–अञ्जली तामाङ
जोहोर/जोहोर नेपाली क्रिश्चियन फलोशिप मलेशियाको आयोजनामा मलेशियाको जोहोरबारुको कोता तिड्डीमा तीन दिने लिडरशिप क्याम्प सम्पन्न भएको छ ।
गत अगस्त १९, २० र २१ तारिखमा भएको उक्त क्याम्पको उद्घाटन कार्यक्रमका मुख्य वक्ता एवं रेभ. श्री डी.के. दानियलले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा रेभ. दानियलले आत्मिक जीवन र संसारीक जीवनकोबारेमा प्रकाश पार्नुहुँदै संसारीक जीवन क्षणिक र आत्मिक जीवन अनन्त जीवन भएको उल्लेख गर्नुभयो । साथै पापबाट मुक्ति र अनन्त जीवन पाउन प्रभू यशूलाई हृदयबाटै ग्रहण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य वक्ता रेभ. डी.के. दानियलका साथै पा. दावा, पा. भक्त, पा. जेम्स लगायतले क्रिश्चियन धर्मकोबारेमा बचन दिएका थिए ।
प्रत्येक वर्ष मलेशियामा चाइनीज न्यू इयर र हरिरायको छुट्टीमा यसरी कार्यक्रम गर्दै आएको कार्यक्रमका अध्यक्ष पा. झक्तले जानकारी दिए । मलेशियाको जोहोरवारु क्षेत्रका १४ वटा चर्च मण्डलीबाट भाग लिएका उक्त कार्यक्रममा नेपालबाट बैदेशिक रोजगारको लागि मलेशियामा आएका करिब ५ सय जना नेपाली क्रिश्चियनहरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment