Tuesday, 30 April 2013

मेरो नेपाल कहाँ छ ?

–ग्याम्जो लामा

दिन प्रतिदिन
मेरो स्वभिमानमा आँच पुगेको छ,
क्षण–क्षणमा म
अपमानका भारी बोकीरहेको छु,
पल–पलमा म
मानवता देखि टाढिदैं छु,
हरेक दिन
म मरिरहेको छु,
तर,
मेरो देश बेखवर छ,
वास्तै छैन
मेरो देश,
अर्थात
मेरी  आमा कता हराईन ?
थाहा छैन
मेरो स्वाभिमान गुमिरहेको खबर
अपमानका भारि बोकेको खबर
मानवता देखि टाढिएको खबर
मैले पठाए कै थिएँ,
तर
एउटा जवाफ पनि पाईन मैले
त्यसैले
मेरो नेपाल कहाँ छ ?
कता पर्छ ?
सोध्छु
खोज्छु
छाम्छु
अहाँ कतै भेटाएन मैले
लौन
विन्ती छ
मेरो नेपाल खोजौं
सम्मानको नेपाल
स्वाभिमानको नेपाल
मानवताको नेपाल ¤
    ५ अगस्त २०१२

No comments:

Post a Comment