Tuesday, 30 April 2013

अष्ट्रेलियामा रेडियो जनादेश उद्घाटन

सिड्नी । दुइ दिने अष्ट्रेलिया भ्रमणमा आएका डा. भट्टराईलेले शनिवार सिड्नीबाट शुरु भएको रेडियो जनादेशको उद्घाटन गरेका छन् । सिड्नीको हर्सभिलमा आयोजित एक सामारोहा स्टेसन प्रोमो बाजाएर रेडियोको शुभारम्भह गरेका थिए ।
चौविसै घण्टा संचालन हुने इन्टरनेट रोडियो जनादेशले नेपाली काला संस्कृति, भाषा, परम्पराको संसक्षण गर्दै सुचना र मनोरञ्जन प्रसारण गर्ने निदेर्शक शरद खरेलले  अनलाइनखबरलाई बताए  । रेडियोको उद्घाटन कार्यक्रममा जनगायक जीवन शर्मा र लोक गायक बद्री पंगेनीले उपस्थित दर्शकालाई विभिन्न गीत गाएर मनोरञ्जन गराएका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।
उक्त कार्यक्रममा सफल ब्यवसायि शेष घले, महाबाणिज्यदुतहरु दिपक खड्का र चन्द्र योञ्जन, इन्द्र वन, डा नारायण प्रधान, डा होम मूर्ति पन्त, डा कृष्ण हमाल, प्राध्यापक भेष भण्डारी, राम कुमार श्रेष्ठलाइ सम्मान गरिएको थियो ।

रेडियो मैत्री सातौं वर्षमा प्रवेश



                         भास्सरा भिजन प्रालिद्वारा काठमाण्डौमा संचालित रेडियो मैत्री ९९.४ मेगाहर्ज छैठौं वर्ष पूरा गरी आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । मैत्री, करुणा र शान्तिको सन्देश...मूल नारा लिई विक्रम सम्वत २०६४ वैशाख १८ गते अर्थात आजकै दिन रेडियोको प्रसारण आरम्भ भएको थियो ।
                 बार्षिक उत्सवको अवसरमा समस्त श्रोता, विज्ञापनदाता, शुभेच्छुक महानुभाव तथा मैत्री नेटवर्कमा आवद्ध देशभरका एफएम रेडियो परिवारमा हार्दिक आभार तथा प्रगतिको कामना रेडियो मैत्रीका अध्यक्ष विष्णु सापकोटा गर्नु भएको छ ।
                   स्थापनाकालमा काठमाडौं उपत्यकाभित्र मात्र प्रसारण क्षमता रहेको रेडियो मैत्री गौरवपूर्ण छैठौं बर्ष पूरा गर्दासम्म मैत्री नेटवर्कको पहिचान बनाउन सफल भएको छ । शुरुदेखि हालसम्म मैत्री र शान्तिको दर्शनमा अडिग रहेको रेडियोमैत्री नेटवर्कमा हाल विभिन्न ३७ वटा एफएम रेडियोहरु आवद्ध छन् ।
                    सकारात्मक सोचौं, रचनात्मक बनौं भन्ने मान्यतालाई संचारक्षेत्रमा समेत स्थापित गराउनुपर्ने अहिलेको आवश्यकतालाई परम कर्तव्यठानेको रेडियो मैत्रीले आवाज विहीनहरुको आवाज बन्ने आफ्नो लक्ष्यलाई भुलेको छैन ।

                        साथै उत्पीडित समुदाय, आदिवासी जनजाति, लैंगिक उत्पीडनमा रहेका महिला समुदाय, छुवाछुतको मारमा परेका दलित समुदाय, दिनभर पसिना बगाएर पनि साँझ विहान हातमुख जोड्न नसक्ने अवस्थाका गरीव जनता, विभिन्न कारणले अन्यायमा परेकाहरुको मुद्दालाई रेडियो मैत्रीले जोड दिदै आएको छ । सातौं बर्षमा प्रवेश गरेको अवसरमा रेडियो मैत्रीले कमलपोखरीस्थित कार्यालयमा आज अपरान्ह विशेष कार्यक्रम गर्दै छ ।

हार्दिक शुभकामना


श्रमजीविहरुको महान बलिदान र विजयको ऐतिहासिक कोशेढुंगको रुपमा चित्रित १२४ औं अन्तर्राष्टिय श्रमिक दिवसको महान अबसरमा पेरिस कम्यून देखि आजसम्म श्रमिकहरु मात्र यो दुनियाँको असली मालिक हौं भनेर मालिकहरुको विरुद्ध लड्दा लड्दै शहदत प्राप्त गर्नुहुने महान शहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै महान मुक्तिको लडाईलाई निरन्तरता दिने प्रेरणा सबै श्रमजीवि मजदूरहरुलाई मिलोस भन्ने
हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

माओवादीको एकताको विकल्प छैनः आङकाजी


डिलबहादुर थोकर “ग्याम्जो”
क्वालालम्पूर/नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले दुई माओवादीको अविलम्ब एकताको विकल्प नरहेको बताएका छन् । उक्त कुरा गत मार्च १७ तारिखका दिन क्वालालम्पूरमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ मलेशियाको राष्टिय महाधिवेशनको उदघाटन गर्दै बताएका हुन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै शेर्पाले आदिवासी जनजाति, उत्पिडित जनतामा माओवादीको जनयुद्धले विद्रोहको चेतना ल्याएको बताए । संघीयता, धर्मनिर्पेक्ष, गणतन्त्रको लागि माओवादीले लडेको बताउँदै शेर्पाले ढुलमुले परा नदेखाउन माओवादीलाई अग्रह गरे । धर्मनिर्पेक्ष र संघियताको पक्षमा माओवादीको अडान पहिला ठीक भए पनि अहिले आएर माओवादी ढुलमुले भएको उनको आरोप थियो ।
संविधान सभाको विघटन काँग्रेस एमालेको कारणले भएको बताउँदै महासचिव शेर्पाले भनेः “कांग्रेस एमालेले जातिय पहिचान सहितको संविधान नचाहेकोले उनीहरुले संविधान सभाको विघटन गरे ।” महासचिव शेर्पाले संविधानसभाको पूनस्र्थापनाको पक्षमा आम जनता भएपनि काँग्रेस एमाले पूनस्र्थापनाको पक्षमा नहुनुको कारण समेत बताए । “संविधानसभाको पूनस्थापना भएमा कांग्रेस–एमाले टुक्रिने, अन्तमा सिद्धिने डरले पूनस्र्थापनाका पक्षमा उनीहरु छैनन् ।” –शेर्पाले भनेः “ संविधान सभाको पूनस्र्थापना भएमा माओवादीले ल्याएको संविधान पारित हुने र माओवादीले बर्षौं सत्ता सञ्चालन गर्ने डर एमाले–काँग्रेसमा छ ।”
आगामी चुनावमा एमाले–कांग्रेस कमल थापा र चित्रबहादुर केसीको पार्टी बन्ने ठोकुवा समेत गरे । “अबको चुनावमा एमालेको २ सीट र काँग्रेसको ३ सीट भन्दा बढी हुने छैन ।” महासचिव शेर्पाको दावी थियो । “दलहरुले जातिय पहिचान सहितको संघीय संविधानमा षड्यन्त्र गरे आदिवासी जनजातिले घुँडा टेकाउने छ ।” शेर्पाले चेतावनी दिए ।
कार्यक्रममा आदिवासी जनजाति महिला महासंघको अध्यक्ष मिनी शेर्पा, पत्रकार कोपिला गौतम, विभिन्न जातिय संस्थाका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
महासंघको नेतृत्वमा आले
उद्घाटन सत्र पछि भएको बन्द सत्रले नेपाल आदिवासी जनजाति महासंघ मलेशियाको सुन्दर आलेमगरको अध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ मलेशियाको गठन गरिएको छ ।

