Friday, 3 May 2013

सामूहिक बलात्कारका आरोपितहरू जेल चलान

काभ्रे/मेथिनकोट गाविस ८ काफ्लेथोककी एक १५ वर्षिया वालिकालार्इ घरमा खाना खाइरहेको अवस्थामा ०६९ चैत्र १३ गते साँझ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका सात जनालार्इ ०७० वैशाख १९ गते काभ्रे जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि थुनामा पठाइएको छ । काभ्रे जिल्ला अदालतका न्यायाधिस दीपेन्द्र अधिकारीको एकल इजलासमा भएको थुनछेक बहसमा दुबै पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । इजलासले हालका लागि बलात्कार र बलात्कारको योजना बनाएको भनी अदालतमा पेश भएकाहरूलार्इ थुनामा राखी अनुसन्धान गर्नका लागि आदेश भएको हो । यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले ०७० बैशाख १५ गते जिल्ला अदालत काभ्रेमा अभियोग दर्ता गराएको थियो ।

No comments:

Post a Comment