२३ वैशाख, काठमाण्डौं । नेपाल प्रहरीमा
रहेका ६१ हजार १ सय ७१ दरबन्दीमध्ये एक हजारभन्दा बढी अझै घरेलु मजदुरका
रुपमा रहेको उच्च प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका परिचर, जवान र
हवल्दार सम्मको ठूलो संख्या राजनीतिका प्रभावशाली नेता र उच्च प्रहरी
अधिकारीको घरमा घरेलु कामदारका रुपमा कामदार छन् ।
पूर्वगृहमन्त्री रहेका राजनीतिक दलका
प्रभावशाली नेता, प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्मले नियमविपरीत
प्रहरीलाई घरमा राख्ने र काम लगाउने गर्दै आएका छन् । प्रहरी संगठनभित्र
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि चालक र सुरक्षा गार्ड पाउने व्यवस्था
छ ।
प्रथम श्रेणीका एसएसपी र नायव महानिरीक्षक
(डिआईजी), विशिष्ठ श्रेणीका अतिरिक्त महानिरीक्षक (एआईजिपी) र महानिरीक्षक
(आईजिपी)ले आफ्नो इच्छा अनुसार सुरक्षाका नाममा तल्लो दर्जाका प्रहरीलाई
घरेलु काम लगाउने गर्दै आएका छन् । ‘प्रथम श्रेणीका अधिकृतलाई एक जना चालक
दिने व्यवस्था भए पनि अधिकांशले व्यक्तिगत सहायक (पिए), व्यक्तिगत सुरक्षा
अधिकारी (पिएसओ) राखेका छन्,’ प्रहरीका एक उच्च अधिकारीले भने हिमालय
टाइम्समा खबर छ ।

No comments:
Post a Comment