थागत विद्यालयहरु पनि खुले । त्यसले गर्दा अहिले ग्रामीण भेगतिर बढी शिक्षक आवश्यक छ । शहरी क्षेत्रमा अलिकति शिक्षकहरु झिक्नुपर्ने अवस्था छ । यो प्रजातान्त्रिक व्यवस्था परिवर्तन भएको छ । त्यसले गर्दाखेरी धेरै लामो समयदेखि दरबन्दी मिलान नभएको अवस्था हो ।  त्यही कारणले अलमल भएको हो  । सहमति, सहकार्य र समझदारीबाट मात्रै दरबन्दी मिलान  गर्नु परेकोले ढिलाई भएको हो । यो नै बाधक भएको भन्ने अवस्था छैन ।

नयाँपत्रिकाकर्मी गोलेलाई धम्की


जेष्ठ ९ गते काभ्रे/नयाँपत्रिका दैनिकका काभ्रे संवदादता राजकुमार गोलेलाई समाचारको विषयलाई लिएर जेपनि हुने भन्दै ज्यान मार्ने धम्की दिएका छन  ।
गत जेठ १ गतेको नयाँ पत्रिकामा ‘खेताला शिक्षक राख्दै, तलब बुझ्दै’ भन्ने शिर्षकमा समाचार लेखेको भन्दै गोकुले– ९ सेतीदेवि प्रा.विका केशरबहादुर योञ्जनले ९८४१५७१०१५ मोबाइल नम्बर बाट र सोही गाविस वडा नं. ३ का स्थानीय प्रदिप लामा ले ९६१११८२१०८ को मोबाईलबाट समाचारको स्रोत खोज्दै जे पनि हुने भन्दै धम्की दिएका हुन । यस्तै  गोकुले गाविस वडा नं. ३ छोट्टेसहनमा रहेको चन्द्रोदय प्राथामिक विद्यालयका प्रधानाध्यापक बुद्धिलाल योञ्जन , बन्खु– ६ सरस्वती प्रा.विका भिमबहादुर रानामगर,  गोकुले–२ ज्ञानोदय प्रा.विका शिक्षक ढकाल रानाले सार्वजनिक स्थलमै भेटेरै श्रोत चाहियो र विद्यालयले यस्तो नगरेको भन्दै जे पनि हुन सक्ने भन्दै धम्की दिएका छन ।
‘समाचारको विषयमा चित्ता नबुझकोे खण्डनमा समाचार खण्डन गर्ने कानुनी प्रवधान हुदाँ हुदै  समाचारको विषयलाई लिएर श्रोत खुलाउनु दबाब दिदै ज्यान मार्ने धम्की दिएको गोले बताए ।

Friday, 17 May 2013

तिमीले सम्झेनौ

मैले भूलें
तिमीले सम्झेनौ ।

शंका छैन,
लंका त पिर्दै पिर्दैन,
विश्वास छ,
घात त देख्दै देख्दिन ।
मैले भूलें
तिमीले सम्झेनौ ।

मनै त ;ो,
अलिकति त पीडा भो,
नसंझे पनि
कुनै दोष देख्दिन ।
मैले भूलें,
तिमीले सम्झेनौ ।

गुनासो ;ोइन,
मुटुको व्यथा ;ो,
गाली ;ोइन,
सचेतको घण्टी ;ो ।
मैले भूलें,
तिमीले सम्झेनौ ।

Tuesday, 7 May 2013

१२ बर्षमा खोलो फर्कियो, कान्तिपूर एक्लियो !


25 वैशाख,काठमाडौ। झण्डै १२ बर्ष अगाडि अन्नपूर्ण पोष्ट विरुद्ध यसैगरी नेपालका मिडिया एकतर्फी खनिएका थिए, १२ बर्षपछि कान्तिपूर बिरुद्ध अहिले खनिएका छन । मिडियामा विदेशी लगानीको नाममा त्यतिवेला कान्तिपूरको नेतृत्वमा अन्नपूर्ण पोष्ट बिरुद्ध हमला भएको थियो ।
भारतीय लगानीको आप्का समूहले प्रकाशन गरेको अंग्रेजी दैनिक हिमालय टाइम्सले गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने आसयको समाचार लेखेको भनेर आप्का विरुद्ध अरु पत्रिका खनिएका थिए । त्यतिवेला ढाल बनाइएको थियो, हिमालय टाइम्सका प्रकाशक उज्वल शर्मालाइ । आन्दोलनको अगुवा थिए समाचार पत्रकार पुस्करलाल श्रेष्ठ र स्पेसटाइमका जमिम शाह ।
ठ्याक्कै १२ बर्षपछि खोले फर्कीएको छ, अन्नपूर्ण पोष्ट नेतृत्वमा कान्तिपूर बिरुद्ध मिडिया खनिदै छन, लोकमानसिंह प्रकरणलाइ आवरण बनाएर । लोकमानसिंह प्रकरण यस्तो भइसक्यो कि मिडियाले उनको पक्ष विपक्षमा भन्दा मिडिया एक आर्को विरुद्ध बिष बमन गर्दैछन । कान्तिपूरका मालिक कैलाश शिरोहिया र अन्नपूर्णका नयाँ मालिक रामेश्वर थापाको दुश्मनी पत्रिकामा छरपष्ट भएको छ ।
कान्तिपूर इतरका पत्रिकाले अन्नपूर्ण पोष्टजस्तै नाङ्गो आक्रमणमा नउत्रिएपनि कान्तिपूर बिरुद्ध खुच्चिङ गरेका छन । यसको एउटै कारण हो, नेपाली विज्ञापन बजारमा कान्तिपूरको एकाधिकार । लोकमान प्रकरणमा कान्तिपूरलाइ असफल बनाउन सकिए आफ्नो कद बढ्ने अन्य पत्रिकाको आकलन छ । साप्ताहिक पत्रिकापनि कान्तिपूर बिरुद्ध हात धोएर लागेका छन ।
कान्तिपूर बाहेक अरु पत्रिकाले लोकमानको विपक्षमा खुलेर लेखेका छैनन भने, अन्नपूर्ण बाहेकले खासै समर्थन गरेका छैनन । मंगलवारपनि कान्तिपूरले ब्रयानर न्युज, विशेष सम्पादकीय, लेख पाठक पत्र लगायत लोकमानको विपक्षमा १५ आइटम पस्किएको छ ।
अन्नपूर्ण पोष्टले पनि १३ वटा आइटम दिएको छ, लोकमान ठीक भनेर । अस्तिजस्तै आजपनि अन्नपूर्णले बेनामे समाचार टिप्पणी छापेको छ, कैलाश सिरोहिया र कनक दीक्षितलाइ समेत लाल्छना लगाएर । कान्तिपुर- अन्न्पूर्ण पोष्ट भीडेको हेररे रमिते बनेका नागरिक पत्रिकाका मालिक विनोदराज ज्ञवाली भने मख्ख छन । प्रचण्डको गुणगान गाउने नागरिक पत्रिकाले लोकमानको बिषयमा मौन बसेको छ ।
कान्तिपूर झुक्ला कि भिडला ?
बेला बखतमा लिने अडानका कारण कान्तिपूरले जनतामा छाप छाड्न सफल भएको हो । जनआन्दोलनको समयमा शाही मन्त्रीपरिषदका उपाध्यक्ष तुल्सी गिरिले कान्तिपूरलाइ आठौ दलको आरोप लगाउथे । सडकमा पनि प्रहरीले कान्तिपूरका पत्रकारलाइ छानि छानि कुट्थ्यो, त्यही कुरालाइ भजाएर कान्तिपूर आजसम्म टिकिराखेको छ ।
लोकमानसिंह प्रकरणमा पनि कान्तिपूर झुक्ने देखिदैन, मंगलवारको विशेष सम्पादकीयले त्यही कुराको संकेत गर्छ । कैलाश शियोहियाले आफ्ना कर्मचारीलाइ लोकमान बिरुद्ध जेहाद छेडन दवाव पूर्ण निर्देशन दिएका छन । संगै उनले कान्तिपूरको भविश्यमाथी आशंका नगर्न आग्रहगर्दै भनेका छन, चौतर्फी नाकाबन्दी भयो भनेपनि अरु दश बर्ष पत्रिका निकाल्ने छु, तपाइहरु ढुक्क हुनुस ।

