-अञ्जली तामाङ
जोहोबारु/१२४ औं अन्तर्राष्टिय श्रमिक दिवसको अवसरमा गत बुधबार कलबरी सिटी चर्च कोतापुत्रीको आयोजनामा मलेशियामा कार्यरत नेपाली क्रिश्चेन समुदायले यूथ फलोशिप कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख बक्ता पा. सुनिलले बाटो, सत्य र जीवन प्रभूयशू क्रिष्ट मात्र भएको कुरा बाइबलमा उल्लेख गरेको बताउनु हुँदै प्रभू यशूख्रिष्ट मात्र उद्धारकर्ता, मुक्तिदाता भएको दावि गर्नुभयो । “अनन्त जीवन प्रभू यशूख्रिष्टमा विश्वास गरे मात्र प्राप्त हुन सक्छ ।” पा. सुनिलल भन्नुभयोः “प्रभू यशूको बचनलाई भित्रबाटै आत्मसात गरेमा त्यो अनन्त जीवन हामी सबैले पाउने छ ।”
कार्यक्रममा शुरुको प्रार्थना पा. देउमान तामाङले गर्नुभएको थियो भने अन्तिम तथा आशिसको प्रार्थना पा. गोविन्द मगरले गरेर कार्यक्रमको समापन गर्नुभएको थियो ।पचासौं जना उपस्थित भएको उक्त कार्यक्रमको सञ्चालन अञ्जली तामाङले गर्नुभएको थियो ।
No comments:
Post a Comment