प्रचण्डले बैठक बसाउन अनुरोध गरेको झलनाथ बेलुका शुसील कोइरालाकहाँ पुगे र शुसील कोइरालाले प्रचण्डले भन्नासाथ किन बैठक बोलाउने भन्दै उल्टो झलनाथलाई शुसीलले हपारेपछि झलनाथ लुत्रुक्क परेर फर्किए र सर्वदलीय संयन्त्रको बैठक नै बोलाएनन् । हिजो बैठक बस्ने भनेको दिन विहिबार किन बैठक भएन भनेर एकीकृत नेकपा माओवादीका निजी सचिव चुडाबहादुर खड्काले झलनाथलाई फोन गर्दा सामान्य कुरा गरेर टार्ने प्रयास गरेका थिए । एकातिर संयन्त्रको बैठक नबोलाउने र अर्कोतिर शुसीलले चार दलीय सिण्डिकेट तोड्नुपर्छ भन्दै हिड्नुले एमाले र काँग्रेस नै चुनाव चाहदैनन् भन्ने कुराको पुष्टि त गर्दैन ?
चुनाव भाड्ने योजना अनुसार राष्ट्रपति रामवरण यादवसंग पनि दलका नेताहरुले बाक्लो भेटघाट गरेका छन् । प्राप्त जानकारी अनुसार जेठ ७ गते झलनाथ खनालले उनलाई भेटेर भलाकुसारी गरे भने भारतबाट समेत विशेष विमान चढेर पूर्वकेन्द्रीय मन्त्रि अखिलेशसिंह त्यही दिन काठमाण्डौं आई राष्ट्रपतिलाई भेटेर फर्किए । यस अघि नै ४ गते गृहमन्त्री माधव घिमिरेले छुट्टै सरसल्लाह गरेका थिए । त्यसैगरि ६ गते उपराष्ट्रपति परमान्द झा र महान्याधिवक्ता द्रोणबहादुर रेग्मीले पनि राष्ट्रपतिलाई भेटेका थिए । यी भेटका कुनै कुरा सार्वजनिक भएका छैनन् । शीतलनिवास स्रोत अनुसार यी सबै भेटघाटहरुमा मसिंरको चुनाव कसरी टार्ने भन्ने विषयमा छलफल भएको थियो ।
No comments:
Post a Comment