Sunday, 5 May 2013

मलेशियामा सत्तारुटदलको फेरी विजय



मलेशियामा अब ६१ वर्ष सम्म एउटै पार्टीको शासन
मलेशियामा ५६ वर्ष देखि शासन गर्दै आएको सत्तारुट दल बीएनले २२२ सीटमा १३५ सीट ल्याएर फेरी अर्को ५ वर्षको लागि आफ्नो हातमा शासनसत्ता लिन सफल भएको छ । चौतर्फी रुपमा विपक्ष दलले जित्ने हल्ला फिजाए पनि त्यो हल्ला मात्र सावित भएको छ । चुनावमा जितेपछि सत्तारुटदलका नेता
नाजिव रजकले दुनियाँलाई आफूहरु सक्षम प्रजातन्त्रवादी भएको देखाएको दावी गरे । विपक्ष दल अनवार इब्राहिमले ८९ सीत मात्र जित्न सफल भए ।

बालक भए चितुवाको शिकार



काभ्रे/चितुवाको आक्रमणबाट काभ्रेमा एक वालकको ज्यान गएको छ । गत बैशाख १७ गत राती चितुवाले आक्रमण गर्दा मेथिनकोट ९ भेडाबारीमा २ वर्षिय बालकको ज्यान गएको हो । 
यस अघि झण्डै एक बर्ष अघि सोही स्थानमा एक बालकको पनि चितुवाकै आाक्रमणबाट ज्यान गएको थियो । सो दिन राती मेथिनकोट गाविस वडा नं. ९ भेडाबारीमा केशव प्रसाद भूर्तेलको छोरा मोहन भूर्तेललाई चितुवाले आक्रमण गरेका थियो । खाना  खाँदै गरेको अवस्थामा राति ८ बजेतिर चितुवाले आक्रमण गरी उनलाई जंगलतर्फ लगेको थियो । रातभर खोजी गर्दा  घरबाट २ सय मिटर पर उनको शव फेला परेको स्थानीयबासीले बताएका छन् ।

तय गरे माओवादीले चुनावी तीन रणनीति




२३ वैशाख, काठमाण्डौं । अन्तरिम चुनावी सरकार गठनपछि एकीकृत माओवादीले देश दौडाहालाई तीब्रता दिएको छ । असार पहिलो साता चुनावमा जोड दिएको एकीकृत माओवादीले त्यसलाई स्थापित गर्न सकेन । संविधानसभा स्वतः भंग भएयता एकल पहिचान पक्षधर र त्यसलाई अस्वीकार गर्ने दलहरुबीच राजनीतिक धु्रवीकरणले तीव्रता पायो ।
सरकार गठनमा एजेन्डा मिलेको औंल्याउँदै माओवादीले मधेशी दलसँग संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गर्यो ।
प्रतिपक्षिले बाबुराम भट्टराई नेतृत्व सरकारको राजीनामा माग गरे विभिन्न चरणमा आन्दोलन गरे । राजीनामा भएन । स्वयं सत्ता पक्षीय गठबन्धनले आमसभा गर्दै हिड्यो । हेटौंडा महाधिवेशनबाट प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा अन्रिम चुनावी सरकार गठन गर्ने प्रस्ताव राख्यो ।
यसरी सुरु भएको माओवादीको चुनावी खेलमा अहिले एमाओवादीले नेकपा-माओवादीबाट नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउने वा चुनावी कार्यगत एकता गर्ने, संघीय लोकतान्त्रि गणतान्तिक गठबन्धनको निरन्तरता र पहिचान पक्षमा खुलेका दल, गठबन्धन बाहिरका मधेसी शक्तिसँग मोर्चा गठन गर्ने लगायतका रणनीति बनाएको नागरिक दैनिकमा खबर छ ।

तुलसी गिरी र मरिचमान राजनीतिमा फर्कदै, ज्ञानेन्द्रको साथ कमल थापालाई


२२ वैशाख, काठमाण्डौं । राप्रपा नेपालमा समेटिन नसकेका पूर्वप्रधानमन्त्री तुलसी गिरी र मरिचमान सिंह छुट्टै पार्टी बनाएर राजनीतिमा सक्रिय हुन खोजेका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सहानुभूति र सहयोग भने कमल थापाको राप्रपा नेपालप्रति नै छ ।
गिरी र सिंहले राजनीतिमा सक्रिय हुन खोजेको सन्देश पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाइसकेका छन् । तर, छुट्टै पार्टी खोल्ने उनीहरुको तयारीप्रति पूर्वराजाको समर्थन नभएको स्रोतको भनाई छ । स्रोतका अनुसार गिरी र सिंहले छुट्टै पार्टी खोल्दा राप्रपा नेपालको प्रभाव कमजोर हुने ठहर पूर्वराजाको छ । उनले कम्तीमा आगामी चुनवासम्म राप्रपा नेपाललाई सहयोग गर्न उनीहरुलाई अनुरोध गरेको नयाँ पत्रिकामा खबर छ ।
सिंहलाई राप्रपा नेपाल भित्र्याउन एकपटक राप्रपा नेपालका अध्यक्ष थापाले वार्ता पनि गरेका थिए, तर थापाको नेतृत्व स्विकार्न सिंह तयार भएनन् ।
चुनावको तयारी सुरु भएपछि पूर्वप्रधानमन्त्री तथा शाहीकालीन सरकारका उपाध्यक्ष तुलसी गिरी करिब साढे दुई महिना अघि नेपाल फर्केका हुन् । गिरीले विचार मिल्ने साथिहरुसँग परामर्श र छलफल भइरहेको प्रतिक्रिया दिएका छन् ।
मरिचमान र तुल्सी गिरी

अफै पनि प्रहरीहरु घरेलु कामदारमा !


२३ वैशाख, काठमाण्डौं । नेपाल प्रहरीमा रहेका ६१ हजार १ सय ७१ दरबन्दीमध्ये एक हजारभन्दा बढी अझै घरेलु मजदुरका रुपमा रहेको उच्च प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका परिचर, जवान र हवल्दार सम्मको ठूलो संख्या राजनीतिका प्रभावशाली नेता र उच्च प्रहरी अधिकारीको घरमा घरेलु कामदारका रुपमा कामदार छन् ।
पूर्वगृहमन्त्री रहेका राजनीतिक दलका प्रभावशाली नेता, प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मले नियमविपरीत प्रहरीलाई घरमा राख्ने र काम लगाउने गर्दै आएका छन् । प्रहरी संगठनभित्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि चालक र सुरक्षा गार्ड पाउने व्यवस्था छ ।
प्रथम श्रेणीका एसएसपी र नायव महानिरीक्षक (डिआईजी), विशिष्ठ श्रेणीका अतिरिक्त महानिरीक्षक (एआईजिपी) र महानिरीक्षक (आईजिपी)ले आफ्नो इच्छा अनुसार सुरक्षाका नाममा तल्लो दर्जाका प्रहरीलाई घरेलु काम लगाउने गर्दै आएका छन् । ‘प्रथम श्रेणीका अधिकृतलाई एक जना चालक दिने व्यवस्था भए पनि अधिकांशले व्यक्तिगत सहायक (पिए), व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) राखेका छन्,’ प्रहरीका एक उच्च अधिकारीले भने हिमालय टाइम्समा खबर छ ।

