Friday, 3 May 2013

बाबुले छोरीलाई गोली हान्दा ताली



     
२१ वैशाख, काबुल । अफगानिस्तानमा धार्मिक मान्यताले जकडिएको एउटा गाउँ छ, जहाँ आङ्खनै बाबुले छोरीमाथि गोली हानी हत्या गरेर खुसियाली मनाइन्छ । त्यस गाउँमा करिब ३ सयजना स्थानीय जम्मा भएर खुसियाली मनाइरहेका छन्, किनकि त्यहाँ एक युवतीलाई गोली हानेर हत्या गरिँदै थियो । ती गाउँले युवतीलाई बचाउन होइन, उनलाई कथित कारबाहीस्वरूप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्न त्यहाँ उपस्थित भएका थिए । तिनै मानिसको भीडबाट एक १९ वर्षीया युवतीका पिता निस्किए । हातमा बन्दुक लिएका उनले आफ्नी छोरीमाथि गोली प्रहार गरे ।
ती युवतीका पिताले आफ्नी छोरीलाई टाउको, पेट र छातीमा गरी तीनओटा गोली हाने, तर गाउँलेले त्यसको कुनै विरोध गरेनन्, बरु उनीहरूले ताली बजाएर समर्थन जनाए । धार्मिक अन्धविश्वासमा जकडिएको एक गाउँमा महिलामाथि गरिने कारबाहीको स्वरूप हो यो । ती गाउँहरूमा गल्ती गर्ने अथवा उनीहरूले तोकेका निश्चित कामहरूको विरुद्धमा जाने महिलालाई यसरी नै कारबाहीस्वरूप हत्या गर्ने गरिन्छ । हालिमा अफगानिस्तानकी एक १९ वर्षीया विवाहित युवती हुन् । उनका दुईजना बालबच्चा पनि छन् । तर यी छोरीलाई आफ्नै पिताले कारबाहीस्वरूप यसरी गोली हानेर हत्या गरे । हालै भएको यो घटना सुन्दा एउटा कुनै चलचित्रको काल्पनिक कथाजस्तो लाग्छ ।
तर, यो अफगानिस्तानका महिलाको वास्तविकता हो र यसरी नै उनीहरूले आफुविरुद्धको हिंसा सहनुपरेको छ । यसरी गोली खाएर ज्यानै गुमाउनुपर्नाको उनको दोष के थियो त ? उनको दोष थियो– उनी एक परपुरुषसँग लागेकी थिइन् रे ! तर, यसको कुनै प्रमाण छैन र उनले त्यो स्विकारेकी पनि छैनन् । यसरी परपुरुषसँग लागेको भन्नेजस्ता कैयौं काल्पनिक दोषारोपणबाट यो आधुनिक एवं वैज्ञानिक समाजमा पनि अफगानिस्तानका कैयौं महिलाले बर्सेनि ज्यान गुमाउने गर्दछन् । सो घटनापछि अफगानिस्तानको उत्तरपश्चिमी प्रान्तका एकजना प्रहरी अधिकारीले भने, ‘ती युवतीलाई परपुरुषसँग लागेको अरोप लगाइएको थियो, त्यसैले गाउँलेले नै उनीहरूको धार्मिक मान्यताबमोजिम सो कारबाही गरेका हुन् ।’
यस्तो सार्वजनिक कारबाहीको नाम दिइएको घटनालाई अफगानिस्तानमा धार्मिक मान्यताबमोजिम वैध नै मानिन्छ । महिलाको चरित्रसम्बन्धी कुनै प्रश्न उठेमा उनलाई यसरी सार्वजनिक स्थलमा ढुंगाले हानेर वा यसरी गोली हानेर नै हत्या गरिन्छ । उनी भार्खरै १९ वर्षकी भइन् र उनका श्रीमान् कामका लागि इरानमा छन् । उनलाई यस्तो कारबाहीको निधो उनका पिताले नै गरको राजधानी दैनिकमा खबर छ ।
उनले तालिबानीहरूको वकिललाई छोरीलाई कस्तो कारबाही गर्ने भनेर सोधेका र उनीहरूले सार्वजनिक स्थलमा गोली हानेर मार्ने भन्ने सल्लाह दिएपछि ती बुबाले यस्तो कारबाही गरेका थिए । ती प्रहरी अधिकारीले भने उनको परिवारसँग सो घटनाका बारेमा बुझ्नका लागि गएको बताएका छन् । तर, उनलाई पक्राउ गर्ने योजनाबारे भने उनले केही भनेनन् । ‘हामी घटनाबारे बुझ्न घटना भएको तीन दिनपछि उनको घरमा पुगेका थियौं तर उनको परिवार गाउँबाटै भागिसकेको थियो,’ ती अधिकारी भन्छन् । उत्तर–पश्चिमी प्रान्त बाग्धीको कुकचहेल भन्ने गाउँमा गत अप्रिल २२ मा सो घटना भएको थियो ।
यो गाउँ धार्मिक कुसंस्कारमा जकडिएकाले यसअघि पनि त्यहाँ यस्ता घटना हुने गरेका छन् । सो हत्याको भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा ३ सयदेखि ४ सयजना गाउँले सो घटनामा उपस्थित भएका छन् र उनीहरूले त्यो कहालीलाग्दो हत्याको समर्थन गरेका छन् । भिडियोमा देखाइएअनुसार ती युवतीका पिता सो सार्वजनिक स्थानमा आउँछन र उनले आपूmसँगको बन्दुक झिकेर तीन पटकसम्म प्रहार गर्छन् । पिताले हानेको गोली लागेर ढलेपछि भने ती युवतीका भाइले आँखाबाट आँसु झारेको दृश्य पनि सो भिडियोमा देखाइएको छ ।
तर, उनी सानो भएको र त्यत्रो संख्यामा गाउँले नै उपस्थित भएका तथा आफ्नै बुबाको हातमा बन्दुक भएकाले केही बोल्न नसकेको जस्तो दृश्य भिडियोमा देखिन्छ । एम्नेस्टी इन्टरनेसनल र विश्वका महिलावादी संघ/संस्थाहरूले यस घटनाको व्यापक रूपमा विरोध गरेका छन् ।

No comments:

Post a Comment