२१ वैशाख, काठमाण्डौं । नेपाली सेनामा
समायोजन रोजेका माओवादी लडाकुमध्ये चार जना कारबाहीमा परेका छन् । सेनामा
प्रवेश भएपछि पूर्वलडाकूमाथि कारबाही भएको यो पहिलो पटक हो ।
सिपाही
तहमा समायोजित लडाकु विवश आले, मीनबहादुर गुरुङ, विनोद चौलागाई र राजेश
थापामगर सैनिक ऐनअन्तर्गत कारबाहीमा परेका हुन् । समायोजन प्रक्रिया
प्रारम्भ भएदेखि दर्जा निर्धारणसम्मका गतिविधि अध्ययनपछि उनीहरुमाथि
कारबाही प्रक्रिया सुरु भएको हो ।
सैनिक स्रोतका अनुसार लडाकुलाई तालिमका
लागि छुट्टयाइएका सैनिक व्यारेकमध्ये कैलालीको धनगढी, तनहुँको खैरेनीटार र
नुवाकोटको त्रिशूलीबाट उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
सेनाले तालिमका लागि प्रवेश गरेदेखि उनीहरुमाथि सैनिक ऐन लाग्ने स्पष्ट
पारिसकेको छ । यी चारैजना माथि अन्तिम अवस्थामा बिनाकुनै कारण र जानकारी
तािलम छाडेर हिँडेको कसुर लागेको छ । आले धनगढी, गुरुङ र चौलागाई खैरेनीटार
तथा मगर त्रिशूलीस्थित सैनिक व्यारेकमा तालिम गर्दै आएका थिए । व्यारेकबाट
कुन बेला भागे भन्ने जानकारीसमेत नभएका उनीहरुलाई पक्राउपुर्जी जारी
गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
सैनिक प्रवक्ता सहायक रथी सुरेश शर्माले
भगैर -भाग्ने) सिपाही जोसुकै भए पनि प्रहरीलाई पत्र लेखी पक्रन लगाइने बताए
। उनले भने, ‘पक्राउपछि भाग्नुको कारणबारे विभागीय अनुसन्धान हुन्छ र
सैनिक ऐनअनुसार कारबाही हुन्छ ।’

No comments:
Post a Comment