सहज हुने भो विदेशिने श्रमिकहरुलाई विमानस्थालमा


२३ वैशाख, काठमाण्डौं । सरकारले बिदेसिने नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज प्रवेश दिन विभिन्न निकायको अधिकार र कर्तव्य छुट्टनिे गरी कार्यबिधी प्रणाली (एसओपी) ल्याउने तयारी गरेको छ । बिदेसिने युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने काम भएको भन्दै एसओपी ल्याउन लागिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार बिदेसिने कामदारको भिसा, टिकट र श्रमस्वीकृतिलगायत विभिन्न डकुमेन्ट जाँच गर्ने अधिकार छुट्टाछुट्टै निकायलाई तोक्ने गरी एसओपी निर्माणका लागि छलफल अघि बढाएको हो । वैदेशिक रोजगार विभागले पूर्व र अन्तिम श्रम स्वीकृति दिने, श्रम डेस्कले श्रम स्वीकृति दिए/नदिएको हेर्ने, अध्यागमन विभागले भिसा हेर्ने, एयरलायन्सले टिकट र प्रहरीले लगेज -अवैध सामान बोकेको छ/छैन) जाँच गर्ने अधिकार दिएको कारोबार दैनिकमा खबर छ ।
श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता वृद्धिबहादुर खड्काले वैदेशिक रोजगार विभाग, अध्यागम, एयरलायन्स, प्रहरीले जाँच गर्न पाउने डकुमेन्ट छुट्टयाउन एसओपी छिट्टै लागु गर्ने बताए ।

आईसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ नेपालले जित्यो



     

२३ वैशाख, काठमाण्डौं । नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो ।
अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।
यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।

यस्तै हो भने जनताले हामीलाई झुन्ड्याउँछन् : प्रचण्ड


पार्टीलाई भर्याङ बनाई सम्पत्ति नकमाउन आग्रह

२२ वैशाख, सर्लाही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता र जनताले अपेक्षा गरेको भन्दा विपरीत बाटोमा लागेर आफूहरु बिगि्रएको बताउनुभएको छ । अब पनि नसुधि्रने हो भने एमाओवादी नेताहरुलाई जनताले झुण्ड्याउने प्रचण्डको निश्कर्ष छ ।
सर्लाहीमा आइतबार दिउँसो आयोजित मधेस
ब्यूरोस्तरीय आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो-’कार्यकर्ताभन्दा हामी धेरै बिग्रियौं, जनताले अपक्षा गरेको भन्दा कहाँनेर बिगि्रयो, छुट्याउन गाह्रो छ ।’ विचार समूहका नाममा हामीले गुट बनायौं । अब पनि हामी रुपान्तरित नहुने हो भने जनताले हामीलाई झुन्ड्याउँछन् ।’
विगतमा सोभियत संघका कम्युनिष्ट नेता लेनिनले बोल्सेभिक पार्टीले राम्रो काम नगरे जनताले झुन्ड्याउने बताएको स्मरण गराउँदै प्रचण्डले कार्यकर्ताहरुसँग भन्नुभयो- ‘हाम्रो पनि त्यही हालत हुनेछ । कसैले अहिले पार्टीमा लागेर घर र केही सम्पत्ति जोड्यौं भन्ने ठानेको छ भने जनताले फ्याँकिदिन्छन् ।’ पार्टीलाई र देशलाई भर्याङ बनाएर सम्पत्ति नकमाउन अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई सचेत गराउनुभयो । ‘हेटौडा महासधिवेशनले रुपान्तरणको कार्यदिशा ल्याएको छ, अब रुपान्तरण भएनौं र सुधि्रएनौं भने हामी सिद्धिन्छौं, त्यसैले हामीले तत्काल सुधि्रन जरुरी छ ।’ उहाँले भन्नुभयो ।

तर्क गर्ने क्षमता पनि भएन
अध्यक्ष प्रचण्डले एमाओवादी नेता, कार्यकर्ताले तर्क गर्नसमेत नजानेको र मुढे बलका आधारमा बल मिच्याइँ गर्ने गरेको बताउनुभयो । ‘हामीसँग तर्क गर्ने क्षमता पनि भएन, १० वर्षसम्म मुठ्ठी बजार्यौं । हामी अहिले पनि तर्क गर्न सक्दैनौं ।’ प्रचण्डले भन्नुभयो ।

विप्लबले चुनाव नलडौं भनेको खुलासा
प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ०६४ सालको निर्वाचन बहिस्कार गर्न स्थायी समितिका नेत्रविक्रम चन्दले आग्रह गरेको खुलासासमेत गर्नुभयो । ‘अघिल्लो चुनावमा हामी कार्यदिशाविहीन थियौं । स्थायी समितिमा भएका नेत्रविक्रम चन्द विप्लवसहितका केही साथीहरुले चुनावमा जानु हुँदैन भन्दै थिए ।’ उहाँले भन्नुभयो- ‘त्यसबेला सै लागेका भए १ सय २० हैन, १४० सीट जित्थ्यौं, अहिले हामीसँग कार्यदिशा स्पष्ट छ, त्यसैले सक्रियतापूर्वक भाग दुई तिहाइ आउन सक्छ ।’शनिबार सर्लाहीको हरिवनमा आयोजित आमसभामा भाग लिएर सर्लाहीमै बसेका प्रचण्ड र बाबुराम लगायतका नेताहरु आइतबार साँझ प्रशिक्षण सकेर राजधानी र्फकने कार्यक्रम रहेको एमाओवादी नेताहरुले बताएका छन् ।

आजदेखि लोडसेडिङ २ घण्टा घट्यो


काठमाडौं, वैशाख २२–नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि लोडसेडिङ घटाएको छ । प्राधिकरणले दैनिक दुई घन्टा घटाएर आठ घन्टामात्र लोडसेडिङ हुने जनाएको छ ।
विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै आए पनि आजदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ । पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङदी र मस्र्याङदीलगायतका अन्य साना आयोजनाबाट उत्पादन बढेकोर र हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा सुधार आएको प्राधिकरणले जनाएको छ ।
यसअघि लोडसेडिङ दैनिक दश घण्टा हुँदै आएको थियो ।

चितवनमा बर्डफ्लुको सन्त्रास


एक महिनाभित्र ६० हजार कुखुरा र ३ लाख अण्डा नष्ट
चितवन, बैशाख २२— कुखुरा पालनको राजधानीको रुपमा चिनिएको चितवनमा अहिले बर्ड फ्लुको सन्त्रास छाएको छ ।
अर्वौको लगानी डुव्ने खतरा बढेपछि चितवनका कुखुरा व्यवसायीहरु चिन्तित भएका छन् । ६० हजार मजदुरहरुको रोजगारी धरापमा परेको छ । उपभोक्तामा त्रास छाएको छ ।
एक महिनाको अवधिमा बर्ड फ्लुका कारण चितवनमा ६० हजार भन्दा बढी कुखुरा मारिएका छन् । ३ लाखभन्दा बढी अण्डा नष्ट गरिएका छन् । त्यसैगरी, १५ टनभन्दा बढी दाना नष्ट गरिएको छ ।
पछिल्लो समय चैत महिनादेखि चितवनमा पटक–पटक वर्ड फ्लु देखिएपछि व्यवसायीहरु चिन्तित भएका हुन् । यस अवधिमा देखिएको वर्ड फ्लुका कारण चितवनमा मात्र ६ करोड रुपैया बराबरको क्षति भइसकेको उनीहरुले बताएका छन् । वर्ड फ्लुका कारण चितवनमा थप क्षति हुनसक्ने उनीहरुको आँकलन छ ।
बर्ड फ्लु लागेको प्रमाणित भएपछि गत सोमबार भरतपुर—९ मा रहेको चित्रराज श्रेष्ठको खोरमा रहेका २ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको थियो । त्यसैगरी, मंगलपुर–५ का रामबाबु थपलियाको खोरमा रहेका ३ हजार कुखुरा नष्ट गरेकोे जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिए
वैशाख ६ गते भरतपुरमा रहेको लक्ष्मी राणाको खोरमा वर्ड फ्लु भेटिएपछि कुखुरा मारिएको थियो । सोही दिन मंगलपुर गाविसको राजेन्द्र हमालको खोरमा पनि वर्ड फ्लु भेटिएको थियो । दुवै खोरमा गरी एकै दिन ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
तग वर्ष चैत २१ गते चितवनको शरदपुरमा रहेको प्रताप थापाको खोरमा ४ हजार कुखुरा नष्ट गरिएको थियो ।


नेपालमा कुखुरा व्यवसायमा करिव ६० अर्ब रुपैया लागनी भएको बताइन्छ । जसमध्ये ६० प्रतिशत लागनी चितवनमै छ । जिल्लामा व्रोईलर कुखुराका फार्म एक हजार र लेयर्स कुखुराका फार्म पाँच सय भन्दा बढी रहेको पोल्टी व्यवसायी मञ्च चितवनको तथ्यांक छ । व्रोइलरका ह्याचरी ४५ वटा, लेयर्स ह्याचरी १० वटा चितवनमै रहेको छ ।

