–डिलबहादुर थोकर ‘ग्याम्जो’
मलेशिया क्वालालाम्पÒर÷जीवनको योजनाहरु धेरै हुन्छन् । जीवनलाई सकभर सहज र सुखमय बनाउन सबैले राम्रा–राम्रा योजनाहरु बनाएका हुन्छन् । आफ्नो योजनाहरु सफल बनाउन जो कोही पनि जस्तो सुकै दुःख मोल्न पनि तयार हुन्छन । त्यति मात्र होइन त्यो मिठो र राम्रा योजनाहरु सफल बनाउन आफ्नो घरपरिवार र आफन्तबाट समेत टाढा हुन तयार हुन्छन् । जतिसुकै पिडाका भारी खेप्नु परेपनि आफ्नो योजना प्रति दृढहुँदै निरन्तर अगाडी बढ्छन् उनीहरु । आफ्नो योजनाको अगाडि सबै थरीका कुरा सामान्य बन्छन् । यतिका हुँदा पनि कतिपय मान्छेहरु आफ्नो योजनामा सफल हुन्छन् भने कतिपय भने असफल हुन्छन् ।
यस्तै सुखमय जीवन र आफ्नो शारिरीक अशक्त भएकी नावालिका छोरीको उपचार गर्ने योजनाका साथ मलेशियामा आईपुगेका छन् ४७ वर्षिय लालजंग गुरुङ । कास्की जिल्ला, मिजुरेडाँडा–८, गहतेमा जन्मेका गुरुङ २०५३ सालमा साउदीअरबमा गएपछि ९ वर्ष बसेका थिए । ९ वर्षमा करिब ७ लाख कमाए पनि घरको आर्थिक स्थिति सारै कम्जोर भए पछि जम्मा ३ लाख भन्दा बचत भएन छ । साउदीबाट छुट्टीमा घर फर्केपछि उनले विहे पनि गरे । सन्तानको रहर तीब्र भएता पनि चाँडै सन्तान नभएपछि उनलाई चिन्ता लागेको रहेछ । तर केही वर्ष पछि सन्तान त प्राप्त भो तर शारिरीक अशक्त । सन्तानको माया कसलाई हुन्न र चाहे त्यो जस्तोसुकै अवस्थाको होस् । उपचारको लागि कैयौं ठाउँमा लगे । करिब एक लाख रुपैयाँ खर्च भएपछि एकातिर छोरीको उपचार नहुनु र अर्को तिर आर्थिक संकटले गर्दा गुरुङ फेरी विदेशिने योजना बनाएर छोरीको उपचार गर्ने खर्च कमाउन मलेशिया छिरेको गुरुङ बताउँछन् ।
२०६७ सालमा अश्तोष मेनपावर कम्पनी काठमाडौंबाट मलेशियाको एक रवर कम्पनीमा आएका गुरुङको योजना भने असफल भएको छ । नेपाल स्थित मेन पावर कम्पनीले कम्पनी राम्रोसँग चल्ने र महिनाको कमसेकम मलेशियाको पैसा १२ सय रींगेट कमाउँछ भने पनि यहाँ आएपछि नत कम्पनी राम्रोसँग चल्छ नत मेनपावर कम्पनीले भने जति तलब नै बुझ्न पाइयो । “छोरीको उपचार गर्न म फेरी विदेश छिरेको मेरी छोरीको उपचार गर्न त के घर खर्च चलाउन समेत गाह्रो भईरहेको छ ।” गरुङले बताए ।
यसैबीच रवर पेल्ने मेशिनमा उनी दुर्घट्नामा परेपछि त झन छोरीको उपचार गर्ने आशा मरेर गएको उनले बताए । रात्री काम गर्ने बेला ५ महिना अघि मेशिनमा एउटा खुट्टा परेपछि २ महिनासम्म त काममै जान सकेनन् उनले । यसबीचमा कप्पनीले ओभर टाईम नदिएपछि त गुरुङ झन मारमा परेको महासुस गर्छन् । कत्रो ठूलो सपना बोकेर यहाँ आएपनि आफ्नो योजना सफल नभएपछि निराश भएका छन् गुरुङ । “के गर्नु शुरुमै नेपाल फर्किने भनेको त कम्पनीले नेपाली रुपैयाँ ८० हजार मागे ।” गुरुङले भने– “म दुर्घट्ना भएपछि घर जान्छु भन्दा पनि जान दिइएन ।” ३ वर्ष जसरी भएपनि कटाएर जाने योजनामा छन् गुरुङ ।विभिन्न मेनपावर कम्पनीहरुले नेपाली युवाहरुलाई जालझेलमा पारेको उनको आरोप छ ।
यति उति तलब सुविधा छ भनेर श्रमिकहरुलाई भने पनि यहाँ आएपछि धेरैको फरक परेको उनले बताए । गरिबीलाई कम्जोरीको रुपमा लिएर मेनपावर र त्यसका एजेन्टहरुलाई राज्यले कानूनी कार्वाही नगरेको प्रति उनलाई दुःख लागेको छ । त्यसैगरि विदेश कमाईलाई दुरुपयोग गर्ने नेपाली श्रमिकहरुलाई आफ्नो परिवारको सुखको लागि यहाँ आएकोले रमझममा नफस्न अनु्रोध गर्छन गुरुङ । “क्षणिक मोज मज्जामा जीन्दगी विताउनु ठीक होइन । घरपरिवारलाई सम्झिन अनुरोध गर्छु ।” –उनले भने । राजनीति प्रति चासो नभएपनि सबै स्वार्थी पार्टीहरुको जालझेलले गर्दा देशको स्थिति खराब भएको उनको धारणा छ । साथै राज्यले रोजगारको सिर्जना आफ्नै देशमा गरेको भए विदेशमा धेरै पीडा झेलेर बस्नु नपर्ने उनको धारणा छ ।
गुरुङ जस्तै अनेक समस्या समाधान गर्न विभिन्न खालको योजनाहरु बनाउँदै मलेशियामा छिरेका नेपालीहरु लाखौं छन् । कोही आफ्नो योजनामा सफल भएका होलान त कोही विफल । तर विदेशमा आफ्नो स्वाभिमानलाई बन्धकी राखेर अरुको खटाईमा बस्ने कैयौ नेपालीहरुको योजना भने तुहिने र कुहिने गर्छ । लालजङ त प्रतिनिधि पात्र मात्र हुन् । आफ्नो देशको श्रमशक्तिलाई विदेशमा पलायन हुन बाध्य तुल्याउने राज्यले के यो शक्तिलाई देश विकासमा लगाउन सकिन्न र ? राज्यका बागडोर सम्हाल्ने नेताहरुलेबेला बेलामा विदेशमा पलायन हुन बाध्यभएका युवाहरुको लागि भनेर गुलियो कुराहरु गरे ता पनि सबैले आ–आफ्नो तालमा डम्फू बजाको जस्तै होइन र ? यो डम्फÒ बजाउन बन्द गरेर देश भित्रै रोजगारको सिर्जना गरे हुन्न र अब ?

kati pida 6n nepalilai.
ReplyDelete