२३ वैशाख, काठमाण्डौं । सरकारले बिदेसिने
नेपाली कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज प्रवेश दिन
विभिन्न निकायको अधिकार र कर्तव्य छुट्टनिे गरी कार्यबिधी प्रणाली (एसओपी)
ल्याउने तयारी गरेको छ । बिदेसिने युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा अनावश्यक दुःख दिने काम भएको भन्दै एसओपी ल्याउन लागिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार
बिदेसिने कामदारको भिसा, टिकट र श्रमस्वीकृतिलगायत विभिन्न डकुमेन्ट जाँच
गर्ने अधिकार छुट्टाछुट्टै निकायलाई तोक्ने गरी एसओपी निर्माणका लागि छलफल
अघि बढाएको हो । वैदेशिक रोजगार विभागले पूर्व र अन्तिम श्रम स्वीकृति
दिने, श्रम डेस्कले श्रम स्वीकृति दिए/नदिएको हेर्ने, अध्यागमन विभागले
भिसा हेर्ने, एयरलायन्सले टिकट र प्रहरीले लगेज -अवैध सामान बोकेको छ/छैन)
जाँच गर्ने अधिकार दिएको कारोबार दैनिकमा खबर छ ।
श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता
वृद्धिबहादुर खड्काले वैदेशिक रोजगार विभाग, अध्यागम, एयरलायन्स, प्रहरीले
जाँच गर्न पाउने डकुमेन्ट छुट्टयाउन एसओपी छिट्टै लागु गर्ने बताए ।

No comments:
Post a Comment