गेस्ट हाउसले पनि थाल्यो रक्तचन्दनको तस्करी

१८ वैशाख, काठमाण्डौं । तस्करहरूले रक्तचन्दन लुकाउन काठमाडौंका गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको छ। प्रहरीले रक्तचन्दन र तस्करीका अन्य सामान बरामद गर्न छापा मार्ने क्रमलाई तीव्रता दिएपछि तस्करहरूले त्यस्ता सामान लुकाउन गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको हो। प्रहरीले मंगलबार बिहान ठमेलस्थित हेभन माउन्ट एभरेस्ट गेस्ट हाउसको पार्किङस्थलबाट ६५ किलो रक्तचन्दनसहित कारोबारीलाई पक्राउ गरेको थियो।
सो गेस्ट हाउसको पार्किङस्थलमा रहेका गाडीमा रक्तचन्दन लुकाइएको थियो। विशेष सूचनाका आधारमा प्रहरी सो ठाउँमा पुगेको थियो। काठमाडौं परिसरका अनुसार रक्तचन्दनसहित सिन्धुपाल्चोक तातोपानीका २७ वर्षीय नुरुप शेर्पा, सिन्धुपाल्चोक गुम्ताङका २४ वर्षीय लीला श्रेष्ठ, बाह्रबिसे घर भएका ३२ वर्षीय उमेश भन्ने अमर श्रेष्ठ, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक लिस्टीका २७ वर्षीय निमाछिरिङ शेर्पा र ढल्कु बस्ने सिन्धुपाल्चोक जलविरे घर भएका ४७ वर्षीय पदम श्रेष्ठ पक्राउ परेका छन्। परिसरका प्रवक्ता डीएसपी चक्रबहादुर सिंहका अनुसार पक्राउ परेकाहरूलाई सिन्धुपाल्चोककै एक व्यक्तिले सो गेस्ट हाउसमा पुगेर बस्न भनेका थिए।
योभन्दा बढी थाहा छैन,’ उनीहरूले बयानमा भनेका छन्। उता, प्रहरीले भने गेस्ट हाउसबाट रक्तचन्दन बरामद हुनुलाई नयाँ अखडाका रूपमा लिएको छ। उसले विशेष सूचनाका आधारमा घटनास्थलसम्म पुगेको जानकारी पनि दिएको छ। ‘हामीलाई सो गेस्ट हाउसको पार्किङमा रहेको गाडीमा रक्तचन्दन छ भन्ने सूचना आयो, सोहीअनुसार छापा मार्दा फेला परेको हो र उनीहरू पक्राउ परे,’ परिसरका प्रवक्ता सिंहले भने। राजधानीमा लामो समयपछि प्रहरीले रक्तचन्दन बरामद गरेको हो । प्रहरीका अनुसार ढल्कुकै गोरखा अस्पतालअगाडि बा१च ९२८३, बा१च ५०२० नम्बरको टोयोटा गाडीमा रक्तचन्दन राखेर पार्किङ गरिरहेका थिए, राजधानी दैनिकमा खबर छ ।
प्रहरीले बा१च ९२८३ नम्बरको गाडीको डिकीको इन्धन राख्ने ट्यांकीजस्तो बनाई भित्र खुला गोलो दाना बनाएको ३४ केजी, बा१च ५०२० नम्बरको गाडीभित्र खरानी रङको सिलिक झोलाभित्र १० पोका सेतो प्लास्टिकमा पोका पारेको गोलो दाना भएको रक्तचन्दन ६ केजी र उमेश भन्ने अमर श्रेष्ठको डेराबाट रातो झोलाभित्र लुकाई–छिपाई राखेको अवस्थामा साढे २५ केजी रक्तचन्दन बरामद गरेको थियो । उनीहरू रक्तचन्दन तातोपानी लैजाने पेसेवर भरिया भएको प्रहरीले दाबी गरेको छ । ‘उनीहरूको अवस्था हेर्दा यसअघि पनि धेरै पटक रक्तचन्दन लगेको आशंका हामीले गरेका छौं,’ डीएसपी सिंहले भने । उनका अनुसार सबै तस्करीका लागि तयार गरिएका रक्तचन्दन गुच्छा आकारमा छन् ।

राप्ती साहित्य परिषद्ले १४ स्रष्टालाई सम्मान गर्ने

                      दाङ । राप्ती साहित्य परिषदले आफ्नो ३७औं वार्षिकोत्सवकाा अवसरमा राप्तीका १४ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । परिषद्द्वारा गठित प्रतिभा छनौट समितिको सोमबार घोराहीमा बसेको बैठकले संस्थामा स्थापित विभिन्न पुरस्कार एवम् सम्मान गर्नका लागि स्रष्टाहरुको नाम छनौट गरेको हो ।
                    आगामी बैशाख २१ गते दाङको घोराहीमा हुने परिषद्को वार्षिक समारोहमा सम्मान तथा पुरस्कृत गरिने परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीले बताउनुभयो । उदासीका अनुसार राप्ती साहित्य पुरस्कारबाट दाङकी साहित्यकार बुनु लामिछानेलाई प्रदान गरिने भएको छ भने राप्ती सिर्जना पुरस्कार ‘युद्धभित्रका संस्मरण’ नामक कृतिका लागि प्यूठानकी सीता विक र ‘गजल गुञ्जन’ नामक गजल संग्रहका लागि हापुर दाङका सुशील गौतमलाई प्रदान गरिने भएको छ ।
                          त्यसैगरि दिलसरि–दल अतिरिक्त पुरस्कारबाट रोल्पाका क्षितिज मगर, विष्णुनुमा साहित्य पुरस्कारबाट सल्यानकी विष्णु शर्मा, नन्दहरि साहित्य पुरस्कारबाट दाङदेउखुरीका शिवराज पन्थी, डोमादेवी साहित्य पुरस्कारबाट रझेना दाङका सुशील गौतम, ऋषिलक्ष्मी साहित्य पुरस्कारबाट दाङका नवराज रजौरे र देवीचन्द्र साहित्य पुरस्कारबाट दाङका सुरेशसुमन डाँगीलाई पुरस्कृत गरिने उदासीले जानकारी दिनुभयो ।
त्यस्तै, अपामुकुन्द प्रज्ञा पुरस्कार दाङदेउखुरीका हरि पोख्रेल, गोपालचन्द्र प्रज्ञा पुरस्कार दाङका टीका बस्नेत, गोमा देवकोटा स्मृति कला पुरस्कार दाङदेउखुरीका नीमबहादुर थापा र खोवीलाल हुकुमादेवी छन्द साहित्य पुरस्कार रोल्पाका प्रेमप्रकाश मायालु जीएमलाई प्रदान गरिने भएको छ ।
                     त्यसैगरि परिषद्ले रोल्पाका नारायणप्रसाद सुवेदी, दाङका ऋषिराम रेग्मी र रोल्पाका नवीन विभासलाई सम्मान गर्ने भएको छ । अग्रज साहित्यकार गिरिराज शर्माको सयोजकत्वमा गठीत पाँच जनाको छनौट समितिमा साहित्यकारहरु उत्तमकृष्ण मजगैंया, सूर्यनाथ सापकोटा, डा.कृष्णराज डिसी र टीकाराम उदासी रहनुभएको थियो ।

मेरो नेपाल कहाँ छ ?

–ग्याम्जो लामा

दिन प्रतिदिन
मेरो स्वभिमानमा आँच पुगेको छ,
क्षण–क्षणमा म
अपमानका भारी बोकीरहेको छु,
पल–पलमा म
मानवता देखि टाढिदैं छु,
हरेक दिन
म मरिरहेको छु,
तर,
मेरो देश बेखवर छ,
वास्तै छैन
मेरो देश,
अर्थात
मेरी  आमा कता हराईन ?
थाहा छैन
मेरो स्वाभिमान गुमिरहेको खबर
अपमानका भारि बोकेको खबर
मानवता देखि टाढिएको खबर
मैले पठाए कै थिएँ,
तर
एउटा जवाफ पनि पाईन मैले
त्यसैले
मेरो नेपाल कहाँ छ ?
कता पर्छ ?
सोध्छु
खोज्छु
छाम्छु
अहाँ कतै भेटाएन मैले
लौन
विन्ती छ
मेरो नेपाल खोजौं
सम्मानको नेपाल
स्वाभिमानको नेपाल
मानवताको नेपाल ¤
    ५ अगस्त २०१२

माओवादी अध्यक्ष प्रचण्ड स्वदेश फिर्ता

             काठमाडौँ, १७ वैशाख । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमण नेपाल र भारतबीच द्विपक्षीय सम्बन्ध वितार गर्न सफल भएको बताउनुभएको छ । 
भारतको चार दिने औपचारिक भ्रमणबाट फर्कने क्रममा मंगलबार त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रमणले दुई देशबीच विश्वासको आधार तयार पारेको बताउनुभएको हो । आफूले नेपालको राजनीतिक स्थिरता र विकासका लागि लगानी गर्न आग्रह गरेको र त्यसमा भारतीय नेताहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रचण्डको भनाइ थियो । प्रचण्डले आफूले नेपालको जलविद्युत र लुम्बिनी क्षेत्रको विकासमा लगानी गर्न नेपाल, भारत र चीन मिलेर लगानी गर्न आग्रह गरेको जानकारी दिँदै उहाँले प्रत्युत्तरमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको प्रचण्डले जानकारी दिनुभयो । 
            नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीसम्बन्धी आफ्नो प्रस्तावलाई भारतीय नेताहरूले सकारात्मक रुपमा लिएको चर्चा गर्दै प्रचण्डले भारतीय पक्षबाट पहिला द्विपक्षीय साझेदारीमार्फत त्रिपक्षीय साझेदारीको वातावरण बनाउन सकिने धारणा आएको पनि जानकारी दिनुभयो । आफूले जलस्रोत र लुम्बिनीको विकासमा मिलेर लगानी गर्न आग्रह गरेको उहाँले उल्लेख गर्नुभयो । ‘मेरो भारत भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारका हिसाबले सफल र महत्वपूर्ण रह्यो’, प्रचण्डले भन्नुभयो, ‘नेपालको राजनीतिक स्थिरता र विकासमा लगानी गर्न भारत सकारात्मक रहेको पाएको छु ।’ 
भारतको नेपालमा जतिसक्दो छिटो निर्वाचन होओस् भन्ने चाहना रहेको आफूले बुझेको प्रचण्डको भनाइ थियो ।  प्रधानमन्त्री मनमोहन सि.हले मंसिरमा निर्वाचन हुने नहुनबारे चासो राखेको र जवाफमा आफूले मंसिरमा निर्वाचन सम्भव रहेको बताएको उहाँले बताउनुभयो । यस्तै संघीयतामा जाँदा भाषिक आधारमा जोड दिन सुझाव आएको पनि प्रचण्डले जानकारी दिनुभयो । आफ्नो भ्रमणलाई भारतले माओवादी पार्टीको व्यक्तिगत भ्रमणभन्दा मुलुककै पतिनिधिको भ्रमणका रुपमा महत्व दिएर सद्भाव र सम्मानपूर्वक व्यवहार गरिएको बताउनुभयो । आफूलाई दिएको सम्मान सबै नेपालीको गर्वको विषय भएको पचण्डले बताउनुभयो । 
            शनिबार दिल्ली प्रस्थान गर्नुभएका अध्यक्ष प्रचण्डले भारतमा रहँदा प्रधामनन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार शिवशंकर मेनन, नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीका अध्यक्ष एवम् सत्तारूढ नेसनलिस्ट कंग्रेसका महासचिव डिपी त्रिपाठी, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, लोकसभामा विपक्षी दलकी नेतृ शुष्मा स्वाँराज तथा कंग्रेस आईका विदेश विभाग प्रमुख करण सिंह, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र विदेशसचिव रञ्जन मथाइसँग भेटवार्ता गर्नुभएको थियो । 
ती सबै भेटका क्रममा भारतीय नेताहरूले एकीकृत माओवादीलाई हेर्ने आफूहरूको दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको बताएका थिए ।

