जेष्ठ ९ गते काभ्रे/नयाँपत्रिका दैनिकका काभ्रे संवदादता राजकुमार गोलेलाई समाचारको विषयलाई लिएर जेपनि हुने भन्दै ज्यान मार्ने धम्की दिएका छन ।
गत जेठ १ गतेको नयाँ पत्रिकामा ‘खेताला शिक्षक राख्दै, तलब बुझ्दै’ भन्ने शिर्षकमा समाचार लेखेको भन्दै गोकुले– ९ सेतीदेवि प्रा.विका केशरबहादुर योञ्जनले ९८४१५७१०१५ मोबाइल नम्बर बाट र सोही गाविस वडा नं. ३ का स्थानीय प्रदिप लामा ले ९६१११८२१०८ को मोबाईलबाट समाचारको स्रोत खोज्दै जे पनि हुने भन्दै धम्की दिएका हुन । यस्तै गोकुले गाविस वडा नं. ३ छोट्टेसहनमा रहेको चन्द्रोदय प्राथामिक विद्यालयका प्रधानाध्यापक बुद्धिलाल योञ्जन , बन्खु– ६ सरस्वती प्रा.विका भिमबहादुर रानामगर, गोकुले–२ ज्ञानोदय प्रा.विका शिक्षक ढकाल रानाले सार्वजनिक स्थलमै भेटेरै श्रोत चाहियो र विद्यालयले यस्तो नगरेको भन्दै जे पनि हुन सक्ने भन्दै धम्की दिएका छन ।
‘समाचारको विषयमा चित्ता नबुझकोे खण्डनमा समाचार खण्डन गर्ने कानुनी प्रवधान हुदाँ हुदै समाचारको विषयलाई लिएर श्रोत खुलाउनु दबाब दिदै ज्यान मार्ने धम्की दिएको गोले बताए ।
No comments:
Post a Comment