चुनाव रोक्न काँग्रेस र एमालेको हारगुहार
काठमाडौं । देशलाई अग्रगामी संविधान दिन र अग्रगामी एजेन्डा सहित नयाँ नेपाल निर्माण लाग्न माओवादीले एउटा कम्युनिष्ट केन्द्रको प्रस्ताव अगाडि बढाउँदै गर्दा दक्षिणपन्थी तप्काको सेवा गरेर बस्ने बानी परेका काँग्रेस–एमालेलका नेताहरुमा औडाह पैदा भएको छ । उनीहरु राजनीतिक हिसाबले यसरी छटपटाएका छन कि पानी विनाको माछा जस्तै बनेका छन् । नेताहरुले मानसिक सन्तुलन गुमाउन थालेका छन् र जथाभावी बोल्न थालेका छन् । यसले पनि पुष्टी गर्छ– काँग्रेस–एमालेका नेताहरुको बर्बराहट कुन स्तरको छ ।
उनीहरु अहिले विशुद्ध माओवादी विरोधी अभियानमा लागेका छन् । यसका पछाडि केही राजनीतिक, केही मानसिक र केही प्राविधिक कारणले काम गरेको छ । जस्तो कि प्रचण्ड चीन र भारत भ्रमण गएपछि काँग्रेस–एमालेका नेताहरु रन्थनिएका थिए । प्रचण्डलाई बोलाएकोमा चीन र भारतसँग क्रुद्ध छन् उनीहरु । प्रचण्डको भ्रमण सफल बनाएको र उनले भारत तथा चीनको विश्वास जितेर नेपाली राजनीतिमा नयाँ उचाइ बनाएको काँग्रेस एमालेका नेताहरुलाई असैह्य भएको छ । असहैय पीडा पोख्दै हिँडने काग्रेस–एमालेलाई ठूलो भय के छ भने– आगामी चुनावमा उनीहरुको विगतको भन्दा खराव नतिजा आउँदैछ । त्यसैले त उनीहरुमा चरम छटपटी आएको हो ।
अर्कोतिर माओवादीका देशव्यापी सभामा उपस्थित जनसागरले काँग्रेस–एमालेका नेताहरुको निद हराएको छ । आफूहरुका सभामा दुई÷चार हजार मानिस मात्र सहभागी हुने तर माओवादी सभामा ५० औं हजार जनता सहभागी हुने गरेपछि काँग्रेस–एमालेका नेताहरुलाई भित्रभित्र लागेको छ–अबको चुनावको परिणाम पनि माओवादीकै हातमा जाने भयो । यही भएर उनीहरु बर्बराउन थालेका हुन् भन्ने बुभ्mन अब कुनै गणितको सूत्र लगाउन आबश्यक छैन । माओवादीले चुनावी जनगागरण अन्तर्गत बाग्लुङ, बर्दिया, धार्के, इटहरीमा सभा गरिसकेको छ भने राजधानीमा मे दिवसका दिन आयोजना गरिएको कार्यक्रम पनि भव्य नै थियो । योबाट पनि काग्रेस–एमालेका नेताहरु भयभीत भए र सोचे कि–राजधानीमा पनि फेरि आफूहरु शुन्य हुने भइयो ।
अर्कोतिर एमाले नेता÷कार्यकर्ता धमाधम माओवादीमा प्रवेश गरेका छन् । अशोक राईको नेतृत्वमा एमालेको एउटा ठूलो समूह अलग भएर संघीय समाजवादी पार्टी गठन गरेको छ । रामचन्द्र झा, लक्की शेर्पा जस्ता नेताहरु एकीकृत माओवादी प्रवेश गरिसकेका छन् । यसरी आफ्नो पार्टीमा पहिरो आएपछि चुनाव जानु रातोवत्ती बलेको बेला सडक काटनु जस्तै हो भन्ने एमाले नेताहरुले राम्रैसँग बुझेका छन् । यो पीडा र आक्रोश छ एमाले नेताहरुमा । त्यसैले त उनीहरु अहिले माअोवादीसँग दुश्मनीपूर्ण व्यवहारको कुरा गरिरहेका छन् । दक्षिपन्थी शक्तिलाई सघाउने योजना बुन्दैछन् । मधेशमा एमाले ढाड भाँचिएको रामचन्द्रले बताएका छन् । पूर्वमा एमालेका दाहिने हात नै छुट्टिएको छ । यस्तो अपाङग भएको अबस्थामा चुनाव लड्नु आत्मघाती हुने कुरा एमाले नेताहरुलाई थाहा नभएको होइन । यसै कारण उनीहरु अहिले माओवादीलाई अनेकौ लान्छना लगाएर आफूहरु राम्रो भएको पुष्टि गर्न खोज्दैछन्, तर जनताले उनीहरुको असली अनुहार राम्ररी नै पढेका छन् । पूर्वमा बम देवान जस्ता पुराना कम्युनिष्ट नेताहरु माओवादीमा प्रवेश गरिसकेका छन् ।
