Saturday, 4 May 2013

अस्पताल बन्द गराउन आरजु सफल

काठमाडौं। गरिब जनताका लागि सुलभ स्वास्थ्य सेवा दिनका लागि पाँच वर्षअगाडि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) द्वारा स्थापित डडेल्धुराको टिम अस्पताल बन्द गर्न शेरबहादुर देउवा र उनकी श्रीमती आरजु देउवा सफल भएका छन्।
यिनीहरूकै तीव्र दबाबका कारण अस्पताल सञ्चालनका लागि एचडीसीएसको नवीकरण हुन त दिएनन् नै, अस्पताल फर्किंदा छापामार शैलीमा अपमान गर्ने समेत उनीहरूले प्रयास गरेको कर्मचारीले बताएका छन्। पछिल्लो समयमा अस्पतालले म्याद सकिन लागेको औषधि वितरकलाई फर्काउनका लागि राजधानी ल्याउँदै गर्दा धनगढीमा रोकिदिइएको छ। अस्पतालको सामान लैजान थालिएको आरोप लगाउँदै आरजुको निर्देशनमा एक ट्रक म्याद सकिन तीन महिना बाँकी रहेको औषधि राजधानी ल्याउनमा अवरोध गरिएको हो। थापाथलीको मेडिकल सप्लाई म्यानेजमेन्ट ट्रस्ट नेपाल र त्रिपुरेश्वरको विकास सर्जिकल कन्सर्नबाट खरिद गरिएको औषधिलाई रोकिएको हो।
स्मरण रहोस्, म्याद सकिनु तीन महिनाअगावै ती औषधि वितरक कम्पनीलाई नबुझाइए त्यसको सम्पूर्ण घाटा
अस्पतालले व्यहोर्नुपर्छ। तर, आफ्नो रुडुक नामक संस्थामार्फत अस्पतालको सम्पत्ति आफ्नो बनाउन सक्रिय आरजुले त्यो कुरा बुझेर पनि अवरोध गराएकी छन्।
आफू राजधानीमा बसेर त्यहाँका सोझा–साझा जनताको अधिकार खोस्न उद्यत आरजुको चाला देखेपछि अस्पतालको म्याद थप्न दिनप्रतिदिन डडेल्धुरावासीले आन्दोलन गर्दै आएका छन्। सुदूरपश्चिममा एउटा पनि क्षेत्रीय अस्पताल नभएको बेला टिम अस्पताल बाहिरिँदा गरिब तथा निमुखा जनताले सास्ती व्यहोर्नुपरेको छ। ‘देउवा पनि प्रधानमन्त्री भएकै थिए, तर खोइ अस्पतालका लागि केही काम गरेनन्, आफू पनि नगर्ने अरूले गर्दा पनि राजनीति गर्ने कस्तो कांग्रेसी चाला हो’– एक बिरामी ज्ञानबहादुर जोशीले बुधबारसित भने।
अहिले केही गल्ती नभेटेपछि मान्छेमारा अस्पताल भन्दै आरजुले केही मानिसलाई तलब दिएर उचालेकी छन्। यस्तै, आपराधिक गतिविधिका कारण डडेल्धुरामा देउवाको हैसियत खुम्चिँदै गएको छ। औषधि नै ल्याउन नदिएपछि चौरजहारी अस्पताल रुकुमबाट फिर्ता गर्ने गरी सापटी ल्याएको सी आर्म र ड्रिल नामक उपकरण फिर्ता गर्न पनि एचडीसीएसलाई अप्ठ्यारो भएको छ। त्यसका लागि कार्यकारी निर्देशक डा. तीर्थ थापाले स्वास्थ्य मन्त्रालयसँग गुहार मागिरहेका छन्।

No comments:

Post a Comment