नयाँ पत्रिकाकर्मी गोले सम्मानित
काभ्रे/नयाँ पत्रिकाकर्मी राजकुमार गोले शनिवार सम्मानित भएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) काभ्रेले गोलेलाई तेस्रो जिल्ला
अधिवेशनको अवसर पारेर नगद रु. २ हजार १ रुपैया सहित सम्मान गरिएको हो ।
आदिवासी जनजातिको सवाल र मुद्धामा निरन्तर रुपमा पत्रकारिताको माध्यमबाट
कलम चलाई काभ्रेली आदिवासी जनजाति समुदायमा योगदान पु¥याएको भन्दै गोलेलाई
सम्मान गरिएको अनिज काभ्रेले जनाएको छ । सोही संघका केन्द्रिय अध्यक्ष मोहन
सिं तामाङ र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष महेशराज पौडेलले
पत्रकार गोलेलाई सम्मान गरिएका थिए ।
No comments:
Post a Comment