काँग्रेस–एमाले माओवादी जनमतलाई आइसोलेट गर्न चाहन्छन् । त्यसैले उनीहरुले चुनावी वातवरण रोक्न खोजेका छन् । निर्वाचन ऐन पास गर्न मानेका छैनन् । विभिन्न वहानमा यसलाई अड्काइरहेका छन् । आफूले सरकारमा पठाएका पात्रहरुलाई चुनावी माहौल नबनाउन निर्देशन दिएका छन् । यो भय अरु केही भएर होइन, चुनावमा आफ्नो अस्तित्व खतरामा पर्ने देखेर हो ।
प्रचण्डले भ्रमणबाट छिमेकीको र देशमा सुरक्षासंयन्त्र, कर्मचारीतन्त्रको मन जितेपछि एमाले–काँग्रेसलाई बेचैन नै भएको छ । त्यही भएर झलनाथ खनाल, केपी ओली जस्ता एमाले नेताहरुले राष्ट्रपतिकहाँ गएर देश माओवादीको पकडमा गयो चुनावी अध्यादेश रोक्नुप¥यो भन्दै हारगुहार गरेका छन् । राष्ट्रपतिको मोहरा ओडेका तर काँग्रेसका खाटी नेता रामबरण यादव त पहिलादेखि नै माओवादी विरोधी हर्कतमा समावेश बन्दै आएको जगजाहेर नै छ । त्यसै भएर त पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही समय अगाडि खुलासा गरेका थिए–राष्ट्रपतिले चार पटक ‘कु’ को प्रयास गरेका थिए तर सरकारको सचेतनाका कारण असफल बनाइदियौँ ।
आफ्नो अस्तित्व संकटमा परेपछि एमालेका नेताहरुले सन्तुलन गुमाएर बोल्न थालेका छन् । उनीहरुले भन्ने गरेका छन्–माअोवादीलाई जिताए देशमा संविधान बन्दैन । अध्यक्ष झलनाथ खनाल, माधवकुमार नेपाल र केपी ओलीले मई दिवसका दिनै एउटै स्वरमा भाषण गरेर–माअोवादीलाई भोट नदिन भने । विगतको संविधानसभामा पनि उनीहरुले यस्तै हारगुहार गरेका थिए । तर, नक्कली कम्युनिष्ट र तेस्रो लिङ्गीको पहिचान बनाएको एमालेलाई जनताले ठिक हैसियतमा राखिदिए । संविधानसभा विघटनमा सभामुख सुवा नेम्वाङको ठूलो भूमिका थियो भन्ने कुरा पनि घाम जत्तिकै छर्लङ छ । क्रिश्चियन गतिविधिमा लागेका र संविधानसभा विघटन गराउन भूमिका खेलेका नेम्वाङकै कारण पनि एमालेलाई परायजको भय छ । बाबुरामले मे दिवका दिन इटहरीमा आयोजना गरेको कार्यक्रममा भनेका थिए–संविधानसभाको अध्यक्ष नै परिवर्तन विरोधी भएका कारण संविधानसभा बचाउन सकिएन ।
विगतको संविधानसभामा तालमेलको कुरा गर्दा एमालले १५ सिट रहेको उपत्याकाको १६ औ सिटमा मात्र तालमेल हुने घमन्ड प्रर्दशन ग¥यो । चुनावमा एउटा सिट पनि जितेन एमालले । अहिले माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुरामले अग्रगामी संविधानका लागि कम्युनिष्टहरुको तालमेल र केन्द्र निर्माणको कुरा गर्दा एमाले नेताहरु फेरि पनि दक्षिणपन्थीहरुकै सेवामा हाजिर हुन आतुर देखिएका छन् । यसरी परिवर्तनका पक्षधरहरु एक ठाउँ हौँ र जनतालाई प्रगतिशील संविधान दिउँ भन्दा भाग्ने एमालेको आगामी चुनावमा के हाल होला ? सहजै अनुमान गर्न सकिन्छ–विगतको भन्दा बुराहाल हुन्छ । एमालेले त काग्रेससँग तालमेलको कुरा गरिरहेको छ । एमालेले कांग्रेससित चुनावी तालमेलको तमसुकमा हस्ताक्षर गर्नु एउटा दलका रुपमा उसले आफ्नै मुत्युपत्रमा हस्ताक्षर गर्नु सरह मानिएको छ । कतिपय विश्लेषकले अंकगणितीय हिसाब गरेर कांग्रेस–एमाले सहकार्य भए एमाओवादीले एक दर्जनमात्र सिट ल्याउने टिप्पणी पनि गरेका छन् । तर, यहा“निर बुझ्नुपर्ने के छ भने राजनीति अंकगणितीय जोडघटाउ होइन । यो त ज्यामितीय खेल हो । एमालेको यस्तै कुबुद्धिकै अनुमान गरेर होला प्रचण्डले देशमा एमाले भन्ने पार्टी नै छैन भनेको । सवै गतिविधि हेर्दा प्रचण्डको भनाइ पुिष्ट नै भएको मान्नुपर्छ ।
No comments:
Post a Comment