खुशी हुँदै फर्के नैपाली कामदारहरु

–डिलबहादुर थोकर
               क्वालालम्प’र मलेशिया/कमाएर घरपरिवारलाई सुख सुविस्तामा राख्नै सपना बोकेर विदेश छिरेका जो कोही मान्छे नकमाईकनै घर फर्किनु पर्दा कति पीडा हौला ? यौ कुरा सबैलाई थाहा भएकै कुरा हो । तर विभिन्न मेनपावर मार्फत रौजगारको लागि मलेसियाको इपो राज्य अन्तर्गत टाइपीङकौ कामुन्टीङमा रहेको इभर थ्रो रवर प्रोडक्शन कम्पनीमा आएका चार नेपालीहरु भनै एक वर्ष भित्रमै नेपाल फर्किन पाउँदा खुशी हुँदै फर्केका छन् ।
    सरी फर्किनैहरुमा सिग्मा मेनपावर काठमाडौंबाट आएका इटहरी–२, सुनसरी निवासी चन्द्र वर्देवा, थडाई औभरसिज प्रालिबाट आएका तलाखु–७, नुवाकौट निवासी केशव तामाङ र हुति–७, दार्चुला निवासी धनसिं दामी तथा अशुतौष मेनपावर नयाँ वसपार्कबाट आएका मनहरी–२, मकवानपुर निवासी शुकुम मौक्तान रहेका छन् ।
मेनपावर कम्पनीहरुले ठूलै प्रलोभन देखाएर पठाएपनि मलेसिया आईपुग्दा त्यौ सपना चक्नाचुर भएको नेपाल फर्केका नैपालीहरुको भनाई छ । उक्त मैनपावर कम्पनीहरुले कमसेकम १ हजार ५० मेलेसियन पैसा तलब पाउने प्रलोभन देखाएर पठाएको तर यहाँ आए पछि त्यो नपाए पछि त्यति नै खेर नेपाल फर्किनै योजना बनाएको उनीहरुले बताए । तर त्यो सम्भव नभएपछि एक वर्षमा फर्किन पाउँदा उनीहरु खुशी भएका हुन् । आफूहरुलै मैनपावर कम्पनीहरुमा कयौं पटक सम्पर्क गरै पनि मेनपावर कम्पनीहरुले वेवास्त गरेको उनीहरुको भनाई थियौ ।
    वदेशमा अब कहिल्यै नआउने बताउँदै उनीहरुले अब नेपाल मै केही गर्ने यौजना समेत रहेको बताए । यी चारजना नैपाली कामदारहरु माध्येमा शुकुम मोक्तान र चन्द्र बहादुर वर्देवा मेडिकल फेल भएर फर्केका हुन् भनै अरु दुई जना भनै उल्टै कम्पनीलाई करिब नैपाली रुपौयाँ ४० हजार रुपैयाँ तिरेर फर्केकौ सोही कम्पनीमा कार्यरत कुलबहादुर मगरलै बताएका छन् । मगरका अनुसार मेडिकल फेलभएका दुई जनालै समेत एक महिनाको तलब काटेर दिनुपरेको बताएका छन् ।
    कम्पनीमा काम नराम्रो भएको र मेनपावर कम्पनीहरुले आफूहरुलाई झुक्याएकौ भन्दै यस कम्पनबाट नेपालीहरु फर्किनै क्रममा धेरैरहेको त्यस कम्पनीमा काम गर्ने मजदुरहरुलै बताएका छन् ।

तीन दिने लिडरशिप क्याम्प सम्पन्न

–अञ्जली तामाङ
                जोहोर/जोहोर नेपाली क्रिश्चियन फलोशिप मलेशियाको आयोजनामा मलेशियाको जोहोरबारुको कोता तिड्डीमा तीन दिने  लिडरशिप क्याम्प सम्पन्न भएको छ ।
             गत अगस्त १९, २० र २१ तारिखमा भएको उक्त क्याम्पको उद्घाटन कार्यक्रमका मुख्य वक्ता एवं रेभ. श्री डी.के. दानियलले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा रेभ. दानियलले आत्मिक जीवन र संसारीक जीवनकोबारेमा प्रकाश पार्नुहुँदै संसारीक जीवन क्षणिक र आत्मिक जीवन अनन्त जीवन भएको उल्लेख गर्नुभयो । साथै पापबाट मुक्ति र अनन्त जीवन पाउन प्रभू यशूलाई हृदयबाटै ग्रहण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मुख्य वक्ता रेभ. डी.के. दानियलका साथै पा. दावा, पा. भक्त, पा. जेम्स लगायतले क्रिश्चियन धर्मकोबारेमा बचन दिएका थिए ।
                प्रत्येक वर्ष मलेशियामा चाइनीज न्यू इयर र हरिरायको छुट्टीमा यसरी कार्यक्रम गर्दै आएको कार्यक्रमका अध्यक्ष पा. झक्तले जानकारी दिए । मलेशियाको जोहोरवारु क्षेत्रका १४ वटा चर्च मण्डलीबाट भाग लिएका उक्त कार्यक्रममा नेपालबाट बैदेशिक रोजगारको लागि मलेशियामा आएका करिब ५ सय जना नेपाली क्रिश्चियनहरुको उपस्थिति रहेको थियो ।

“उडायो सपना सबै हुरीले”