वर्ड फ्लुका कारण समस्यमा परेका कुखुरा व्यवसायीहरुलाई सरकारले दिने गरेको राहत व्यवहारिक नभएको व्यवसायीहरुले बताएका छन् । सरकारले उपलव्ध गराउने भनिएको राहतको प्रकृया र शुल्क व्यवसायीलाई राहत भन्दा पनि आहत हुने खालको भएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठको भनाइ छ ।
नेपालमा सर्व प्रथम सन् २००९ को जनवरीमा झापामा वर्ड फ्लु देखा परेको थियो । त्यसको एक वर्षपछि सन् २०१० को फेब्रुअरी १६ र अक्टोवर २८ मा चितवनमा बर्ड फ्लु देखा परेको थियो । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चारकेन्द्रले ०६८ सालमा निकालेको वर्ड फ्लु सम्बन्धी जानकारी पुस्तिकामा उल्लेख भएअनुसार चितवनमा पहिलो पटक बर्ड फ्लु देखा पर्दा दुई सय २४ र दोस्रो पटक देखा पर्दा ११ हजार पाँच सय तीन कुखुरा नष्ट गरिएको थियो ।
अहिले संक्रमित खोरका कुखुरा र त्यससँग सम्बन्धित उत्पादन र सामाग्री नष्ट गर्ने र तीन किलोमिटर क्षेत्रभित्र सघनमा निगरानी राख्ने गरिएको भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग निदान तथा प्रयोगशालका प्रमुख डा.बोधनाथ अधिकारीले जानकारी दिए ।

वर्डफ्लु सम्वेदनशील र असामान्य रोग भएका कारण सवै पक्ष सचेत हुनु पर्ने उल्लेख गर्दै डा अधिकारीले भने “कुखुरा पाल्दा पूरा गर्नु पर्ने प्रकृया र सुरक्षामा व्यवसायी सँगै उपभोग गर्ने उपभोक्ता पनि सचेत हुनुपर्छ ।”

महिलाहरुको छुट्टै पार्टी खुल्दै !


काठमाडौं, वैशाख २२–राजनीतिक दलहरुले आफुहरुलाई उचित स्थान नदिएको भन्दै महिलाहरुले छुट्टै दल खोल्ने तयारी गरिरहेका छन ।
आगामी संविधानसभामा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनने उद्देश्यले महिला दल खोल्ने तयारी गरिएको अधिकारकर्मी रेणुराज भण्डारीले जानकारी दिइन् । महिला दल खोल्ने तयारी भएपनि अन्तिम निर्णय भने भइनसकेको उनको भनाई छ ।
लोकतन्त्रमा राजनीतिक दलहरुले नै शासन गर्नुपर्छ भन्ने मान्यतामा आफुहरु दृढ रहेको भएपनि आगामी संविधानसभामा प्रतिनिधित्व घटाउन लागिएकाले महिला दल गठनको तयारीमा लाग्नुपरेको भण्डारीले बताइन् ।
नयाँ खोल्ने महिला दल संविधानसभाको चुनावपछि स्वतः निश्क्रिय हुने बताइएको छ । नयाँ दलले कम्तीमा ५० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी छ । राजनीतिक दलहरुको कोटा वा महिला उम्मेदवारले भाग लिएको क्षेत्रमा महिला दलको उम्मेदवारी हुनेछैन ।

Saturday, 4 May 2013

अस्पताल बन्द गराउन आरजु सफल

काठमाडौं। गरिब जनताका लागि सुलभ स्वास्थ्य सेवा दिनका लागि पाँच वर्षअगाडि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) द्वारा स्थापित डडेल्धुराको टिम अस्पताल बन्द गर्न शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा सफल भएका छन्।
यिनीहरूकै तीव्र दबाबका कारण अस्पताल सञ्चालनका लागि एचडीसीएसको नवीकरण हुन त दिएनन् नै, अस्पताल फर्किंदा छापामार शैलीमा अपमान गर्ने समेत उनीहरूले प्रयास गरेको कर्मचारीले बताएका छन्। पछिल्लो समयमा अस्पतालले म्याद सकिन लागेको औषधि वितरकलाई फर्काउनका लागि राजधानी ल्याउँदै गर्दा धनगढीमा रोकिदिइएको छ। अस्पतालको सामान लैजान थालिएको आरोप लगाउँदै आरजुको निर्देशनमा एक ट्रक म्याद सकिन तीन महिना बाँकी रहेको औषधि राजधानी ल्याउनमा अवरोध गरिएको हो। थापाथलीको मेडिकल सप्लाई म्यानेजमेन्ट ट्रस्ट नेपाल र त्रिपुरेश्वरको विकास सर्जिकल कन्सर्नबाट खरिद गरिएको औषधिलाई रोकिएको हो।
स्मरण रहोस्, म्याद सकिनु तीन महिनाअगावै ती औषधि वितरक कम्पनीलाई नबुझाइए त्यसको सम्पूर्ण घाटा
अस्पतालले व्यहोर्नुपर्छ। तर, आफ्नो रुडुक नामक संस्थामार्फत अस्पतालको सम्पत्ति आफ्नो बनाउन सक्रिय आरजुले त्यो कुरा बुझेर पनि अवरोध गराएकी छन्।
आफू राजधानीमा बसेर त्यहाँका सोझा–साझा जनताको अधिकार खोस्न उद्यत आरजुको चाला देखेपछि अस्पतालको म्याद थप्न दिनप्रतिदिन डडेल्धुरावासीले आन्दोलन गर्दै आएका छन्। सुदूरपश्चिममा एउटा पनि क्षेत्रीय अस्पताल नभएको बेला टिम अस्पताल बाहिरिँदा गरिब तथा निमुखा जनताले सास्ती व्यहोर्नुपरेको छ। ‘देउवा पनि प्रधानमन्त्री भएकै थिए, तर खोइ अस्पतालका लागि केही काम गरेनन्, आफू पनि नगर्ने अरूले गर्दा पनि राजनीति गर्ने कस्तो कांग्रेसी चाला हो’– एक बिरामी ज्ञानबहादुर जोशीले बुधबारसित भने।
अहिले केही गल्ती नभेटेपछि मान्छेमारा अस्पताल भन्दै आरजुले केही मानिसलाई तलब दिएर उचालेकी छन्। यस्तै, आपराधिक गतिविधिका कारण डडेल्धुरामा देउवाको हैसियत खुम्चिँदै गएको छ। औषधि नै ल्याउन नदिएपछि चौरजहारी अस्पताल रुकुमबाट फिर्ता गर्ने गरी सापटी ल्याएको सी आर्म र ड्रिल नामक उपकरण फिर्ता गर्न पनि एचडीसीएसलाई अप्ठ्यारो भएको छ। त्यसका लागि कार्यकारी निर्देशक डा. तीर्थ थापाले स्वास्थ्य मन्त्रालयसँग गुहार मागिरहेका छन्।

निर्वाचन मिति घोषणाको तयारी हुँदै गर्दा कठोर प्रतिरोधकोयोजना बुन्दै माओवादी

सरकारले आगामी मङ्सिरमा गर्नेगरी चुनावको मिति घोषणा गर्ने अन्तिम गृहकार्य गरिरहेका बेला विपक्षी भूमिकामा रहेको नेकपा–माओवादी भने प्रतिरोधी सङ्घर्षको तयारीमा जुटेको छ। निर्वाचनका लागि सर्वपक्षीय सरकार गठन हुनुपर्ने र संविधानसभा निर्वाचन गर्ने भए त्यसका एजेण्डाहरू पनि पहिले नै तय हुनुपर्नेजस्ता सर्तहरू माओवादीले राख्दै आएको छ। माओवादीले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकारले गराउने निर्वाचनमा कुनै हालतमा सहभागी नहुने बरु त्यसलाई जसरी भए पनि बिथोल्ने अठोट गरेको छ। माओवादीलाई विश्वासमा लिन सरकार तथा प्रमुख राजनीतिक दलहरूबाट अहिलेसम्म भएका प्रयास सफल हुन सकेका छैनन् र सफल हुने सम्भावना पनि टाढिएको छ। माओवादीलाई विश्वासमा लिन नसकेमा उनीहरूलाई नियन्त्रणमा लिएर भए पनि निर्वाचन सम्पन्न गरिछाड्ने आन्तरिक योजनामा सरकारी पक्ष रहेको छ। आवश्यक परे माओवादीविरुद्ध सेनासमेत परिचालन गर्ने सोच उच्च राजनीतिक तहमा बनेको बुझिन्छ। सरकार यसरी निर्वाचन गरिछाड्ने गृहकार्यमा जुटेको बुझेपछि माओवादीले पनि सरकारी योजनालाई हरहालतमा असफल पारिछाड्ने योजना बनाएको छ। माओवादीनिकट एक सूत्रले जनाएअनुसार सरकार र निर्वाचनका विरुद्ध शान्तिपूर्ण एवम् वैधानिक आन्दोलन गर्ने सोच माओवादीको छ, तर सरकार दमनमा उत्रिएमा त्यसको कठोर प्रतिरोध गर्ने तयारीमा उनीहरू रहेका छन्। सरकारले दमनको नीति अख्तियार गरेमा माओवादी पार्टीले सशक्त प्रतिरोध गर्ने र आवश्यक गरे भूमिगत भएर पनि सङ्घर्ष गर्ने योजना बनाएको छ। सुरुमा नेपाल बन्दलगायत विरोध प्रदर्शनका कार्यक्रम आयोजना गरी निर्वाचन प्रयासमा अड्चन पैदा गर्ने, त्यसो गर्दा राज्यले बल प्रयोग गरेमा आफूहरूले पनि बल प्रयोग गर्ने माओवादी सूत्रहरूले जनाएका छन्। त्यस्तो अवस्थामा वैधानिक आन्दोलनको सीमा तोडिने पनि उनीहरूले बताएका छन्। ‘हामी ७५ वटै जिल्ला कैयन दिनसम्म ठप्प तुल्याउन सक्छौँ, हाम्रो दबाबको उपेक्षा गरी दमनमा उत्रिए सशक्त प्रतिरोध गरिन्छ,’ नाम नबताउने सर्तमा माओवादीका एक नेताले घटना र विचारलाई बताए। उनको भनाइ थियो, ‘हामीले जनयुद्धको जगमा जनविद्रोह गर्ने नीति लिएका छौँ, त्यसनिम्ति आवश्यक परेमा पार्टीलाई भूमिगत लैजाने तयारीसमेत भइसकेको छ, अब देशलाई द्वन्द्वमा लैजाने कि नलैजाने भन्ने सरकार र चारदलीय संयन्त्रको हातमा रहेको छ।’
सङ्घर्षका लागि सबभन्दा पहिले सबै देशभक्त एवम् राष्ट्रवादी शक्तिलाई मोर्चाबद्ध गर्ने माओवादीको तयारी छ। राष्ट्रवादी जो–कसैले पनि मोर्चामा आबद्ध हुनसक्ने नीति उनीहरूले लिएका छन्। खिलराज सरकार र चारदलीय सिन्डिकेट तोड्न आमदेशभक्त नेपालीलाई आह्वान गरी वैधानिक सङ्घर्षमा जुट्ने माओवादीको कार्ययोजना छ। दमन नभएसम्म वैधानिक सङ्घर्ष नै अघि बढाइरहने पनि उनीहरूले जनाएका छन्। उनीहरूले निर्वाचन कर्मचारी, उम्मेदवार र प्रचारकहरूलाई निरुत्साहित गर्ने सोच पनि बनाएका छन्। माओवादीको मागबमोजिम तत्काल सरकार बदलिने या निर्वाचनको तयारीबाट सरकार पछि हट्ने दुवै सम्भावना देखिएको छैन। यसरी सरकार पछि नहट्ने र माओवादीले पनि आफ्नो निर्णयमा पुनर्विचार नगर्ने हो भने देशमा शान्तिपूर्ण निर्वाचन हुन असम्भव छ। त्यसैले निर्वाचन प्रयोजनका लागि गठित वर्तमान सरकार अब माओवादीसँग जुध्ने तयारीमा लाग्ने कि निर्वाचनमा जुट्ने भन्ने प्रश्न खडा हुन पुगेको छ।
माओवादीले वर्तमान सरकार र यसले गराउने निर्वाचनलाई आफ्नो जीवनमरणको सवाल बनाएकाले उनीहरू ज्यादा आक्रामक ढङ्गले अगाडि आउनसक्ने सम्भावना छ। त्यसरी आक्रामक भएमा सरकारले पनि परिस्थितिलाई काबुमा लिनका निम्ति सम्पूर्ण प्रयास गर्नु स्वाभाविक हुनसक्छ। त्यस्तो अवस्थामा माओवादीलाई तह लगाएर मात्र निर्वाचनमा जाने योजना सरकारले बनायो भने कुनै आश्चर्य हुनेछैन। वर्तमान सरकारले माओवादीलाई काबुमा लिने सामर्थ्य देखाएन भने राष्ट्रपति या अन्य कुनै ‘बहादुर’को नेतृत्वमा
नयाँ सरकार गठन भई माओवादीविरुद्ध कठोर रूपमा प्रस्तुत हुने सम्भावनालाई इन्कार गर्न सकिन्न। अहिले नेकपा माओवादीलाई सबैले ‘अन्डरमाइन्ड’ गरेको अवस्था छ। यदि अहिले सोचिएजस्तै माओवादी दुर्बल छन् भने त परिस्थिति चाँडै सम्हालिएला र मङ्सिरको सट्टा आउँदो चैत–वैशाखमा भए पनि निर्वाचन हुनसक्ला, त्यसो भएन र देशमा द्वन्द्व चर्चिएर गयो भने निर्धारित मितिमा निर्वाचन नहुने मात्र नभई मुलुक पुनः रक्तपातपूर्ण युद्धभूमिमा रूपान्तरित हुने निश्चित छ। तत्पश्चात् प्रचण्डहरूले सुरु गरेको हिंसात्मक सङ्घर्ष अन्त्य गर्दै शान्ति स्थापनाका लागि राज्यले अहिलेसम्म गरेको प्रयास पूर्णतः असफल भएको अर्थ लाग्नेछ। त्यतिबेला प्रचण्डहरूमाथि पनि प्रश्न उठ्नेछ– ‘यदि आफ्नो काबुमा थिएन भने नेपाली मार्ने–मर्ने कथित जनयुद्ध किन सुरु गर्यौ् र शान्तिप्रक्रियामा आएको नाटक किन रच्यौ?’

