बारा, वैशाख २१ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आगामी चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसंग चुनावी एकता हुन सक्ने बताएका छन् ।
बाराको सिमरा विमानस्थलमा शनिबार विहान पत्रकारहरुसंग कुरा गर्दै उनले नेकपा-माओवादीले चाहे चुनाबी एकता गर्न एमाओवादी तयार रहेको बताए । उनले सरकार विरुद्ध आन्दोलनरत नेकपा-माओवादीलगायत ३३ दललाई चुनावमा सहभागी गराउन संविधानसभा सदस्यको संख्या ४ सय ९१ जना राख्ने मुख्य दलको सहमतिमा पुनर्विचार गर्न सकिने बताए। वैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याउन सकिने पनि उनको भनाई छ ।

प्रचण्डले मधेशको भोजपुरा, मिथिला र अवधमध्ये कुनै एक क्षेत्रबाट आफुले उमेद्वारी दिने दोहोर्याउँदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेशबाटै चुनाव लड्ने तयारी भइरहेको दाबी गरे । प्रचण्डले संविधानसभाको अर्को निर्वाचन कात्तिक महिनामै हुने समेत बताए ।
लोकमान सिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनीतिक दलको उच्चस्तरीय संयन्त्रले सिफारिस गरेपनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गरे।
चुनावी तयारीका लागि देश दौडाहामा रहेका प्रचण्ड सहित माओवादी शीर्ष नेताहरु सर्लाही पुगेका छन् ।

No comments:
Post a Comment