-डिल बहादुर थोकर
                       मलेशिया÷“उडायो सपना सबै हुरीले................... ” कुनै समयमा नेपाली एक गायकले गाएको यो गीत मलेशियामा रोजगारका लागि आएका अधिकंश नेपाली मजदुरहरुको जीवनमा चरितार्थ भएको छ ।रोजगारको लागि पठाएका मेनपावर कम्पनीले भनेको तलब र मलेशिया स्थित कम्पनीमा पाउने गरेको        तलबमा निक्कै भिन्नता पाएपछि माथिको गीतसँग उनीहरुको जीवनमामेल खान पुगेको हो ।
                  यसैबिच मलेशिया स्थित पेराक राज्य अन्तर्गत पर्ने टाईपीङमा रहेको इभर थ्रो रवर प्रोडक्टस कम्पनीमा आएका प्राय नेपाली श्रमिकहरुको जीवन पनि माथिकै गीतसँग मेल खान पुगेको छ । ती नेपाली श्रमिकहरुलाई विभिन्न मेनपावर कम्पनीहरुले एक वर्ष अघि यहाँ पठाएका थिए । उक्त रवर कम्पनीले काठमाडौंको एयरपोर्ट नजिक रहेको अस्मिता इन्टरनेशनल ओभरसिज प्रा.लि.लाई नेपाली कामदारहरु पठाउन अनुरोध गरेको थाहा भएको छ । कामदार पाठाउन मुख्य जिम्मा अस्मिता मेनपावरले पाएको भए पनि काठमाडौंमा रहेका आधा दर्जन मेनपावर कम्पनीहरुले त्यस रवर  उद्योगमा मजदुरहरु पठाएका छन् । उक्त मेनपावरहरुले नेपाली कामदारहरुलाई ११ घण्टा काम गरैबापत कमसेकम १ हजार ५४ आर.एम. पाउँछ भनेर पठाए पनि यहाँ भने ठीक उल्टो भएको ती पिडीत कामदारहरु बताउँछन् । आर.वी.रीक्रुइटमेन्ट  सर्भीस प्रा.लि. चावहिलबाट यहाँ आएका छिनामखु–८, भोजपुरका चित्र बहादुर कार्कीका अनुसार उक्त मेनपावर कम्पनीका एजेण्ड र म्यानेजरले  प्रति महिना कमसेकम १ हजार ५४ आर.एम. पाउनेमा विश्वस्त पारेका थिए । त्यसपछि कार्कीसँगै रहेका १५ जनाबाट प्रतिव्यक्ति नेपाली रुपैयाँ ९५ हजार लिएका थिए । नेपालबाट उड्ने दिनमा उक्त मेनपावर कम्पनीले उनीहरुलाई ९ सय ३ आर.एम.मा संझौता गराएका थिए । एक महिना भित्रमा तलब बढ्ने आश्वसान दिएको कार्कीको भनाई छ । “अहिलै एक वर्ष भयो ५ सय ४० आर.एम. मात्र लिएका छौं ।”  कार्कीलै भने ।
                        त्यसैगरि सामाखोसीमा रहेको ह्युम्यान रीसोर्स प्रालि मार्फत आएका २८ जना नेपालीहरुको कथा पनि उस्तै छ । उनीहरुका अनुसार त्यस मेनपावरका  एजेण्ड चुकाई यादव र ध्रुव गणले उनीहरुलाई झुक्याएको आरोप छ । त्यस मैनपावरले पनि १ हजार ५४ आर.एम. तलब पाउँछ भनेता पनि कामदारहरुलाई ९ सय ३ आर.एममा  संझौता गर्न लगाएको बताएका छन् । “१ महिना भित्रमा बढ्ने आश्वशान कम्पनीका डाइरेक्टरले दिएको तर यहाँ आएपछि मात्र थाहा भयो कि त्यो सबै झूट रहेछ ।” त्यस मेनपावर कम्पनीबाट आएका पाली–१, नवलपरासीका गोपाल शर्माले बताए । 
                   यसैबीच कामदार पठाउने अवसर पाएका काठमाडौंको एयरपोर्टमा रहेको मुख्य मेनपावर कम्पनी अस्मिता इन्टरनेशनल अभरसीज प्रा.लि.ले पनि कामदारहरुलाई झुक्यएको छ । त्यस कम्पनीले पनि प्रति महिना तलब १ हजार ५४ आर.एम. पाउँछ भनेकोमा कामदारहरुले उक्त मेनपावरलाई पैसा बुझाई सकेपछि ९ सय १५ आर.एम. मा संझौता गराएको हर्नामाडी–५, मकवानपुरका भक्तबहादुर गोलेले बताए । “तर सबै झूट रहेछ ।”–गोलेको आरोप छ । “आफ्नै मान्छेले मलाई फसाए ।” गोलेले निराश हुँदै भने । उनलाई छतिवन गाविस अन्तर्गत तीनतले निवासी बीरबहादुर थिङले मेनपावर कम्पनीमा ल्याएको उनले बताए । आफूहरु दुःख गरेर पैसा कमाउने सपना बोकेर विदेश आएकोमा यसरी फस्न  गएकोले सपना नै चक्नाचुर भएको गुनासो उनीहरुको छ । एकातिर ओभर टाईम नहुनु अर्को तिर बेसिक तलबमा पनि प्रति महिना ६ आर.एम. काटेपछि श्रमिकहरुलाई झन् चिन्तित बनाएका छ । त्यतिमात्र होइन नेपाल स्थित मेनपावर कम्पनीहरुले यहाँ मेडिकल र इन्सुरेन्सको लागि कुनै शुल्क लाग्दैन भनेता पनि कम्पनीले भने प्रति वर्ष मेडिकलको आर.एम. १ सय ८० र ईन्सुरेन्सको नाममा आर.एम.१ सय २० तिर्नुपर्ने श्रमिकहरु बताउँछन् । साथै कम्पनीमा पिउने पानी समेत किनेर खानुपर्ने बाध्यता रहेको उनीहरुले बताए । 
                        यस अघि यो कम्पनीमा आएका ५० जना नेपाली कामदारहरु कम्पनी छोडेर भागेको थाहा भएको छ । “हामी साहुको ऋणकाटेर आएकोले ऋण कसरी  तिर्ने र घरपरिवारलाई कसरी खर्च पठाउने ?” –उनीहरुको प्रश्न छ । ती मेनपावर कम्पनीहरुले कामदारहरुलाई नेपाली रुपैयाँ ८५ हजार देखि १ लाख १३ हजारसम्म लिएका छन् । हुन पनि यसरी नेपाली कामदारहरुलाई मनपरि ढंगले फसाउदै आएका  मेनपावरहरुलाई कस्ले कार्वाही गर्ने ? यो प्रश्न आज मात्र उठेको प्रश्न  भने होइन । यो प्रश्न उठेको र उठाएको धेरै वर्ष भईसकेको छ । मुलुकको युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउनुपर्नेमा राज्य उल्टै यस्ता  समस्याहरु प्रति बेवास्त जनाउनु भनेको राम्रो संकेत अवश्य पनि होइन ।  साथै मलेसिया स्थित नेपाली राजदूताबासले पनि आफ्नो देशका  कामदारहरुको अवस्था कस्तो छ र समस्या के छ भनि गरेको बेवास्तताले पनि राज्य  आफ्नो नागरिकहरु प्रति कति गैरजिम्मेवार रहेछ भनि मान्न सकिदैन र ?

दोष आफ्नै भाग्यकोः कोली


–डिलबहादुर थोकर
             मलेशिया । सपना सबैको हुन्छ तर अनेक मान्छेका आ–आफ्नै सपनाहरु हुन्छन् । तर सपना पूरा हुन्छ या हुँदैन त्यो भने जसले देख्छ उसैलाई थाहा होला । तर पनि मान्छेले बाँचुन्जेल अनेक खालका सपनाहरु देख्छन् । कतिपय सपना पूरा होलान त कतिपय पूरा नहुँदै जीवन सकेको हुन्छन् ।
त्यस्तै आफ्नो देशमा रोजगार नपाएर विदेशीन बाध्य भएका युवाहरुको त सपना नहुने भन्ने त कुरै हुन्न । हुन पनि विदेशमा अर्काको काम गरेर पैसा कमाउने पिडा उसैलाई मात्र थाहा होला जसले विदेशी भूमिमा पसिना बगाएका छन् । तर विदेशिनुको कुनै अनुभव नभएकाहरुले सोचिरहेका हुन्छन् कि विदेशमा त पैसा रुखमा टिप्न पाइन्छ । यस्तै सपना देख्दै आफ्नो यौवन अवस्थाकी प्यारी जीवन साथी र दुई नावालक छोरालाई घरमा छोडेर भविष्य खोज्दै सुखमय जीवनको गोरेटो खन्न मलेशियामा आईपुगेका छन् एक नेपाली युवा श्रमिक ललितराम कोली ।
                            नेपालमा छाँदा सामान्य खेतीपाती  गर्ने दार्चुला जिल्ला, धाप गाविस –६, धापका २८ वर्षिय कोली आफ्नो सपना पूरा गर्न २ चोटी मलेशिया छिरिसकेका छन् । पहिलो पटक उनी मलेशियामा २०५८ असोज १४ गते आएका थिए । त्रिशक्ति ओभरसिज नयाँ बानेश्वरबाट आएका कोली मलेशियाको जोहोरबारु स्थित पासेरबुटनमा एक इलेक्ट्रोनिक कम्पनीमा काम गर्थे । “कमाइ राम्रै थियो । पैसा पनि राम्रै कमाए पछि अढाई वर्ष बसेर म मातृभूमि नेपाल फर्के ।” कोली बताउँछन् । नेपाल फर्केपछि अर्काको देशमा कहिले पनि नफर्किने उनको योजना रहेछ । मलेशियामा कमाएको पैसा उनले एउटा यात्रु बाहक वसमा पर्टनरशिपमा लगानी गरेका थिए । आम्दानी दुवै जनाको राम्रै थियो । तर दिनहरु वित्दै जाँदा दुईजना विचमा अन्तरविरोध जन्मिन थालेपछि कोलीले भने गाडि छोडेर फेरि विदेशिने योजना बनाए । उनका अनुसार कमाई राम्रै भएपनि एकापसमा नमिल्ने भएपछि छोड्नुपर्ने बाध्यता भएको रहेछ ।
            मलेशियामा पैसा कमाएर एक्लैले गाडि किन्ने उदेश्यका साथ कोली फेरी २०६७ सालमा थर्डआई मेनपावर, सिनामंगलबाट मलेशियाको इभर थ्रो रवर प्रोडक्शन कम्पनीमा आइपुगे । प्रति महिना मलेशियाको पैसा कम्तीमा १ हजार ५० पाउँछ भनेर मेनपावरले पठाए पनि यहाँ आए पछि उनको सपना तुहिइएको छ ।  किनकी मेनपावरले भने जस्तो नत कम्पनी राम्रोसँग चले नत कमाई नै राम्रो भयो । नेपाल फर्केर गाडी किन्ने कुरा त परै जाओस घर व्यवहार चलाउन समेत धौ–धौ छ उनलाई । कमाई नभएपछि घर खर्च चलाउन समेत गाह्रो भईरहेको उनको भनाई छ । यहाँ आएपछि मन खिन्न भएको बताउँछन् उनी । “मन खिन्न भएको छ, सारै दुखि छु ।” उनी बताउँछन् । कमाइ राम्रो नभएपछि घर फर्किने योजना बनाएका उनले कम्पनीले करिव नेपाली रुपैयाँ ७० हजार मागेपछि जसरी पनि ३ वर्ष कटाएर जाने योजना उनको छ ।
नेपाल फर्केर पनि के गर्ने भन्ने कुरामा उनी अनविज्ञ छ । “नेपाल फर्केर पनि अब के गर्ने–गर्ने सोच्नै सकिरहेको छैन ।” उनले भने– “एकचोटी विदेशिय पछि बारम्बर किन विदेशिदो रहेछ भन्ने लाग्थ्यो कारण त यस्तो पो रहेछ । अब म पनि कुनै काम गर्न नसके विदेशिनु पर्ला ।” तर पनि उनलाई विदेशि पिडा भन्दा नेपाली माटो नै प्यारो भएको बताउँछन् ।फेरि विदेशिनुमा उनको रहर भने एकरति पनि होइन । यो उनको बाध्यता हो । यसरी आफूले दुःख पाउनुमा कसैको पनि दोष उनी देख्दैनन् । आफ्नै भाग्यको दोष देख्छन् । जनता प्रति राज्यले के गर्नुपर्ने हो उनलाई थाहा छैन । साथै नेपालका सबै मेनपावरहरुले श्रमिकहरुको बाध्यता र दुःखको फाईदा उठाउँदै बैधानिक रुपमा मानव तस्कार गरेको उनको आरोप छ । त्यस्ता मेनपावर र त्यसका सञ्चालकलाई नेपालको कानÒन नलागेकोमा उनलाई दुःख लागेको छ ।
                            विदेशमा रहेका श्रकिहरुले विदेशि भूमि टेके पछि यहाँकै रमझममा फसिरहेकामा उनलाई राम्रो नलागेको बताउँछन् । विदेशिएका श्रमिकहरुलाई विदेशमा कमाउन गाह्रो छ त्यसैले पैसाको बचत राम्रोसँग गरेर घरपरिवारको समस्या टार्न सल्लाह दिन्छन् उनी ।
                      राजनीतिमा नलागे पनि राजनीतिको चासो रहेका उनलाई नेपालको हालको राजनीतिक अवस्था देखेर झनै मन मरेको उनको भनाई छ । “नेपालमा नयाँ संविधान आउने भो भनेर कति आशा गरेको थिएँ के गर्नु हाम्रो आशालाई निराशामा बदल्दियो नेताहरुले ।” नेताहरुले जनतालाई नयाँ संविधान नदिए हामी आफैले बनाउनु पर्ने उनलाई लागेको छ ।
                जे होस कोली जस्ता उर्जाशिल र मिहिनती युवाहरु मलेशियामा लाखौं छन् । सबैको पिडाको प्रतिनिधि उनले शायद गर्न सकिदैन होला । तर पनि उनको पिडाले राज्य र राजनीतिक पार्टीका नेताहरुलाई भने दया पलाउनु पर्ने हो । कोली जस्तै नेपाल आमाका सन्तानहरुको रगत, पसिना र सहयोगले राज्यले करोडौं रुपैयाँ राजस्व उठाउन पाए पनि अब त राज्यले उनीहरुको लागि पनि केही सोच्नु पर्ने होइन र ? उनीहरुको भोटले राज्यको कुर्सीमा बस्न पाएका नेताहरुले कहिले बुझ्लान त नेपाली युवाहरुको बेथा ?किनकी युवा भनेको देशको उर्जा हो, निर्माण हो, विकास हो, अनि शाक्ति हो । यसलाई सम्बन्धित निकायलेबास्तविक रुपमै बुझ्लान त ?

एउटा पत्रकार मजदुर हुन सक्छ तर एउटा मजदुर पत्रकार हुन गाह्रो हुन्छ - डिलबहादुर थोकर ग्याम्जो, पत्रकार तथा सचिव, प्रगतिशील प्रवासी श्रमिक मञ्च, मलेसिया


प्रवासमा मजदुरहरुको केन्द्रीय सचिव जस्तो गरिमामय पद सम्हाल्नु भएको छ भनिन्छ यथार्थ के हो ?
एकदमै सही कुरा थाहा पाउनु भएछ । प्रगतिशिल प्रवासी श्रमिक मञ्च, मलेशियाको केन्द्रीय सचिवको जिम्मा साथीहरुले दिनुभएको छ । मलेशियामा रहेको ७ लाख नेपालीहरुमा कैयौं नेपालीहरु सहाराविहन, आफ्नो अधिकार क्षेत्रकोबारेमा बेखवर, अनेक समस्याले झेलीरहेका छन् । सबै समस्याहरुलाई केन्द्रीकरण गर्ने, यहाँको स्थानीय संघ–सँस्था, टेडयूनियन, बारयशोशियसन, राजदुतावास आदिको माध्यमबाट हल गर्ने उद्धेश्यले करिब ८ वर्ष अघि देखि अस्तित्वमा रहेको संगठन हो यो । साथै हामीले संगठित ढंगले नेपाली युवा शक्तिलाई बाहिरीनबाट रोक्नका लागि सरकारलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गर्न दवाव सिर्जना गर्न पनि यो संगठनको आवश्यकता देखियो । त्यसैले यसलाई हामीले निरन्तरता दिँदै अगाडि बढाइरहेका छौं । यसैविचमा गत डिसेम्बर १६ तारिखका दिन क्वालालम्पूरमा भएको पाँचौं ऐतिहासिक राष्टिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको थियो

विदेशि भूमिमा बसेर पनि संगठित हुनु भएको छ कतिको सजिलो छ ?
–पक्कै पनि विदेशी भूमिमा बसेर संगठित हुन त्यति सजिलो छैन । विदेशमा सबै श्रमजीविहरु जेलमा थुनेको जस्तै भएर बस्न बाध्य छन् । समयलाई आफ्नो अनुकुलतामा बदल्न धेरै गाह्रो छ । समय मिलाउन गाह्रो हुन्छ । तैपनि समय मिलाएर निश्चित समय भित्र हामी संगठित हुने र हाम्रो समस्याहरुलाई केन्द्रीकरण गर्ने गरेका छौं । अनि समस्या समाधान गर्नका लागि निश्चित साथीहरुलाई जिम्मेवारी दिएका छौं । त्यहीं अनुसार समाधान पनि गर्दै आएका छौं । जे होस जस्तो सुकै प्रतिकुल्ता भए पनि हामी संगठीत भएका छौं । त्यहीं नै ठूलो कुरा हो भन्ने लाग्छ ।
संगठनका योजनाहरु के के छन् त ?
–मुलुक यतिखेर अत्यन्तै जोखिम अवस्थामा छ । मुलुकको यस्तो परिस्थितिमा पनि पश्चागामी राजनीतिका धार बोकेका पुरानो पार्टीहरुले आज मुलुक प्रति जिम्मेवार देखाउनु भन्दा पनि लापरवाही गरिरहेका छन् । त्यसको परिणाम भनेको लाखौं युवा जनशक्ति विदेशिन बाध्य हुनु हो । यसरी विदेशिन बाध्य भएका श्रमजीविहरुलाई व्यवस्थित र सुसंगठित बनाउँदै मुलुक प्रति जिम्मेवार बनाउने, विदेशि भूमिमा आफ्नो अमुल्य श्रम बेचेर घरपरिवार चलाउन बाध्य युवाहरुलाई देश प्रति चिन्तित बनाउने, विदेशि भूमिमा रहनुपरे पनि आफ्नो अधिकारकोबारेमा सबै श्रमजीविहरुलाई सचेत गराउने, विदेशमा काम गर्न आएका श्रमजीविहरुको सुरक्षा, मुलुकमा नै रोजगारको सिर्जना, समृद्धशाली नेपाल बनाउन नेपाल सरकारले ठोस कार्यक्रम ल्याएर युवा शक्तिलाई सही ठाउँमा प्रयोग गर्न नेपाल सरकारलाई दवाव सिर्जना गर्ने छौं । प्रवासमा रहुन्जेल संझौता अनुसार सुविधा नपाउनेलाई कानुनी तरिकाले दिलाई दिने पनि हाम्रो योजना हो । यतिखेर हाम्रो संगठनले श्रमजिविहरु माथि भएका सबैखाले ज्यादतीको विरुद्धमा कानूनी तरिकाले अगाडि बढिरहेका पनि छौं । यो प्रयास जारी नै रहन्छ । साथै खास गरिकन संगठनले अब विदेशमा रहेर पनि आफ्नो देशको परिवर्तनको पक्षमा आफूलाई सधैं उभ्याउने, यहाँ आउनुभएका सबै श्रमजीविहरुको हरेक प्रकारको अधिकारको सुरक्षा र प्रत्याभूति गराउने हाम्रो योजना छ ।

मलेशियामा नेपालीहरुको अवस्था कस्तो छ ?
–यहाँको अवस्था देख्दा मानवियता भन्ने कुरै यहाँका मालिकहरुले नबुझेको जस्तो लाग्यो । जति नै आत्मसम्मानमा आँच पुगेपनि, जति नै दुःख कष्ट भएपनि सहेर बस्नु बाहेक अर्को विकल्प छैन । नेपालको मेनपावरहरुले हामी श्रमजीविहरुलाई एउटा सपना देखाउँछन् । हामी बेरोजगार र अभावमा रहेका श्रमजीविहरु दलालहरुको कुरामा सजिलै विश्वास गरेर विदेशमा जान्छौं । तर यहाँ आइपुगेपछि मेनपावरले देखाएको सपना चक्नाचुर हुन्छ । उसले भनेको भन्दा पनि विपरीत । एउटा कम्पनीमा भनेर पठाउँछन् तर अर्को कम्पनीमा काम गर्न लान्छन् । नेपालमा भनेको जति तलब सुविधा केही हुँदैन । सवाल उठाएमा कम्पनीले दिने गरेको अलि अलि सुविधा समेत कटौती गर्दै मानसिक यातना दिन थाल्छन् । चुपचाप बस्नु बाहेक अर्को विकल्प छैन । यसो भएर कैयौ नेपाली श्रमिकहरुले आत्महत्या गर्ने, मानसिक सन्तुलन गुमाउने गरेका छन् । भरखरै पनि एउटा कम्पनीमा कार्यरत तराई मूलका एक नेपालीले २ वर्षमा समेत ऋण तिर्न नसक्दा मानसिक सन्तुलन गुमाउन पुगेको छ । जसलाई नेपाल फिर्ता गरिसकेका छन् । चरम श्रमशोषण त छँदै छ साथै सुरक्षा पनि छैन । बाध्यताले थिचेपछि चुपलागेर बस्नु बाहेक अर्को विकल्प नै छैन ।
मेनपावर कम्पनीहरुले नेपाली कामदारहरुलाई ठगीदै आएको चर्चा जहिले पनि चलिरहेका छन्
वास्तविकता के रहेछ त ?
–प्राय जसो मेनपावर कम्पनीहरु मानव तस्कारको बैधानीक निकायका रुपमा रहेका छन् भन्दा कुनै फरक पर्दैन । आफ्नो पैसाले आफै बेचेर आउनु पर्ने बाध्यता भएका श्रमिकहरुलाई झुक्याउने कुरा त सामान्य नै भइसकेको छ । न्यूनतम तलब मलेशियामा ५ सय ४६ रिंगेट हो । तर मलेशिया आएपछि ४ सय ८१ रिंगेट मात्र पाउने समस्या त अझै छ । अनि अहिले श्रमिकहरुलाई ठग्न उनीहरुलाई झन धरै सजिलो भएको छ । किन भने मलेसिया सरकारले गत जनवरी १ तारिख देखि सबै श्रमिकहरुको न्यनतम तलब ९ सय रिंगेट लागु गर्न सबै कम्पनीहरुलाई निर्देशन दिइसकेका छन् । एकाध कम्पनीहरु बाहेक अरु कम्पनीहरुले यो लागु गरेका छैनन् । लागु गरे पनि ओभर टाईम दिइरहेको छैन । जसको कारणले ९ सय रिंगेट भन्दा धेरै कमाउने श्रमिकहरुको लागि धेरै घाटा भएको छ । साथमा अब श्रमिकहरुबाट लेवि लिने कुरा पनि चलिरहेको छ । तलबको बृद्धिसँगै दलालहरुले न्यूनतम ९ सय रिंगेट भइसकेको सुनाउँदै पैसा धेरै असुल्ने गरेका छन् । १ लाख ५० हजारसम्म पैसा लिएको हामीले थाहा पाएका छौं । त्यसैले दलाल र मेनपावरहरुको फसाउने जालमा कुनै पनि श्रमिकहरु पर्नु हुँदैन । यदि कसैलाई ठगेको छ भने हाम्रो संगठनलाई जानकारी दिएमा हामी आवश्यक प्रक्रिया अगाडि बढाउने पनि छौं । वास्तविकता बुझेर मात्र विदेशमा जाँदा राम्रो हुन्छ । तर मलाई नेपाल सरकारको गैर जिम्मेवारीपना देख्दा सारै दुःख लाग्छ । मेनपावर कम्पनी र उसका दलालहरुलाई सरकारले छानविन गरेर कार्वाही गर्नुपर्नेमा अझ बढी मेनपावरहरु बढाउन सरकारले अनुमति दिइरहेको छ । मलेसियामा रहेका ७ लाख नेपालीहरुको पसिनाको सरकारले किन अबमुल्यन गरेको होला ?

अब प्रसंग पत्रकारितातिर मोडौं है त अब पत्रकारीता छोड्ने हो ?
हेर्नुहोस पत्रकारिता छोड्ने त प्रश्नै उठदैन । किनकी आजको युग भनेको सूचना–संचारको युग हो । दुनियाँ बदल्ने कुनै शक्ति छ भने त्यो सञ्चार मात्र छ । सन्दर्भ र स्थानका हिसावले अलग होला तर म जहाँ पुगे पनि पत्रकारिता गरि नै रहेको छु । कुनै न कुनै मिडियासँग म जोडी रहेको छु । आज म जहाँ छु त्यहाँ पनि म पत्रकारिता गरिरहेको छु । पत्रकारितालाई मैले बुझेको छु । त्यसैले यसलाई छोड्न सकिदैन ।
पत्रकारिता भित्र निक्कै टिका टिप्पणी हुन्छ यसलाई तपाईं के भन्नु हुन्छ ?
टिकाटिप्पणीलाई म स्वभाविक रुपमा लिन चाहन्छु । समाज विज्ञानलाई हामीले राम्रोसँग बुझेका छौं । यो समाज वर्गीय समाज हो । एक थरी मान्छेहरु यहाँका कुलीन र दलालहरुलाई मालिक सम्झिन्छन् भने अर्को थरि मान्छेहरु श्रमजीवि उत्पीडित जनतालाई मालिक सम्झिन्छन् । आ–आफ्नो वर्गको सेवा सबैले गरिरहेका हुन्छन् । पत्रकारिता क्षेत्र पनि योबाट अछुतो छैन । जवसम्म वर्ग विभाजित समाज रहन्छ यो पक्रिया रोकिने छैन । हामीलाई पनि थाहा छ, स्वतन्त्र र निश्पक्ष पत्रकारिताको कुरा गरेर कहिल्यै नथाक्ने तर आफ्नो कलम एमाले काँग्रेसको राजनीतिक उदेश्य अनुसार चलाउने यो कस्तो स्वतन्त्र र निश्पक्ष पत्रकारिता हो ? अरुलाई पार्टी पत्रकारिता ग¥यो भनेर भन्ने आफूले गरेको पत्रकारीता चाहिं कुन पत्रकारिता हो नी ? यो कुरा उनीहरुले बुझ्न जरुरी छ । कागको नाम कागले काटेको जस्तै हो । अहिलेकै कुरा गर्नुहुन्छ भने पत्रकार डेकेन्द्र थापाको सवाललाई कुन नियतबाट उठान गरिरहेको छ यसबाट पनि स्पष्ट हुन्छ । पत्रकार डेकेन्द्र थापा कस्तो पत्रकार हो ९० प्रतिशत जनतालाई थाहा छ । जनयुद्धको क्रममा पत्रकारको जामा लगाएर विनबर्दीका तत्कालीन शाहीसेना बनेर आन्दोलनको विरुद्धमा उत्रेको कुरा जनतालाई थाहा छ । नयाँ संविधान र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनुको सट्टा भड्काउन तल्लीन काँग्रेस एमालेका कार्यकर्ताहरुलाई पनि थाहा छ । यो क्रममा पत्रकारहरुको भूमिका के रह्यो ? आम जनताले हेरिरहेका छन् । कृष्ण सेनको हत्या प्रकरणलाई किन ओझेलमा पार्छन ? पत्रकारले कहिं एमाले काँग्रेसका कार्यकर्ताहरुलाई कुनै राजनीतिक दलको कार्यालय ध्वस्त पार्न लगाउन हुन्छ ? उनीहरुको कथित स्वतन्त्र पत्रकारिताको मुखुन्डो नराम्रोसँग उघ्रेको छ । बरु भन्दिए भईहल्यो नि प्रष्ट हामी माओवादी विरोधी कलम चलाउने पत्रकार हौं । हामी त निर्भिकताका साथ भन्छौं हामी परिवर्तन विरोधी र जनविरोधी दलालहरुको विरुद्धमा जनताको पक्षमा निरन्तर कलम चलाई रहन्छौं । त्यति मात्र होइन, काभ्रेकै कुरा गर्नुहुन्छ भने राजनीतिक पूर्वग्रह त पत्रकारहरु माफमा छँदै छ एउटा पार्टीको मुखपत्रले त कैयौं मान्छेलाई समाजबाट, परिवारबाट विस्थापित पार्दै आइरहेको छ । व्यक्तिगात चरित्रको विषयलाई लिएर निरन्तर छापेर आत्महत्या गर्न बाध्य समेत पारेको छ । यो कुरालाई लिएर पिडित मान्छेहरुले त्यस्तो पत्रकारिता माथि धावा बोले के थेक्न सक्छ ? त्यसैले उनीहरुले म माथि गर्ने गरेको टिका टिप्पणीको कुनै तूक छैन । दुनियाँ लाई भ्रममा राखेर गरेको पत्रकारिता सही पत्रकारीता होइन पीत पत्रकारिता हो ।

भनेपछि तपाईलाई मजदुर नेता भन्दा फरक नपर्ला ?
दुनियाँमा रहेका सबै श्रमजीविहरु मजदुर नै हुन् । कामका हिसावले अनेक होलान् तर जसले आफूलाई गरिखाने सम्झिन्छन् तिनीहरु सबै मजदुर नै हुन् भन्ने लाग्छ । त्यसो भएपछि म पनि मजदुर हुँ । शायद तपाईं पनि मजदुर नै हुनुहुन्छ भन्ने लाग्छ ।

होइन भने पत्रकारिता छाडेर मजदुरीमा पुगिएको छ नी ?
त्यसो होइन । एउटा कुरा के स्पष्ट हुनुप¥यो भने एउटा पत्रकार मजदुर हुन सक्छ तर एउटा मजदुर पत्रकार हुन गाह्रो हुन्छ । मलाई मजदुरहरुको नेतृत्व गर्न कठिन भएन । तर एउटा मजदुरलाई पत्रकारिता गर भन्नु भो भने अलि कठिन नै हुन्छ । अनि अर्को कुरा दिन रात बोरा सिलाउने, पसलमा बसेर चल्ला बेच्ने, जग्गा दलाली गर्ने, काठको ठेकेदारी गर्ने, दिनभरि पढाउने आदि–आदि मान्छेहरु त पत्रकार हुन्छ भनेपछि मलाई पत्रकार भन्न किन मिल्दैलन ? मैले त कुनै कुनै मिडियामा आफ्नो कर्म त गरिरहेकै छु नि । जिल्लाकै सवाल मा भन्ने हो भने पनि मैले निरन्तरता दिईरहेको छु । रेडियो मैत्री एफ.एम., प्रवासमै रहेको श्रम साप्ताहिकमा त सहभागि नै छु नि ? अरुले जस्तो भोली पत्रकार महासंघको निर्वाचनमा भोट हाल्न कै लागि सदस्यतालाई निरन्तरता दिन मैले पत्रकारीता गरिरहेको छैन । सबै स्पष्ट भए हुन्छ । म पत्रकार नै हुँ ।

पत्रकारीता र नोकरीमा कुन प्यारो लाग्छ ? किन ?
श्रमका हिसावले भन्ने हो भने पत्रकारीता र नोकरी भनेको एउटै हो भन्ने लाग्छ । तर जिम्मेवारीका हिसावले धेरै भिन्नता छ । किनकी पत्रकारितामा उन्मुक्तिका साथ विचार अभिव्यक्ति गर्ने मौका पाउँछ । देश दुनियाँको लागि जिम्मेवार बनेर लेख्नुपर्ने र बोल्नुपर्ने हुन्छ । नोकरीमा त्यस्तो हुँदैन । यसमा खाली उत्पादन र उत्पादन सम्बन्धसँग मात्र केन्द्रीत हुन्छ । जस्तोसुकै भएपनि एउटा कम्पनी मालिकको योजनामा चाल्नुपर्ने हुन्छ । त्यसैले मैले माथि पनि भनिसकें एउटा पत्रकार मजदुर हुन कठिन छैन तर एउटा मजदुर पत्रकार हुन कठिन नै छ । त्यसैले मलाई पत्रकारीता नै प्यारो लाग्छ ।
तपाई त राजनीति कर्मी पनि त हो नी होइन र आफुलाई कुन कोटीमा राख्नु हुन्छ ?
पत्रकार पनि एउटा विचार बाहक व्यक्ति नै हो । दुनियाँलाई राजनीतिले नेतृत्व गरेको कुरालाई कसैले नकार्नै सक्दैनन् । चाहे त्यो राजनीतिलाई फोहोरी खेल भनेर घृणा गर्नेहरु होस् ऊ पनि राजनीतिबाट अछुतो छैन । त्यसैले म राजनीतिक कर्मी भन्दा सिन राजनीति प्रति अलि चासो राख्ने व्यक्ति हुँ । तर एक चोटी हामी पत्रकारिता जगतलाई हेरौं, यहाँ मुखले जति भने पनि निष्पक्ष र स्वतन्त्र पत्रकारिता गर्ने पत्रकार कति जना छन् ? शायद एक जना पनि निस्क्यो भने विश्वकै अचम्म मध्यको एउटा अचम्म हुने छ । पार्टी सदस्य नभए पनि पार्टीको कुरा लेख्ने र बोल्नेहरु छन् । पत्रकार डेकेन्द्रको कुरालाई जोडदर उठाएर विपक्ष पार्टीहरुको कथित आन्दोलन उत्कर्षमा पु¥याउने योजनालाई मुलुकका केही पत्रकारहरुले पूर्ण सहभागिताका जनाएर सफल पार्न खोजीरहेका छैनन् ? केही शीप नलागेपछि २२ जना पे्रस यूनियन र प्रेस चौतारीका पत्रकारहरु विस्थापितको नाटक गर्दै विभिन्न जिल्लामा सहानुभूति बटुल्न थाले । यो नाटक पनि तुहिएको छ । अब कुन नाटक गर्न एमाले काँग्रेसले उक्साउँछ हेर्न बाँकी छ । यसमा मेरो उहाँहरु प्रति कुनै गुन्जायस छैन । टीका टिप्पणी गर्नु पर्ने आवश्यकता पनि छैन । त्यसैले म यति भन्न चाहन्छु कि राज्यको कानूनलाई मान्दै निरन्तर पत्रकारिता गरिरहने सञ्चारकर्मी हुँ ।

होइन भने पत्रकार महासंघले त तपाईंको नाम लिष्टमा सुचिकृत गरेको छैन नी ? यसलाई कसरी लिनुहुन्छ ?
पत्रकार महासंघको लिष्टमा मेरो नाम सुचिकृत छ कि छैन भन्ने कुरा मलाई त्यति ठूलो लाग्दैन । मैले पत्रकारितालाई निरन्तरता दिएको छ कि छैन भन्ने कुरा चाहिं ठूलो कुरा हो । मैले माथि पनि उल्लेख गरिसकें पत्रकारहरुको वर्गीय पक्षधारताकोबारेमा । महासंघको लिष्टमा जहाँ सम्म मेरो नाम सुचिकृत छैन नि यो नै राजनीतिक पूर्वाग्रही हो । यसको मतलव उहाँहरुको पत्रकारिताको मिशान र हाम्रो पत्रकारिताको मिशान नितान्त फरक छ । उहाँहरु यथास्थितिवादको वरिपरि त्यसको सेवा गर्दै गर्ने पत्रकारितालाई नै असली पत्रकारिता हो भन्ने लागिरहेको छ । हामी फेरी श्रमजीवि जनता नै यो देशको मालिक हो, उनीहरुलाई परिवर्तनको खाँचो छ । अधिकार सम्पन्न बनाउन जरुरी छ, उनीहरुको आवाजलाई संगठित पार्दै जागरण पैदा गराउनु पर्छ भन्ने उदेश्यका साथ पत्रकारिता गरिरहेका छौं । यहीं भिन्नताका कारण उनीहरुले हामीलाई पत्रकार नै ठानेका छैनन् । फेरी अर्को कुरा राजनीतिक हिसाबले उनीहरु काँग्रेस एमालेको योजनामा चाल्ने पत्रकार साथीहरु भएको कारणले पनि विगतमा एमाले काँग्रेसका गलत कुराहरुलाई जनता समक्ष पु¥याएको भनेर उनीहरुले मेरो नाम राख्न नदिएको पनि हुनसक्छ । विगतमा पनि यस्ता पूर्वाग्रही नभएको होइन विचार अभिव्यक्ति गर्ने मेरो नैसर्गिक अधिकारलाई समेत त्यति खेर प्रतिबन्ध लगाएको थियो । एकाध व्यक्ति फेरिए पनि त्यहीं समूह अहिले पनि पत्रकार महासंघको पदाधिकारीमा नै छन् । त्यसैले यसलाई विचारको आधारमा गरिएको पूर्वाग्रही बाहेक केही पनि होइन । पत्रकारिता जगतमा मलाई निषेध गर्ने उहाँहरुको गुरुयोजना हो ।

तपाईं पत्रकारिता नै गर्नुहुन्छ भन्ने आधार के छ ?
मैले माथि पनि भनिसकें म अहिले पनि पत्रकारिता गरिरहेको छु । म काभ्रे मै पनि निरन्तर समाचारहरु लेखिरहेको छु । त्यति मात्र होइन म मैत्री एफ.एम. काठमाडौंमा समेत यहाँबाट समाचार संप्रेशन गर्ने गरेको छु । साथै यहाँ प्रकाशित श्रम साप्ताहिकमा म कार्यरत छु । म चाँडै स्वदेशमा फर्किदै छु । मेरो योजना पत्रकारिता नै हो ।
त्यसो भए पत्रकारिता गर्नु पनि मजदुर नै हो ?
पत्रकारिता पनि गर्नु पनि मजदुर नै हो । होइन भने न्यूनतम परिश्रमको निर्धारणको माग पत्रकारले किन गर्नु प¥यो ? किन श्रमजीवि ऐन चाहियो ? पत्रकारलाई श्रमको मुल्य चाहिँदैन र ? ठूल ठूला मिडियामा अहिले जो मालिक र श्रमजीवि पत्रकारहरु बीचमा अन्तर्विरोध बढरहेको छ, कारण त्यहीं नै हो ।

अब पाठकले बुझ्दा पत्रकार र मजदुरमा भिन्नता छैन भन्दा फरक नपर्ने भो के भन्नु हुन्छ ?
विल्कुल हो । श्रमजीविहरुको माझमा बसेर, कठिन भन्दा कठिन श्रम गरेर म पत्रकारितालाई निरन्तरता दिइरहेको छु भनेपछि कसरी भिन्नता भयो त ?

सम्पूर्ण प्रवासी श्रमिकहरुको तर्फबाट भन्नै पर्ने केही कुरा छ भने भन्दिनुस् न ?
विदेशिन बाध्य भएका युवाहरुले सकेसम्म आफ्नै देशको साधान स्रोतको पहिचान गर्ने र स्वरोजगार हुने अवसरको खोजी गरौं । हामी आफैले आफैलाई चिनौं । विदेशमा रहेका युवाहरुबाट पनि केही सिकौं । यतिखेर नेपालमा दलालहरुलाई दलाली गर्न सजिलो भएको छ । किनकी न्यूनतम तलब सुविधा ९ सय रिंगेटको कुरा चलिरहेको छ । अहिले यो सबै कम्पनीमा लागु भएको छैन । यदि कुनै दलाल वा मेन पावरले ९ सय रींगेटको प्रलोभन देखाएको छ भने आवश्यक प्रमाणहरु बनाउन जरुरी छ । नेपालमा ९ सय भनेर यता आएपछि भएन भने विचल्लीमा पर्ला । साथै उनीहरुले भने जति रकम नतिर्न अनुरोध गर्दछु । अन्तमा प्रवासमा रहेका सम्पूर्ण श्रमिकहरुको समस्या र पत्रकारिताकोबारेमा तपाईंको पत्रिका मार्फत राख्ने जुन मौका दिनु भो त्यसका लागि धन्यवाद र पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

छोरीको उपचार गर्ने गरुङको योजना मलेशियामा तुहियो !


–डिलबहादुर थोकर ‘ग्याम्जो’
           मलेशिया क्वालालाम्पÒर÷जीवनको योजनाहरु धेरै हुन्छन् । जीवनलाई सकभर सहज र सुखमय बनाउन सबैले राम्रा–राम्रा योजनाहरु बनाएका हुन्छन् । आफ्नो योजनाहरु सफल बनाउन जो कोही पनि जस्तो सुकै दुःख मोल्न पनि तयार हुन्छन । त्यति मात्र होइन त्यो मिठो र राम्रा योजनाहरु सफल बनाउन आफ्नो घरपरिवार र आफन्तबाट समेत टाढा हुन तयार हुन्छन् । जतिसुकै पिडाका भारी खेप्नु परेपनि आफ्नो योजना प्रति दृढहुँदै निरन्तर अगाडी बढ्छन् उनीहरु । आफ्नो योजनाको अगाडि सबै थरीका कुरा सामान्य बन्छन् । यतिका हुँदा पनि कतिपय मान्छेहरु आफ्नो योजनामा सफल हुन्छन् भने कतिपय भने असफल हुन्छन् ।
            यस्तै सुखमय जीवन र आफ्नो शारिरीक अशक्त भएकी नावालिका छोरीको उपचार गर्ने योजनाका साथ मलेशियामा आईपुगेका छन् ४७ वर्षिय लालजंग गुरुङ । कास्की जिल्ला, मिजुरेडाँडा–८, गहतेमा जन्मेका गुरुङ २०५३ सालमा साउदीअरबमा गएपछि ९ वर्ष बसेका थिए । ९ वर्षमा करिब ७ लाख कमाए पनि घरको आर्थिक स्थिति सारै कम्जोर भए पछि जम्मा ३ लाख भन्दा बचत भएन छ । साउदीबाट छुट्टीमा घर फर्केपछि उनले विहे पनि गरे । सन्तानको रहर तीब्र भएता पनि चाँडै सन्तान नभएपछि उनलाई चिन्ता लागेको रहेछ । तर केही वर्ष पछि सन्तान त प्राप्त भो तर शारिरीक अशक्त । सन्तानको माया कसलाई हुन्न र  चाहे त्यो जस्तोसुकै अवस्थाको होस् । उपचारको लागि कैयौं ठाउँमा लगे । करिब एक लाख रुपैयाँ खर्च भएपछि एकातिर छोरीको उपचार नहुनु र अर्को तिर आर्थिक संकटले गर्दा गुरुङ फेरी विदेशिने योजना बनाएर छोरीको उपचार गर्ने खर्च कमाउन मलेशिया छिरेको गुरुङ बताउँछन् ।
२०६७ सालमा अश्तोष मेनपावर कम्पनी काठमाडौंबाट मलेशियाको एक रवर कम्पनीमा आएका गुरुङको योजना भने असफल भएको छ । नेपाल स्थित मेन पावर कम्पनीले कम्पनी राम्रोसँग चल्ने र महिनाको कमसेकम मलेशियाको पैसा १२ सय रींगेट कमाउँछ भने पनि यहाँ आएपछि नत कम्पनी राम्रोसँग चल्छ नत मेनपावर कम्पनीले भने जति तलब नै बुझ्न पाइयो । “छोरीको उपचार गर्न म फेरी विदेश छिरेको मेरी छोरीको उपचार गर्न त के घर खर्च चलाउन समेत गाह्रो भईरहेको छ ।” गरुङले बताए ।
यसैबीच रवर पेल्ने मेशिनमा उनी दुर्घट्नामा परेपछि त झन छोरीको उपचार गर्ने आशा मरेर गएको उनले बताए । रात्री काम गर्ने बेला ५ महिना अघि मेशिनमा एउटा खुट्टा परेपछि २ महिनासम्म त काममै जान सकेनन् उनले । यसबीचमा कप्पनीले ओभर टाईम नदिएपछि त गुरुङ झन मारमा परेको महासुस गर्छन् । कत्रो ठूलो सपना बोकेर यहाँ आएपनि आफ्नो योजना सफल नभएपछि निराश भएका छन् गुरुङ । “के गर्नु शुरुमै नेपाल फर्किने भनेको त कम्पनीले नेपाली रुपैयाँ ८० हजार मागे ।” गुरुङले भने– “म दुर्घट्ना भएपछि घर जान्छु भन्दा पनि जान दिइएन ।” ३ वर्ष जसरी भएपनि कटाएर जाने योजनामा छन् गुरुङ ।विभिन्न मेनपावर कम्पनीहरुले नेपाली युवाहरुलाई जालझेलमा पारेको उनको आरोप छ ।
             यति उति तलब सुविधा छ भनेर श्रमिकहरुलाई भने पनि यहाँ आएपछि धेरैको फरक परेको उनले बताए । गरिबीलाई कम्जोरीको रुपमा लिएर मेनपावर र त्यसका एजेन्टहरुलाई राज्यले कानूनी कार्वाही नगरेको प्रति उनलाई दुःख लागेको छ । त्यसैगरि विदेश कमाईलाई दुरुपयोग गर्ने नेपाली श्रमिकहरुलाई  आफ्नो परिवारको सुखको लागि यहाँ आएकोले रमझममा नफस्न अनु्रोध गर्छन गुरुङ । “क्षणिक मोज मज्जामा जीन्दगी विताउनु ठीक होइन । घरपरिवारलाई सम्झिन अनुरोध गर्छु ।” –उनले भने । राजनीति प्रति चासो नभएपनि सबै स्वार्थी पार्टीहरुको जालझेलले गर्दा देशको स्थिति खराब भएको उनको धारणा छ । साथै राज्यले रोजगारको सिर्जना आफ्नै देशमा गरेको भए विदेशमा धेरै पीडा झेलेर बस्नु नपर्ने उनको धारणा छ ।
               गुरुङ जस्तै अनेक समस्या समाधान गर्न विभिन्न खालको योजनाहरु बनाउँदै मलेशियामा छिरेका नेपालीहरु लाखौं छन् । कोही आफ्नो योजनामा सफल भएका होलान त कोही विफल । तर विदेशमा आफ्नो स्वाभिमानलाई बन्धकी राखेर अरुको खटाईमा बस्ने कैयौ नेपालीहरुको योजना भने तुहिने र कुहिने गर्छ । लालजङ त प्रतिनिधि पात्र मात्र हुन् । आफ्नो देशको श्रमशक्तिलाई विदेशमा पलायन हुन बाध्य तुल्याउने राज्यले के यो शक्तिलाई देश विकासमा लगाउन सकिन्न र ? राज्यका बागडोर सम्हाल्ने नेताहरुलेबेला बेलामा विदेशमा पलायन हुन बाध्यभएका युवाहरुको लागि भनेर गुलियो कुराहरु गरे ता पनि सबैले आ–आफ्नो तालमा डम्फू बजाको जस्तै होइन र ? यो डम्फÒ बजाउन बन्द गरेर देश भित्रै रोजगारको सिर्जना गरे हुन्न र अब ?