चुनाव रोक्न काँग्रेस र एमालेको हारगुहार

काठमाडौं । देशलाई अग्रगामी संविधान दिन र अग्रगामी एजेन्डा सहित नयाँ नेपाल निर्माण लाग्न माओवादीले एउटा कम्युनिष्ट केन्द्रको प्रस्ताव अगाडि बढाउँदै गर्दा दक्षिणपन्थी तप्काको सेवा गरेर बस्ने बानी परेका काँग्रेस–एमालेलका नेताहरुमा औडाह पैदा भएको छ । उनीहरु राजनीतिक हिसाबले यसरी छटपटाएका छन कि पानी विनाको माछा जस्तै बनेका छन् । नेताहरुले मानसिक सन्तुलन गुमाउन थालेका छन् र जथाभावी बोल्न थालेका छन् । यसले पनि पुष्टी गर्छ– काँग्रेस–एमालेका नेताहरुको बर्बराहट कुन स्तरको छ ।
उनीहरु अहिले विशुद्ध माओवादी विरोधी अभियानमा लागेका छन् । यसका पछाडि केही राजनीतिक, केही मानसिक र केही प्राविधिक कारणले काम गरेको छ । जस्तो कि प्रचण्ड चीन र भारत भ्रमण गएपछि काँग्रेस–एमालेका नेताहरु रन्थनिएका थिए । प्रचण्डलाई बोलाएकोमा चीन र भारतसँग क्रुद्ध छन् उनीहरु । प्रचण्डको भ्रमण सफल बनाएको र उनले भारत तथा चीनको विश्वास जितेर नेपाली राजनीतिमा नयाँ उचाइ बनाएको काँग्रेस एमालेका नेताहरुलाई असैह्य भएको छ । असहैय पीडा पोख्दै हिँडने काग्रेस–एमालेलाई ठूलो भय के छ भने– आगामी चुनावमा उनीहरुको विगतको भन्दा खराव नतिजा आउँदैछ । त्यसैले त उनीहरुमा चरम छटपटी आएको हो ।
अर्कोतिर माओवादीका देशव्यापी सभामा उपस्थित जनसागरले काँग्रेस–एमालेका नेताहरुको निद हराएको छ । आफूहरुका सभामा दुई÷चार हजार मानिस मात्र सहभागी हुने तर माओवादी सभामा ५० औं हजार जनता सहभागी हुने गरेपछि काँग्रेस–एमालेका नेताहरुलाई भित्रभित्र लागेको छ–अबको चुनावको परिणाम पनि माओवादीकै हातमा जाने भयो । यही भएर उनीहरु बर्बराउन थालेका हुन् भन्ने बुभ्mन अब कुनै गणितको सूत्र लगाउन आबश्यक छैन । माओवादीले चुनावी जनगागरण अन्तर्गत बाग्लुङ, बर्दिया, धार्के, इटहरीमा सभा गरिसकेको छ भने राजधानीमा मे दिवसका दिन आयोजना गरिएको कार्यक्रम पनि भव्य नै थियो । योबाट पनि काग्रेस–एमालेका नेताहरु भयभीत भए र सोचे कि–राजधानीमा पनि फेरि आफूहरु शुन्य हुने भइयो ।
अर्कोतिर एमाले नेता÷कार्यकर्ता धमाधम माओवादीमा प्रवेश गरेका छन् । अशोक राईको नेतृत्वमा एमालेको एउटा ठूलो समूह अलग भएर संघीय समाजवादी पार्टी गठन गरेको छ । रामचन्द्र झा, लक्की शेर्पा जस्ता नेताहरु एकीकृत माओवादी प्रवेश गरिसकेका छन् । यसरी आफ्नो पार्टीमा पहिरो आएपछि चुनाव जानु रातोवत्ती बलेको बेला सडक काटनु जस्तै हो भन्ने एमाले नेताहरुले राम्रैसँग बुझेका छन् । यो पीडा र आक्रोश छ एमाले नेताहरुमा । त्यसैले त उनीहरु अहिले माअ‍ोवादीसँग दुश्मनीपूर्ण व्यवहारको कुरा गरिरहेका छन् । दक्षिपन्थी शक्तिलाई सघाउने योजना बुन्दैछन् । मधेशमा एमाले ढाड भाँचिएको रामचन्द्रले बताएका छन् । पूर्वमा एमालेका दाहिने हात नै छुट्टिएको छ । यस्तो अपाङग भएको अबस्थामा चुनाव लड्नु आत्मघाती हुने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन । यसै कारण उनीहरु अहिले माओवादीलाई अनेकौ लान्छना लगाएर आफूहरु राम्रो भएको पुष्टि गर्न खोज्दैछन्, तर जनताले उनीहरुको असली अनुहार राम्ररी नै पढेका छन् । पूर्वमा बम देवान जस्ता पुराना कम्युनिष्ट नेताहरु माओवादीमा प्रवेश गरिसकेका छन् ।
काँग्रेस–एमाले माओवादी जनमतलाई आइसोलेट गर्न चाहन्छन् । त्यसैले उनीहरुले चुनावी वातवरण रोक्न खोजेका छन् । निर्वाचन ऐन पास गर्न मानेका छैनन् । विभिन्न वहानमा यसलाई अड्काइरहेका छन् । आफूले सरकारमा पठाएका पात्रहरुलाई चुनावी माहौल नबनाउन निर्देशन दिएका छन् । यो भय अरु केही भएर होइन, चुनावमा आफ्नो अस्तित्व खतरामा पर्ने देखेर हो ।
प्रचण्डले भ्रमणबाट छिमेकीको र देशमा सुरक्षासंयन्त्र, कर्मचारीतन्त्रको मन जितेपछि एमाले–काँग्रेसलाई बेचैन नै भएको छ । त्यही भएर झलनाथ खनाल, केपी ओली जस्ता एमाले नेताहरुले राष्ट्रपतिकहाँ गएर देश माओवादीको पकडमा गयो चुनावी अध्यादेश रोक्नुप¥यो भन्दै हारगुहार गरेका छन् । राष्ट्रपतिको मोहरा ओडेका तर काँग्रेसका खाटी नेता रामबरण यादव त पहिलादेखि नै माओवादी विरोधी हर्कतमा समावेश बन्दै आएको जगजाहेर नै छ । त्यसै भएर त पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अगाडि खुलासा गरेका थिए–राष्ट्रपतिले चार पटक ‘कु’ को प्रयास गरेका थिए तर सरकारको सचेतनाका कारण असफल बनाइदियौँ ।
आफ्नो अस्तित्व संकटमा परेपछि एमालेका नेताहरुले सन्तुलन गुमाएर बोल्न थालेका छन् । उनीहरुले भन्ने गरेका छन्–माअ‍ोवादीलाई जिताए देशमा संविधान बन्दैन । अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओलीले मई दिवसका दिनै एउटै स्वरमा भाषण गरेर–माअ‍ोवादीलाई भोट नदिन भने । विगतको संविधानसभामा पनि उनीहरुले यस्तै हारगुहार गरेका थिए । तर, नक्कली कम्युनिष्ट र तेस्रो लिङ्गीको पहिचान बनाएको एमालेलाई जनताले ठिक हैसियतमा राखिदिए । संविधानसभा विघटनमा सभामुख सुवा नेम्वाङको ठूलो भूमिका थियो भन्ने कुरा पनि घाम जत्तिकै छर्लङ छ । क्रिश्चियन गतिविधिमा लागेका र संविधानसभा विघटन गराउन भूमिका खेलेका नेम्वाङकै कारण पनि एमालेलाई परायजको भय छ । बाबुरामले मे दिवका दिन इटहरीमा आयोजना गरेको कार्यक्रममा भनेका थिए–संविधानसभाको अध्यक्ष नै परिवर्तन विरोधी भएका कारण संविधानसभा बचाउन सकिएन ।
विगतको संविधानसभामा तालमेलको कुरा गर्दा एमालले १५ सिट रहेको उपत्याकाको १६ औ सिटमा मात्र तालमेल हुने घमन्ड प्रर्दशन ग¥यो । चुनावमा एउटा सिट पनि जितेन एमालले । अहिले माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामले अग्रगामी संविधानका लागि कम्युनिष्टहरुको तालमेल र केन्द्र निर्माणको कुरा गर्दा एमाले नेताहरु फेरि पनि दक्षिणपन्थीहरुकै सेवामा हाजिर हुन आतुर देखिएका छन् । यसरी परिवर्तनका पक्षधरहरु एक ठाउँ हौँ र जनतालाई प्रगतिशील संविधान दिउँ भन्दा भाग्ने एमालेको आगामी चुनावमा के हाल होला ? सहजै अनुमान गर्न सकिन्छ–विगतको भन्दा बुराहाल हुन्छ । एमालेले त काग्रेससँग तालमेलको कुरा गरिरहेको छ । एमालेले कांग्रेससित चुनावी तालमेलको तमसुकमा हस्ताक्षर गर्नु एउटा दलका रुपमा उसले आफ्नै मुत्युपत्रमा हस्ताक्षर गर्नु सरह मानिएको छ । कतिपय विश्लेषकले अंकगणितीय हिसाब गरेर कांग्रेस–एमाले सहकार्य भए एमाओवादीले एक दर्जनमात्र सिट ल्याउने टिप्पणी पनि गरेका छन् । तर, यहा“निर बुझ्नुपर्ने के छ भने राजनीति अंकगणितीय जोडघटाउ होइन । यो त ज्यामितीय खेल हो । एमालेको यस्तै कुबुद्धिकै अनुमान गरेर होला प्रचण्डले देशमा एमाले भन्ने पार्टी नै छैन भनेको । सवै गतिविधि हेर्दा प्रचण्डको भनाइ पुिष्ट नै भएको मान्नुपर्छ ।

