Thursday, 23 May 2013

खेताला शिक्षक राख्ने प्र.अ र शिक्षकलाई कारबाही गर्छाै

नारायण भट्ट, जि.शि.अ.

-नारायण भट्ट, जि.शि.अ. जिल्ला शिक्षा कार्यालय काभ्रे
(काभ्रे जिल्लालाई  शिक्षा कार्यलय धुलिखेलले फर्जी विद्यार्थी, खेताला शिक्षक र झोले  विद्यालय नभएको पुष्टि गर्दै सत्यापन अन्र्तगत श्रोत केन्द्र स्तरिय बैठकले निर्णय गरे लगत्तै मिडिया समाचार प्रकाशित भएपछि  यसै सेरोफेरोमा रहेर जिल्ला शिक्षा अधिकारी नारायण भट्टसगँ काभ्रे संवददाता राजकुमार गोलेले गरेको कुराकानी)
फर्जी विद्यार्थी र खेताल शिक्षक छैन भनेर घोषणा गरेको थियो । तर अहिले त त्यस्तो घटना  धेरै बाहिर आएको छ नी ?
   - मैले पनि मिडिया मार्फत थाहा पाएँ । हामीले चैत्र महिना तिर सत्यापनका लागि पत्रकार सहितको टोली विद्यालय–विद्यालयम पठाएका थियौं । त्यसको रिपोर्ट पनि आईसकेको छ । त्यसैलाई आधार मानेर हरेक विद्यालयबाट खेताला शिक्षक र गैर हाजिर हुने शिक्षक छैन भनेर निर्णय गर्न लगायौं । श्रोत केन्द्रहरुमा त्यही आधारमा प्र.अ. बैठकमा निर्णय गर्न लगायौं । त्यसको लगत्तै पत्रिकामा समाचार  आयो । समाचारमा खेताला शिक्षक पहिले देखि नै थियो  कि पछि भएको हो ? एकिन कुराहरु आएन । अब यसरी मिडिया मार्फत बाहिर आएकोले जिल्ला शिक्षा कार्यालयलाई गम्भिर चुनौती देखापरेको छ । श्रोतब्यक्ति, विद्यालय निरीक्षकहरु, उप–सचिवहरुको बैठकले सत्य तथ्य छानविन गर्नलाई निर्देशन दिएका छौं । अर्को कुरा त्यस्ता खालका विद्यालयहरुलाई चिठीपत्र तयार गरी पठाउने तयारीमा छ । त्यसैले त्यसका लागि गम्भिर हिसाबले लागिरहेका छौं ।
खेताला शिक्षक र त्यस्ता विद्यालयहरुलाई कार्वाहि हुन्छ कि हुँदैन ?
-कार्वाही हुन्छ नि । किन नहुनु ।
त्यस्तो खालको प्र.अ. शिक्षकलाई  कहिले कार्वाहि हुन्छ ?
-त्यो त रिपोर्ट आउनु प¥यो, त्यो भित्र कति सत्यता छ, त्यो खोज्ने छौ । यदी खेताला शिक्षक र विद्यालयमा नै नगएको शिक्षक छ भने कार्वाही गर्नेछौं । त्यसको लागि छानविन हुनेछ, हामीले त्यसको लागि सम्वन्धित विद्यालयमा चिठी समेत पठाउने काम हुँदैछ ।  वास्तविकता पुस्टि भएपछि छिट्टै कार्वाही हुन्छ ।
तपाईको निर्देशनलाई श्रोत ब्यक्तिले नमानेको भन्ने कुरा आईरहेको छ नि ?    
-मलाई सुन्नमा आएको छैन ।मैले दिएको निर्देशनलाई  कम मुल्य र महत्वहिन ठानेको जस्तो लाग्दैन ।
कति दिनमा रिपोर्ट बुझ्न निर्देशन दिनुभएको छ ?
मिति नै त तोकेको छैन, तर  रिपोर्ट आएपछि कार्वाही हुन्छ ।
प्रशंग बदलौं, दरबन्दी मिलानको कार्य चाही कहाँ पुग्यो ?
-हामीले प्राविधिक कामहरु सकेको अवस्थामा छौ, छलफलहरु भइरहेको छ ।
कहिलेसम्म दरबन्दी मिलन हुन्छ ?
-मलाई लाग्छ यो छिटो हुने अवस्था छ । गृहकार्य भईरहेको छ ।
छिटो भन्नाले तिथि र मिति तोक्न मिल्दैन ?
-अहिले भन्ने सक्ने स्थितिमा छैन । केही कारणले छलफल गर्न  बाँकी छ , तर अत्यन्तै छिटो मिलान गर्ने सोचमा छौ ।
राजनीतिक दल र शिक्षक संगठनको दबाबका कारण दरबन्दी मिलनको कार्य रोकिएको हल्ला छ नी ?
-दलले दबाब नगरेको होइन चाडै दरबन्दी मिलन गर्नु प¥यो भनेर दबाब आइरहेको अवस्था छ । चारैतिर बाट मिलनको कार्यमा जोड दिइरहेको अवस्थामा छ । यसको लागि हामी निरन्तर लागि रहेका छौ ।
यसको बाधक चाँहि को हो नी ?
-

मुख्य बाधक चाहि  यहि  हो भनेर किटान गर्ने अवस्था  छैन । मुलुकमा प्रजातन्त्र आएको छ । पुरानो समयमा शहरी क्षेत्रमा विद्यालयहरु खुले, ग्रामीण विद्यालयमा कम विद्यार्थी थिए । बालबालिकाहरु टाढा–टाढा पढ्नु पर्ने बाध्य थियो  । शहरी क्षेत्रमा सरकारी विद्यालय मात्र नभएर संस्थागत विद्यालयहरु पनि खुले । त्यसले गर्दा अहिले ग्रामीण भेगतिर बढी शिक्षक आवश्यक छ । शहरी क्षेत्रमा अलिकति शिक्षकहरु झिक्नुपर्ने अवस्था छ । यो प्रजातान्त्रिक व्यवस्था परिवर्तन भएको छ । त्यसले गर्दाखेरी धेरै लामो समयदेखि दरबन्दी मिलान नभएको अवस्था हो ।  त्यही कारणले अलमल भएको हो  । सहमति, सहकार्य र समझदारीबाट मात्रै दरबन्दी मिलान  गर्नु परेकोले ढिलाई भएको हो । यो नै बाधक भएको भन्ने अवस्था छैन ।

No comments:

Post a Comment