कक्षाकोठामै विद्यार्थीमाथि यौन दुर्व्यवहार

बाँके, वैशाख २१- बाँके जिल्लाको महादेवपुरी गाविसका किशोरीहरु शिक्षकहरुबाट कक्षाकोठामै यौन दुव्र्यहार सहन बाध्य भएका छन् । शिक्षकले दिएको गृहकार्य नगरेको वा सोधेको पैश्नको उत्तरदिन नसकेको निहुँमा उनीहरुमाथि शिक्षकले यौन दुव्र्यहार गर्ने गरेका हुन् ।
शिक्षकबाट पीडित महादेवपुरी गाविस-५ ढकेरीकी कक्षा-८ की १७ वर्षीया एक छात्राले शिक्षा हाँसिल गर्न विद्यालय पुगेका कक्षा ६ देखि १० सम्मका किशोरी विद्यार्थीहरु सबैभन्दा बढी यौन दुव्र्यहारमा पर्ने गरेका छन् । शिक्षकले माया गरेको जस्तो गरेर शरीर सुम्सुम्याउने , अश्लील शब्दहरु प्रयोग गर्ने, भित्री कपडाहरु तान्न खोज्ने प्रवृतिले कतिपय बीचमै पढाइ छाड्ने गरेको पिडीत छात्राहरुले बताएका छतन् । आफूलाई शिक्षा दिने शिक्षकबाट नै किशोरी छात्राहरु यसरीयौन दुव्र्यहारको सिकार हुने र महिनावारीको समयमा पनि पढाइ नै छाड्नुपर्ने अवस्था आउदा उनीहरु चिन्तित बनेका छन् । महिनावारी हुदाँको समयमा विद्यालयमा आफुहरुले अनेकौं समस्या र असहज स्थिति भोग्न बाध्य हुने गरेको किशोरी विद्यार्थीहरु बताउँछन् । किशोरीहरुको क्षेत्रमा काम गर्दै आएको सिविनले पनि एक सर्वेक्षण गरेर किशोरीहरु शिक्षकबाटै दुव्र्यहारको सिकार भएको तथ्याङक् सार्वजानिक गरेको छ । संस्थाका रमा अर्यालका अनुसार यौन शिक्षाको अभावमा कतिपय किशोरीलाई आफूमाथि हुने गरेको व्यवहार यौन दुव्र्यहार हो भन्ने नै ज्ञान नरहेको पनि पाइएको छ ।

सुशिललाई सुजाताले देखाइदिने

काठमाडौं । सांगठानिक पद्धतिको मेलोमेसो नै नपाएको काँग्रेस चुनावको तयारी सँगसँगै अनेक थरी लफाडामा पर्ने गरेको छ । पछिल्लो किचलो भने संसदीय बोर्डलाई पूर्णता दिने विषयमा मच्चिएको हो ।
विधानअनुसार काँग्रेसको संसदीय बोर्ड ११ सदस्यीय हुन्छ । जसमा हालका पदाधिकारीहरु पाँच जना अहिले नै छन् । बाँकी रहेका ६ सिटमा को–को जाने भन्ने हानथापले नै काँग्रेसलाई तताएको हो ।
बाहिर जोडिए पनि भित्री रुपमा भने समानान्तर पार्टी अहिलेसम्म पनि चलाइरहेका शेरबहादुर देउवाले छवटामध्ये चारवटा सिट आफ्नो मान्छेका लागि छुट्याउनुपर्ने माग सुशील कोइरालासँग राखेका छन् । स्रोतका अनुसार देउवालाई दुईवटा ठाउँ दिने सोचमा रहेका सुशील कोइराला अरु चार सिटमा कसलाई ल्याउने भन्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् । बिचरा शुसील ! सकून् पनि कसरी ? जम्मा ठाउँ छ, ६ वटा । दाबी गर्ने छन् दु
ई दर्जन ।
धेरै आकांक्षी भएर परेको अप्ठेरो त छँदै छ । त्यसमाथि विभिन्न क्षेत्रबाट आएका धम्कीहरुको त कुरै छाडौं । गिरिजापुत्री सुजाता कोइरालाले महाराजगञ्जसम्म नै पुगेर सुशीललाई थर्काइन्, ‘सशांक र शेखरलाई कुनै हालतमा लाने होइन, बुझ्नु भो नि ! मलाई ठाउँ नदिए म तपाईंलाई देखाइदिन्छु ।’ अविवाहित पुरुष, त्यसमाथि बयोवृद्ध । यो उमेरका आफ्नै सानो बुबालाई सुजाताले के देखाइदिन्छु भनेको हो त्यो उनी आफैं जानून् । तर, उनको यो कुरा सुनेपछि उनी निकट काँग्रेसीहरु नै सुजातासँग रुस्ट भएका छन् ।
अर्का बयोवृद्ध नेता कुलबहादुर गुरुङले आफ्नो गुट (उनी आफैं)लाई एक सिट हुनैपर्ने माग दाबी गरेका छन् भने सुजाताले झैं जेलभित्र बसेका खुमबहादुरले पनि आफ्ना लागि सिट नछुट्याए देखाइदिने नै धम्की दिएका छन् ।
यस अलावा अर्जुन नरसिंह केसी, रामशरण महतलगायतका धेरै काँग्रेसी नेताहरु संसदीय बोर्डको सदस्य बन्ने होडबाजीमा दिलोज्यानले लागिपरेको बताइन्छ ।

नयाँ पत्रिकाकर्मी गोले सम्मानित

काभ्रे/नयाँ पत्रिकाकर्मी राजकुमार गोले शनिवार सम्मानित भएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) काभ्रेले गोलेलाई तेस्रो जिल्ला अधिवेशनको अवसर पारेर नगद रु. २ हजार १ रुपैया सहित सम्मान गरिएको हो ।
 
आदिवासी जनजातिको सवाल र मुद्धामा निरन्तर रुपमा पत्रकारिताको माध्यमबाट कलम चलाई काभ्रेली आदिवासी जनजाति समुदायमा योगदान पु¥याएको भन्दै गोलेलाई सम्मान गरिएको अनिज काभ्रेले जनाएको छ । सोही संघका केन्द्रिय अध्यक्ष मोहन सिं तामाङ र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेशराज पौडेलले पत्रकार गोलेलाई सम्मान गरिएका थिए ।

मधेसमा मेरो लभ परेको छ : प्रचण्ड सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह

२१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेसी जनतासँग आफ्नो लभ परेको बताउनुभएको छ । ‘मधेस आउँदा जाँदा तपाईहरुसँग मेरो गहिलो लभ परेको छ । त्यही भएर मैले मधेसबाट चुनाव लड्ने घोषणा गरेको हुँ’ सर्लाहीको हरिवनमा शनिबार आयोजित आमसभामा प्रचण्डले भन्नुभयो-’अब तपाईहरुले लभ गर्नुहुन्छ गर्नुहुन्न, अबको चुनावमा हेर्छु ।’
अन्तरिम संविधान निर्माणका क्रममा एमाओवादीको केही कमजोरी भएको र त्यसलाई केही दलाल पार्टीहरुले माओवादी संघीयता विरोध भनेर क्यास गरेको भन्दै उहाँले अबको चुनावमा त्यसको ब्याजसहित असुल गर्ने बताउनुभयो । ‘हामी मधेसी, जलित जनजाति, माओवादी मोर्चाबन्दी गरेर चुनाव लड्छौं’ उहाँले भन्नुभयो-’अबको चुनावमा दुईतिहाई ल्याउँछौं र अघिल्लो पटकको व्याजसहित असुल गछौं ।’
प्रचण्डले आफू मधेसबाट चुनाव लड्नु भनेको मधेसका मुद्दालाई कहिल्यै नछोड्ने बताउनुभयो । विगतका राजा र शासकले राष्ट्रघात गरेको भन्दै उहाँले भारत र चीनबाट सहयोग लिएर देशको विकास गर्नु नै राष्ट्रवाद भएको बताउनुभयो । अधिकांश समय मधेसी जनताको प्रशंसामा खर्चिएका प्रचण्डले आफूले जनयुद्ध थाल्नु अघि बम बनाउन पनि मधेसबाट सिकेको बताउनुभयो ।
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले मधेसमा माओवादीको पक्षमा देखिएको जनलहर टेलर मात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो-मधेसमा एमाओवादीको पक्षमा देखिएको उभार त टेलर मात्र हो । यो बढ्दो छ । बास्तविक फिल्म त कात्तिक/मंसिरमा हुने चुनावमा देखिन्छ ।’ कांग्रेस-एमालेले माओवादीले सम्पत्ति कमाएको भनेर गलत प्रचार गरेको भन्दै उहाँले भन्नुभयो -यदि साँचै त्यसो हो भने तिमीहरुको घर हामीलाई देऊ, माओवादी नेताहहरुको घर लैजाऊ । सक्छौ ?’ कांग्रेस र एमालेले आफ्नो अस्तीत्व जोगाउन नसकेपछि गठवन्धन गर्न खोजेको भन्दै उहाँले उनीहरुले ०४७ सालको भन्दा राम्रो संविधान बनाउन नसब्ने बताउनुभयो ।
मधेसवादी दलहरुसँग संघीयतामा कुरा मिले पनि पहिचान र अधिकार दिन किन डराएको भनी प्रश्न गर्नुभयो । अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कथित पहाडिया अहंकारवादी शासकहरुले राष्ट्रघात गरेको तर मधेसी जनताले कहिलै राष्ट्रघात  नगरेको बताउनुभयो । मधेसमा दलालहरु रहेको भन्दै उहाँले अबको चुनावमा उनीहरुलाई मत नदिने अपील गर्नुभयो । कार्यक्रममा एमाले छाडेर एमाओवादी प्रवेश गरेका रामचन्द्र झा, लक्की शेर्पा लगायतले सम्बोधन गर्नुभएको थियो ।
एमाले पाँच बाहुनको पार्टीः ढुंगाना
कार्यक्रममा एमालेका सचिव समेत रहेका केशव ढुंगानासहितका नेता कार्यकर्ता प्रचण्डसहितका नेताको हातबाट टीका लगाएर एमाओवादी प्रवेश गरेका छन् । नवप्रवेशी ढुंगानाले एमाले आफूलाई स्थान नभएको र एमाले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, ईश्वर पोखरेल र बामदेव गौतम पाँच बाहुनको पार्टी भएको बताउनुभयो ।

चुनावमा कसैसँग गठबन्धन हुँदैनः देउवा

कावासोती, वैशाख २१–आगामी संविधानसभाको निर्वाचनमा कांग्रेस र एमालेबिच गठबन्धनको चर्चा चलिरहेका बेला नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कसैंसंग गठबन्धन नहुने बताएका छन् । उनले मुख्य प्रतिश्पर्धी दलहरुबीच गठबन्धन हुनैं नसक्ने भन्दै कांग्रेस त्यस्तो गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारे ।
नेपाली कांग्रेस क्षेत्रनम्बर २ नवलपरासीको आयोजनामा कावासोतीमा शनिबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दैं नेता देउवाले शीर्र्ष तहमा पनि गठबन्धन नहुने स्पष्ट पारे ।
मुलुकका लागि निर्वाचन अपरिहार्य रहेको बताउदैं देउवाले गत संबिधानसभा निर्वाचनमा कांग्रेसको बहुमत नआएकैं कारण संबिधान बन्न नसकेको दाबी गरे । उनले काग्रेस जस्तो लोकतान्त्रिक पार्टी प्रतिपक्षमा बस्नु परेका कारणनैं मुलुकले यो अबस्था भोग्नुपरेको बताए ।
सघीयताका सम्बन्धमा कांग्रेस स्पष्ट रहेको भन्दैं त्यस बिषयमा पार्टी भित्र कुनैं मतभेद नरहेको नेता देउवाको भनाई थियो । एमाओवादीले काग्रेसलाई संघीयताविरोधीको रुपमा प्रचार गरेर आफ्नो माहोल बनाउन खोजेपनि त्यो संभव नभएको उनको भनाई थियो ।
नेपाली काग्रेस क्षेत्र नम्बर २ नवलपरासीका सभापति दुर्गाबहादुर रानाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कांग्रेस नवलपरासीका सभापति देबेन्द्रराज कण्डेल , शिवमन्दिर गाउ ईकाईका सभापति नारायणप्रसाद पन्त , सचिव श्यामप्रसाद बस्ताकोटी लगायतले बोलेका थिए ।

वैद्यसँग चुनावी एकता हुन सक्छः प्रचण्ड

बारा, वैशाख २१ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसंग चुनावी एकता हुन सक्ने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा शनिबार विहान पत्रकारहरुसंग कुरा गर्दै उनले नेकपा-माओवादीले चाहे चुनाबी एकता गर्न एमाओवादी तयार रहेको बताए । उनले सरकार विरुद्ध आन्दोलनरत नेकपा-माओवादीलगायत ३३ दललाई चुनावमा सहभागी गराउन संविधानसभा सदस्यको संख्या ४ सय ९१ जना राख्ने मुख्य दलको सहमतिमा पुनर्विचार गर्न सकिने बताए। वैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याउन सकिने पनि उनको भनाई छ ।
प्रचण्डले मधेशको भोजपुरा, मिथिला र अवधमध्ये कुनै एक क्षेत्रबाट आफुले उमेद्वारी दिने दोहोर्‍याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेशबाटै चुनाव लड्ने तयारी भइरहेको दाबी गरे । प्रचण्डले संविधानसभाको अर्को निर्वाचन कात्तिक महिनामै हुने समेत  बताए ।
लोकमान सिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनीतिक दलको उच्चस्तरीय संयन्त्रले सिफारिस गरेपनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गरे।
चुनावी तयारीका लागि देश दौडाहामा रहेका प्रचण्ड सहित माओवादी शीर्ष नेताहरु सर्लाही पुगेका छन् ।

Friday, 3 May 2013

तालिम छोडेर भागे चार लडाकू, सेनाले वारेन्ट जारी गर्यो

२१ वैशाख, काठमाण्डौं । नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुमध्ये चार जना कारबाहीमा परेका छन् । सेनामा प्रवेश भएपछि पूर्वलडाकूमाथि कारबाही भएको यो पहिलो पटक हो ।
सिपाही तहमा समायोजित लडाकु विवश आले, मीनबहादुर गुरुङ, विनोद चौलागाई र राजेश थापामगर सैनिक ऐनअन्तर्गत कारबाहीमा परेका हुन् । समायोजन प्रक्रिया प्रारम्भ भएदेखि दर्जा निर्धारणसम्मका गतिविधि अध्ययनपछि उनीहरुमाथि कारबाही प्रक्रिया सुरु भएको हो ।
सैनिक स्रोतका अनुसार लडाकुलाई तालिमका लागि छुट्टयाइएका सैनिक व्यारेकमध्ये कैलालीको धनगढी, तनहुँको खैरेनीटार र नुवाकोटको त्रिशूलीबाट उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । सेनाले तालिमका लागि प्रवेश गरेदेखि उनीहरुमाथि सैनिक ऐन लाग्ने स्पष्ट पारिसकेको छ । यी चारैजना माथि अन्तिम अवस्थामा बिनाकुनै कारण र जानकारी तािलम छाडेर हिँडेको कसुर लागेको छ । आले धनगढी, गुरुङ र चौलागाई खैरेनीटार तथा मगर त्रिशूलीस्थित सैनिक व्यारेकमा तालिम गर्दै आएका थिए । व्यारेकबाट कुन बेला भागे भन्ने जानकारीसमेत नभएका उनीहरुलाई पक्राउपुर्जी जारी गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
सैनिक प्रवक्ता सहायक रथी सुरेश शर्माले भगैर -भाग्ने) सिपाही जोसुकै भए पनि प्रहरीलाई पत्र लेखी पक्रन लगाइने बताए । उनले भने, ‘पक्राउपछि भाग्नुको कारणबारे विभागीय अनुसन्धान हुन्छ र सैनिक ऐनअनुसार कारबाही हुन्छ ।’